काठमाडौं महानगरपालिका उपप्रमुख खड्गीलाई धुलो उपहार

नेपाल विद्यार्थी संघले काठमाण्डौ महानगरलाई हराभरा र स्वच्छ बनाउन माग गर्दै उपमेयरलाई धुलोको उपहार दिएको छ ।  नेपाल विद्यार्थी संघ केन्द्रीय कार्यसमिति र जिल्ला समितिको संयुक्त आयोजनामा विद्यार्थीले शुक्रबार काठमाण्डौका विभिन्न चार स्थानबाट संकलित धुलोको पोको उपमेयर हरिप्रभा खड्गीलाई बुझाएका हुन् । 

 

NEYBISANG_1_WjnbD3UFyu

प्रदुषण मुक्त राख्ने भन्दै केही समय सडक पखाल्ने काम पनि सुरु गरेको महानगरले पछिल्लो समय बढ्दो प्रदुषण र धुँवा धुलोप्रति बेवास्ता गरेको भन्दै विद्यार्थीले ध्यानाकर्षण गराएका हुन् । उनीहरुले महानगर फोहोरको डल्लो बनेको भन्दै प्रतिकात्मक रुपमा उपमेयरलाई धुलो उपहार दिएका हुन् । 

महानगरको सरसफाई, महानगरबासीको स्वास्थ्य लगायतमा महानगरपालिकाका पदाधिकारीले बेपर्वाह गरेको भन्दै आक्रोशित विद्यार्थीले माग सम्बोधन नभए कडा रुपमा प्रस्तुत हुने चेतावनी समेत दिए । नगरवासीलाई दोहोरो कर लगाएर विभिन्न सेवा सुविधा लिएका पदाधिकारीले तीनै नगरवासीलाई सामान्य सेवा पनि प्रदान नगरेको भन्दै विद्यार्थीले आक्रोश पोखे ।

उपमेयर खड्गीले नगर सफा राख्ने दायित्व महानगरको मात्रै नभएको भन्दै सडक विभागले पनि त्यसको जिम्मा लिनुपर्ने प्रतिक्रिया दिए । नेपाल विद्यार्थी संघले यसअघि महानगरले दोहोरो कर लगाएको भन्दै विरोध गर्दै आएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने