इन्डोनेसियामा बाढी पहिरोः २६ को मृत्यु, २४ बेपत्ता

माघ १०, इन्डोनेसिया : इन्डोनेसियामा हालै आएको बाढी र पहिरोमा परी मृत्यु हुने व्यक्तिको संख्या २६ पुगेको प्रकोप नियन्त्रण अधिकारीहरुले बिहीबार जानकारी दिएका छन् ।

यस बाढी पहिरोमा करिब २४ जना बेपत्ता भएका छन् । बेपत्ता भएका व्यक्तिहरुको खोजी कार्य व्यापक रुपमा जारी रहेको पनि अधिकारीहरुले जनाएका छन् ।

इन्डोनेसियाको दक्षिणी भागमा रहेको सुलावेसी द्वीपमा भीषण रुपमा परेको पानी र हावाहुरीपछि इडोनेसियाको दक्षिण भागमा पर्ने नौ ओटा जिल्लाका केही नदी समेत बन्द हुन पुगेका थिए । त्यसपछि आएको बाढी पहिरोको कारण हजारौैँको सङ्ख्यामा नागरिक विस्थापित भएका छन् ।

यस प्रकोपको कारण बिहीबार बिहानसम्म २६ व्यक्तिको मृत्यु हुनुको साथै अन्य २४ जना वेपत्ता भएका प्रकोप नियन्त्रण निकाय प्रमुखले जानकारी दिए ।

उक्त द्वीपका नौ ओटा जिल्लाको विभिन्न स्थानमा अविरल वर्षा र बाढीको कारण जलमग्न भएपछि तीन हजार भन्दा बढी नागरिक विस्थापित हुन पुगेका छन् । यसका साथै कम्तीमा ४६ जना घाइते भएका र उनीहरुको स्थानीय अस्पताल र स्वास्थ्य केन्द्रहरुमा उपचार भइरहेको छ ।

यस बाढीैका कारण आवासीय र सरकारी भवनहरु, विद्यालय र पुल क्षतिग्रस्त भएको बताइएको छ । बाढीका कारण अझै पनि केही व्यक्तिहरु वेपत्ता भएको अनुमान गरिएको छ । इन्डोनेसियामा बाढी र पहिरो बारम्बार आउने गरेको पाइन्छ । एजेन्सी

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने

अवैध बाटोबाट अमेरिका पुगेका आठ नेपाली नेपाल फिर्ता

काठमाडौँ, फागुन ११ गते । अवैध बाटो प्रयोग गर्दै अमेरिका पुगेका आठ जना नेपालीलाई अमेरिकाले नेपाल

इजरायल र हमासबीच युद्धविराम सम्झौता

मङ्सिर ८,गाजापट्टी । इजरायल–हमास युद्धमा चारदिने युद्धविराम शुक्रबारदेखि लागू भएको छ । हजारौंको ज्यान लिने

पाउने भए नेपालीले हङ्गकङ्गमा वर्किङ्ग भिसा

कार्तिक १०, काठमाण्डौं । चीनको प्रशासनिक क्षेत्र हङ्गकङ्गका प्रमुख कार्यकारी जोन लिले आप्mनो नीतिमा नेपाल,

दुई देशको सम्बन्धमा नयाँ ऊर्जा थपिएको छ : चिनियाँ प्रधानमन्त्री

बेइजिङ,  असोज ८ गते ।  चिनियाँ प्रधानमन्त्री लि छ्याङले चीन–नेपालबीचको सम्बन्धमा नयाँ ऊर्जा थपिएको चीनले

मानवकेन्द्रित विश्वव्यापीकरण

 २१ भदौ २०८०, बिहिबार   हाम्रो जी–२० अध्यक्षताले विभाजन हटाउन, अवरोध भत्काउन र सहकार्यको बिजारोपण