काठमाडौंको दोस्रो जित, प्लेअफको सम्भावना जिवितै

 पौष ५,पोखरा : जयकिशन कोल्सावालाको अर्धशतकमा दोस्रो संस्करणको पोखरा प्रिमियर लिग (पीपीएल) क्रिकेट अन्तर्गत काठमाडौं गोल्डेन वारियर्सले दोस्रो जित निकालेको छ । शनिबार भएको खेलमा विराटनगर टाइटान्सलाई ३६ रनले पराजित गर्दै प्रतियोगिताको प्लेअफको सम्भावनालाई जिवित राखेको छ । 

80502033_1424157837745612_7917645809288478720_n_1893624802

पोखरा रंगशालमा काठमाडौंले दिएको १६० रनको लक्ष्य पछा्एको विराटनगरले १९ ओभर ४ बलमा अल आउट हुँदै १२३ रन बनायो । विराटनगरका लागि पुनित मेहेरा अर्धशतक बनाउँदै आउट उनले ३१ बलमा ३ चौका र छक्का हान्दै ५३ रन बनाए । उनी सुभोद भाटीको बलमा एलबीडब्लु आउट भएका हुन् । विराटनगरले दोस्रो ओभरमा दुई विकेट गुमायो । दोस्रो ओभरको पहिलो बलमा विराटनगरका शुनिल धमला एक रन बनाएर आउट भए । उनी सुभोद भाटीको बलमा पवन सरार्फको हातबाट क्याच आउट भएका हुन् । मोहमद जाहिद विराटनगरको दोस्रो विकेटको रुपमा आउट भए । उनलाई भाटीले दोस्रो ओभरको चौथो बलमा कप्तान ज्ञानेन्द्र मल्लले क्याच आउट गरेका हुन् । 

तेस्रो ओभरको चौथो बलमा अम्रित भट्टराइले काठमाडौंका लागि तेस्रो विकेट लिए । उनले राजु रिजाललाई १ रनमा क्याच आउट गारएका थिए । सातौं ओभरको अन्तिम बलमा विराटनगरले चौथो विकेट गुमायो । विराटनगरका राजेश पुलामि मगर २ रनमा आउट भए । विराटनगरले आठौं ओभरको दोस्रो बलमा पाँचौ विकेट गुमायो । विराटनगरका कप्तान प्रदिप सिंह ऐरी २९ बनाएर आउट भए । उनलाई सुशान भारीले एलबीडब्लु आउट गराएका हुन् । 

१० ओभरको पहिलो बलमा बसन्त रेग्मीले छैटौं विकेट लिए । उनले दिलिप नाथलाई १ रनमा एलबीडब्लू आउट भए । विराटनगरका किशोर महत्व पनि १ रन बनाउँदै आउट भए । यसअघि टस जितेर पलिहे ब्याटिङ गरेको काठमाडौंले निर्धारित २० ओभरमा ५ विकेटगुमाउँदै १५९ रन बनाएको थियो । 

काठमाडौंका लागि कोल्सावालाले अर्धशतकीय पारी खेले । ४३ बल खेलेका उनले ५ चौका र २ छक्काको सहयोगमा ५५ रन बनाए । कोल्सावालाले ३८ बलमा ४ चौका र २ छक्काको सहयोगमा ५० पूरा गरेका थिए । १३ ओभरको समाप्तिमा २ विकेट गुमाएर ९५  रन बनाएको काठमाडौंले त्यसपछिका ओभरहरुमा उत्कृष्ट प्रदर्शन गर्न सफल भयो । १५ ओभरको दोस्रो बलमा कोल्सावाला आउट भएका हुन् । उनी पुनित मेहराको बलमा शाहव आलको हातबाट क्याच आउट भएका हुन् । 

काठमाडौंका कप्तान ज्ञानेन्द्र मल्ल अर्धशतक बनाउँनबाट ५ रनले चुके । उनले ३३ बल खेल्दै ३ चौका र दुई छक्काको सहयोगमा ४५ रन बनाएका हुन् । ज्ञानेन्द्र १७ ओभरको पाँचौ बलमा आउट भए । उनलाई पुनित मेहेराले आफ्नो तेस्रो विकेटको रुपमा क्याच आउट गराएका हुन् । 

काठमाडौंका लागि पहिलो ओभरको अन्तिम बलमा आफ्नो पहिलो विकेट गुमायो । काठमाडौंका गौरव तोमर खाता नखोलेर आउट भए । उनी किशोर महत्वको बलमा शाहब आलमाको हातबाट क्याच आउट भएका हुन् । काठमाडौंले पाँचौ ओभरको अन्तिम बलमा आफ्नो दोस्रो विकेट गुमायो । काठमाडौंका अमित श्रेष्ठ १७ रन बनाएर आउट भए । उनलाई नोमन खमानले बोल्ड आउट गराएका हुन् । 

काठमाडौंका लागि सुभोद भाटी १४ रन बनाएर काठमाडौंको पाँचो विकेटको रुपमा आउट भए । उनी जितेन्द्र मुखियाको नोमन खानको हातबाट क्याच आउट भएका हुन् । त्यस्तै आदिल खानले नट आउट १३ रन बनाउँदा पवन सरार्फले ५ रनको योगदान गरे । 

काठमाडौं हाल सम्म चार खेल खेलेर दुई जित र दुई हारसँगै ४ अंक छ । पराजित तीन खेल खेलेको विराटनगरको दुई अंक छ । प्रतियोगिता अन्तर्गत आइतबार दुई खेल हुँदैछन् । बिहान ९ः३० बजे हुने पहिलो खेलमा विराटनगर टाइटान्सले चितवन राइनोजसँग प्रतिस्पर्धा गर्दै छ । त्यस्तै दिउँसो १२ः४५ मा बुटवल बलास्टर्सले धनगढी ब्लुजसँग प्रतिस्पर्धा गर्दै छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

सन्दीप लामिछाने निलम्बन

काठमाडौँ,  पुस २६ गते । नेपाल क्रिकेट सङ्घ (क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी एवं

एसियाड क्रिकेटको क्वार्टरफाइनलमा नेपाल

हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

पाकिस्तान र भारतसँग क्रिकेट खेल्न तयार छु : सन्दीप

भदौ ११,  काठमाडौं। क्रिकेटर सन्दीप लामिछाने एसिया कप क्रिकेट खेल्नका लागि आज पाकिस्तानमा प्रस्थान गर्नुभएको

आज कक्षा १२ को रिजल्ट हुँदै

श्रावण ३०,काठमाडौँ — कक्षा १२ को नतिजा सार्वजनिक गर्ने निर्णय गर्न राष्ट्रिय परीक्षा बोर्डले मंगलबार

एसीसी यू-१६ इस्ट जोन कप क्रिकेट : नेपाल च्याम्पियन

काठमाडौं, असार १९ गते । एसीसी यू-१६ इस्ट जोन कप क्रिकेटको उपाधि नेपालले जितेको छ ।

कीर्तिपुरमा एक वर्षमै फ्लडलाइट बन्ने

जेष्ठ ६, काठमाडौँ — सबै अनुकूल भएमा अबको एक वर्षभित्र कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा राति