‘एक ट्राफिकको भागमा नौ सय सवारी’

traffic१५ भदाै, काठमाण्डाै । ‍सडक सुशासन कायम गर्न एक ट्राफिक प्रहरीले कति सवारी व्यवस्थापन गर्न सक्छन् ? सामान्यतः सबैले अनुमान लगाउँछन् एक सय दुई सय यस्तै।  तर, अहिले सडक सुशासनमा खटिने ट्राफिक प्रहरीले औसत दैनिक ९०६ सवारी व्यवस्थापन गर्नुपर्छ। पछिल्लो समय सवारी दुर्घटना बढेसँगै सवारी नियम कार्यान्वयनको उच्च प्रयास सरकारले गरे पनि नियम पालना गराउने जनशक्ति भने सारै न्यून रहेको पाइएको हो।

उपप्रधानमन्त्री एवं गृहमन्त्री विमलेन्द्र निधिले संसद्को राज्य व्यवस्था समितिमा मङ्गलबार दिनुभएको जानकारी अनुसार ट्राफिक प्रहरीको अहिले स्वीकृत दरबन्दी २ हजार ३ सय ६५ छन् ।  अन्य ५०० प्रहरीलाई काजमा लगाइएको छ।  तर, यातायात व्यवस्था विभागको २०७२ फागुनसम्मको रेकर्ड अनुसार मुलुकभर २१ लाख ४३ हजार १८६ सवारी दर्ता छन् ।  एक ट्राफिकले अहिले पाँच दशमलव २८ किलोमिटर सडकमा सवारी व्यवस्थापन गर्नुपर्छ ।  जनसङ्ख्या अनुपातमा एक ट्राफिकले १२ हजार १९९ जना व्यक्तिको सवारी व्यवस्थापन गर्नुपर्छ ।

गत वैशाख १ देखि भदौ १३ सम्म सवारी दुर्घटनामा ८१६ जनाको ज्यान गएको छ ।  मासिक औसत झण्डै २०० का दरले सवारी दुर्घटनामा नागरिकको ज्यान गएको गृह मन्त्रालयको तथ्याङ्क छ । वैशाखमा सबैभन्दा बढी नागरिकको ज्यान गएको छ ।  २०४ नागरिकले वैशाख महिनामा सवारी दुर्घटनामा ज्यान गुमाएका छन् ।  साउन महिनामा दुर्घटनामा परी १८० जनाको निधन भएको छ ।  साउनमा काभ्रेको बिर्ता देउरालीमा बस दुर्घटनामा २७ जनाको ज्यान गएको थियो ।

गृहको तथ्याङ्क अनुसार जेठ महिनामा २००, असारमा १५४, साउनमा १८० र भदौ १३ सम्मका दुर्घटनामा ७८ जनाको ज्यान गएको छ ।  गत शुक्रबार त्रिशूलीमा भएको दुर्घटनामा एकै स्थानमा २२ जना र आइतबार अर्घाखाँचीमा भएको जिप दुर्घटनामा १२ जनाको ज्यान गएको थियो।

गृहको तथ्याङ्क अनुसार सबैभन्दा बढी दुर्घटनामा दुईपाङ्ग्रे सवारी पर्ने गरेका छन् ।  पाँच महिनाको अवधिमा दुई हजार ६५६ दुईपाङ्ग्रे सवारी दुर्घटनामा परेका छन् ।  दुर्घटनामा एक हजार ७७६ गम्भीर घाइते भएको मन्त्रालयको रेकर्ड छ ।  प्रहरी तथ्याङ्कले दुर्घटनाको मुख्य कारण चालकको लापरबाहीलाई मानेको छ ।आजको गोरखापत्रमा खबर छ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

सत्तारुढ गठबन्धनबिच सात बुँदे सहमति

 फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा  नेकपा (माओवादी

चैत १ गतेदेखि १५ वैशाखसम्म कान्तिराजपथ बन्द

 फाल्गुण २८, ललितपुर । ललितपुरको टीकाभैरवदेखि तिनपाने भन्ञ्याङ, भट्टेडाँडा, काल्चे, बगुवा हुँदै मकवानपुरको ठिङ्गन भएर हेटौँडा

म राजनीतिमा रहुन्जेल उथलपुथल भइरहन्छ:प्रचण्ड

फागुन २१, काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाली राजनीति पुनः नयाँ मोडमा आइपुगेको भन्नुहुँदै आफू

नागरिक पत्रकारले सामाजिक सञ्जालको सही उपयोग गर्नुपर्ने

ललितपुर, फागुन १४ गते । नागरिकमैत्री पत्रकारिताका लागि सामाजिक सञ्जालको भरपुर उपयोग गरिनुपर्नेमा सरोकारवालाले जोड दिएका

  ४३ जना जिल्ला न्यायाधीशका लागि  विज्ञापन

माघ २६,काठमाडौँ   । न्याय सेवा आयोगको परीक्षा महाशाखाले  ४३ जना जिल्ला न्यायाधीशका लागि  विज्ञापन  गरेको 

सम्पत्ति शुद्धीकरणसम्बन्धी विधेयक पारित

माघ २५,काठमाडौँ  । सहकारी संस्थामा व्यक्तिगत बचतको सीमा नरहने गरी प्रतिनिधि सभाले सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ)