किन चीनसंग लड्ने हिम्मत गर्दैन भारत ?

२४ साउन – भारत र चीन डोक्लाममा आमुने सामुने छन्। तनावको ज्वरो यति तीब्र छ कि युद्धको आशंका गर्न थालिएको छ।

modi-and-xiदुबै देशका मिडियाका कुरा सुन्ने हो भने त स्थिति निकै गम्भिर बुझिन्छ। तर युद्ध नहुने कारण पनि प्रशस्तै छन्  ।आर्थिक रुपमा भारतको चीनमाथिको निर्भरताको ठुलै स्तरको छ। केही दिन अघि भारतीय संसदमा विदेश मन्त्रि सुष्मा स्वराजले निकै महत्वपुर्ण सन्देश दिइन्। विपक्षी दलका एक नेता रामगोपाल यादवले चीनसंग तनाव बढेको भन्दै सरकारलाई युद्धको तयारी गर्न र सामरिक क्षमता बढाउन सल्लाह दिएका थिए।

तर यादवको सल्लाहलाई सु्ष्मा स्वराजले इन्कार गरिन्। स्वराजले भनिन्-युग बदलिसकेको छ।कुनै पनि देशको शक्तिको पहिचान सामरिक नभई आर्थिक हुन्छ । भारतको आर्थिक प्रगतीमा चीनको पनि भुमिका छ र समाधान युद्धबाट होइन् वार्ताबाटै हुन्छ।

भारतको चीनमाथि निर्भरता कस्तो छ ?

भारतीय सोलार बजार चीनमाथि निर्भर छ। भारतमा सोलारमा दुइ मिलियन अमेरिकी डलर बराबरको कारोबार हुन्छ। थर्मल पावरमा पनि भारत चीन माति नै निर्भर छ। थर्मल पावर क्षेत्रका ७०-८० प्रतिशत उत्पादन चीनबाट आयात हुन्छ.

औषधीका कच्चा पदार्थमा पनि भारत चीनमाथि नै भर पर्दछ। चीनसंगको व्यापारमा भारतलाई व्यापार घाटा छ जसरी नेपालले भारतसंग ठुलो व्यापार घाटा बेहोर्छ। चीनबाट भारतले वार्षिक ५३ बिलियन अमेरिकी डलर बराबरको वस्तु आयात गर्दछ। भारतले चीनतर्फ १६ बिलियन अमेरिकी डलरको मात्रै निर्यात गर्दछ । भारतले चीन तर्फ निर्यात गर्नेमा कृषि उत्पादन र कच्चा पदार्थ छन्।

चिनियाँ अर्थतन्त्र पनि भारतको तुलनामा निकै विशाल छ। चिनियाँ अर्थव्यवस्था ११.५ ट्रिलियन डलरको छ जबकी भारतीय अर्थतन्त्र चीन भन्दा पाँच गुना सानो छ । भारतीय अर्थव्यस्थाको आकार २.३ ट्रिलियन डलरको छ। चीन र जापानबीच ३०० बिलियन डलरको व्यापार छ। दुबै देशबीच शत्रुता पनि छ तर व्यापार भने जारी छ। यही व्यापारले नै दुइ देशलाई युद्धमा होमिन दिँदैन्।

भारतसंगको व्यापार ठप्दा हुँदा पनि चीनतर्फ ठुलो असर नपर्ने देखिन्छ तर भारततर्फ भनेपनि यसको असरको स्केल निकै ठुलै हुन्छ। चीनको अमरिकासंग वार्षिक व्यापार ४२९ बिलियन डलरको छ जुन भारतको संग ७० बिलियन डलर भन्दा को भन्दै कयौं गुना बढि हो।

विश्व आर्थिक विकासमा पनि चीनको ३३ प्रतिशत योगदान छ। व्यापारको लागि बन्दरगाहका विषयमा पनि भारत र चीनबीच भारीमात्रामा अन्तर छ। भारतको मुम्बई स्थित नवशेरा पोर्टको   क्षमता ३ मिलियन टनको छ जबकी चीनको सांघाइ पोर्टको क्षमता ३३ मिलियन टनको छ।

भाषाको रणनीतिमा पनि चीन अगाडी देखिन्छ। चीनका १५ वटा युनिभर्सिटीमा हिन्दी भाषा पढाइन्छ तर भारतका मुश्किलले एक दुइ युनिभर्सिटी मात्र  चिनियाँ भाषाको पढाइ हुन्छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने

अवैध बाटोबाट अमेरिका पुगेका आठ नेपाली नेपाल फिर्ता

काठमाडौँ, फागुन ११ गते । अवैध बाटो प्रयोग गर्दै अमेरिका पुगेका आठ जना नेपालीलाई अमेरिकाले नेपाल

इजरायल र हमासबीच युद्धविराम सम्झौता

मङ्सिर ८,गाजापट्टी । इजरायल–हमास युद्धमा चारदिने युद्धविराम शुक्रबारदेखि लागू भएको छ । हजारौंको ज्यान लिने

पाउने भए नेपालीले हङ्गकङ्गमा वर्किङ्ग भिसा

कार्तिक १०, काठमाण्डौं । चीनको प्रशासनिक क्षेत्र हङ्गकङ्गका प्रमुख कार्यकारी जोन लिले आप्mनो नीतिमा नेपाल,

दुई देशको सम्बन्धमा नयाँ ऊर्जा थपिएको छ : चिनियाँ प्रधानमन्त्री

बेइजिङ,  असोज ८ गते ।  चिनियाँ प्रधानमन्त्री लि छ्याङले चीन–नेपालबीचको सम्बन्धमा नयाँ ऊर्जा थपिएको चीनले

मानवकेन्द्रित विश्वव्यापीकरण

 २१ भदौ २०८०, बिहिबार   हाम्रो जी–२० अध्यक्षताले विभाजन हटाउन, अवरोध भत्काउन र सहकार्यको बिजारोपण