December 30, 2017

काभ्रेमा बाबुबाट बलात्कृत छोरीको बेदना- बाबुकी श्रीमती भएर बस्नुपर्ने कस्तो कर्म !

 

१५ पुस, काभ्रे । ‘म अभागी ! आमा पोइल गइन्, बाउ (वुबा) की श्रीमती भएर बस्नुपर्ने कस्तो कर्म !’ इलाका प्रहरी कार्यालय बनेपामा भेटिएकी युवतीले भक्कानिँदै भनिन् ।

कर्म त केनिफा (नाम परिवर्तन) को ‘खोटो’ थिएन तर, वुबाको गिद्धे नजर छोरीमाथि नै लागेपछि कसको पो के लाग्दोरहेछ र ! उनी भर्खर १७ वर्षकी भइन् । झण्डै दुईवर्षदेखि बाबुबाट बलात्कृत हुँदै आएकी उनी अहिले न्यायका लागि प्रहरी कहाँ आएकी हुन् ।

आफ्नै छोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले केनिफाका वुबालाई पक्राउ परेको छ । (कान्छी) आमाको सहयोगमा मंसिर २९ मा किटानी जाहेरी दिएपछि प्रहरीले उनका ३७ वर्षीय बाबुलाई पक्राउ गरेको हो ।

प्रारम्भिक अनुसन्धानका क्रममा जवर्जस्ती करणी भएको देखिएको छ । पीडकविरुद्ध जिल्ला अदालत काभ्रेमा जबरजस्ती करणीको मुद्दा दर्ता गरिएको इप्रका बनेपाका प्रमुख सुनिलजंग शाहले बताए ।

प्रहरीका अनुसार अभियुक्त पिता पेशाले ड्राइभर हुन् । उनका जेठी श्रीमतीबाट एउटी छोरी र एक छोरा छन् ।

जेठी श्रीमती अर्कैसँग गएपछि कान्छी ल्याए । कान्छीबाट ७ वर्षकी छोरी छन् । तर, पछिल्लो समय कान्छी श्रीमती बैदेशिक रोजगारीमा गएकी थिइन् । कान्छी आमा विदेश गएपछि बाबुले आफूलाई बलात्कार गर्न थालेको पीडित युवती बताउँछिन् ।

बलात्कारी वुबा त पक्राउ परे तर, घटना लुकाउन भन्दै आफन्तले पटक पटक दबाब दिएको केनिफाले सुनाइन् । ज्यान मार्नेसम्मको धम्की आएको उनले बताएकी छन् ।

बनेपास्थित प्रहरी चौकीमा भेटिएकी केनिफाले आफ्नो पीडा यसरी सुनाइन्ः

मामाघरमा पहिलोपटक बलात्कार भयो !

हाल म १७ वर्षकी भएँ । म र वुबा २ वर्ष जति अगाडि सानुममीको माइती गएका थियौँ । मामाघरमा हामीलाई एउटै कोठाको अलग-अलग खाटमा सुत्न प्रवन्ध गरेको रहेछ ।

एउटी छोरी बाबुसँग बाहेक कोसँग सुरक्षित हुन्छे र ! तर, त्यही दिन म बाबुबाट बलात्कृत भएँ । राति करिब ११ बजेतिर बाबु म सुतेको घाटमा आउनु भयो र सुमसुमाउँदै अँगालो मारेर मेरो कपडा खोली दिनुभयो । म अभागी ! आमा पोइल गइन्, बाउकी श्रीमती भएर बस्नुपर्ने कस्तो कर्म ! बुबाले त्यो दिन मलाई रगत आउने गरी प्यास मेट्नुभयो र मज्जाले निदाउनुभयो । मैले भने आशु पिउँदै रात बिताएँ ।

दोस्रो पटक त गर्भ बसेछ !

मावलबाट हामी घर फर्कियौं । प्रायः कामबाट घर फर्किँदा वुबा रक्सी खाएर आउनुहुन्थ्यो । दोस्रोपटक उहाँ म सुतेको कोठामा आउनुभयो र जबर्जस्ती गर्न थाल्नुभयो । मैले प्रतिकार गर्न खोजेँ तर, धेरै कुटाइ खाएँ । त्यो दिन पनि मलाई छोड्नुभएन । मेरो अस्मितामाथि खेल्नुभयो । सायद गर्भ बसेछ, मलाई धेरैपटक वाकवाक लाग्यो । बुबाले साउनतिर गर्भ तुहाउने औषधि पटकपटक खुवाउनुभयो ।

भर्खरै एसईईको रिर्जल्ट आएको थियो । मलाइ कलेज पढ्न जाने रहर थियो । तर, सबै सपना नै भए । बाबुबाटै बलात्कृत भएपछि म दिनदिनै पागल जस्तै हुन थालेँ ।

सानुममीलाई गुहारेँ !

अन्तिमपटक बलात्कृत भएको त्यो दिन बुवा राति अलि ढिला घर आउनु भएको थियो । त्यो दिन पनि मैले प्रतिकार गरेँ । तर, उहाँको गिद्दे आँखा…। अति भयो भन्दै मैले वैदेशिक रोजगारीमा गएकी सानिमालाई मंसिर १९ गते फोन गरेर सबै जानकारी गराएँ । उहाँ केहीदिनमै नेपाल आउनुभयो र २९ मंसिरमा हामी इलाका प्रहरी कार्यालय बनेपामा गयौं ।अनलाइनबाट साभार

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

ढुङ्गाका आकृतिले तान्दै पर्यटक

वैशाख ५,दमौली (तनहुँ)। नुवाकोटको विदुर नगरपालिका-११ वासुदेव अवस्थीलाई पहिलो पटक ऐनापहरा पुग्दा निकै आकर्षक लाग्यो

नागरिक पत्रकारले सामाजिक सञ्जालको सही उपयोग गर्नुपर्ने

ललितपुर, फागुन १४ गते । नागरिकमैत्री पत्रकारिताका लागि सामाजिक सञ्जालको भरपुर उपयोग गरिनुपर्नेमा सरोकारवालाले जोड दिएका

दुई विधेयक पारित दुई ऐन संशोधन

 पुस १५, बुटवल। बुटवल उपमहानगरपालिकाको चौधौँ नगर अधिवेशन दुई वटा विधेयक पारित र दुई वटा

इजरायल र हमासबीच युद्धविराम सम्झौता

मङ्सिर ८,गाजापट्टी । इजरायल–हमास युद्धमा चारदिने युद्धविराम शुक्रबारदेखि लागू भएको छ । हजारौंको ज्यान लिने

भूकम्पपीडितलाई १० हजार थान जुत्ताचप्पल सहयोग

 कार्तिक २८,काठमाडौं । गोल्डस्टार जुत्ता कम्पनीले जाजरकोटका भूकम्पपीडितलाई १० हजार थान जुत्ता तथा चप्पल सहयोग

मिटरब्याजी तथा सहकारी ठग राजकुमार श्रेष्ठ पक्राउ

 कात्तिक २८ ,काठमाडौं । सहकारी ठगीका अभियुक्त तथा खुंखार मिटरब्याजी राजकुमार श्रेष्ठ पक्राउ परेका छन्