आजको राशिफल : वि.सं. २०७६ वैशाख ०९ गते सोमबार

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –

आठौं घरमा रहेको चन्द्रमाका कारण मनमा निराशा र भयको वातावरण सिर्जना गर्ने दिन भए पनि शुभ ग्रहको प्रभाव भएकाले आत्मबल र हिम्मत बढाएर काम गर्न सके आजको दिनलाई राम्रो बनाउन सकिने छ । सामाजिक र पारमार्थिक काममा झुकाव बढ्ने छ । नयाँ कामको जिम्मेवारी प्राप्त हुनेछ । दूरदराजको क्षेत्र वा विदेशमा रहेका आफन्तसँग आत्मीयता बढ्ने छ । काममा केही चुनौती देखिए पनि प्रयत्न गर्दा सकारात्मक सङ्केत प्राप्त हुनेछ । सहयोगीहरूले अप्ठ्यारो समयमा साथ दिनाले चुनौतीहरूलाई पार लगाउन सकिने छ । अप्रत्याशित उपलब्धी प्राप्त हुँदा मनमा उमङ्ग पलाउने छ ।

शुभरङ्ग : ध्वाँसे, शुभअङ्क : ४, शुभदिशा : उत्तर, इष्टदेवता : सङ्कटा देवी, अशुभ रङ्ग : हरियो, अशुभ अङ्क : ३, अशुभ दिशा : पश्चिम, कार्यसिद्धि मन्त्र : ॐ सङ्कटाभगवत्यैै नमः, न्यूनतम जापसङ्ख्या : १०, के गर्ने : नैराश्यभाव त्याग गर्ने, के नगर्ने : तीव्रगति र हडबड

dainikrashifal-23-1495503914

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –

मनोरञ्जन केन्द्रित दिन हुनेछ । व्यवसाय विस्तारका लागि यात्रा गर्ने अवसर प्राप्त हुनेछ । काममा परिवारजनको साथले उत्साहित भइनेछ । जीवनशैलीमा परिवर्तन आउन सक्छ । प्रेम वा मित्रताको बन्धन कसिनेछ । प्रियजनसँगको भेटघाटले दिन रमाइलो बनाउनेछ । दाम्पत्य जीवन रमाइलो रहनेछ । नयाँ ज्ञान सिक्ने मौका छ । व्यवसायमा लाभ लिने समय छ । आम्दानी प्रशस्तै बढ्नेछ । विभिन्न भौतिक साधन जुट्नेछन् । आतिथ्यपूर्ण सम्मान पाइएला । मिहिनेत र परिश्रमको बलले धेरैको मन लोभ्याउने उपलब्धि आर्जन हुनेछ । नयाँ मित्र बनाउन पाइने छ । साझेदारी र पार्टनरसिपको कामबाट फाइदा हुनेछ ।

शुभरङ्ग : सुन्तले, शुभअङ्क : ३, शुभदिशा : पश्चिम, इष्टदेवता : विष्णुलक्ष्मी, अशुभ रङ्ग : पहेंलो, अशुभ अङ्क : २, अशुभ दिशा : दक्षिण, कार्यसिद्धि मन्त्र : ॐ शुं शुक्राय नमः, न्यूनतम जापसङ्ख्या : ११, के गर्ने : घरमा आवश्यक वस्तुको किनमेल, के नगर्ने : परिवारको बेवास्ता

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –

छैंटौं घरमा रहेको चन्द्रमाको मिश्रित फल प्राप्त हुने दिन छ । रकम तथा भौतिक साधन जुट्नाले दिगो फाइदा हुने काम प्रारम्भ हुनसक्छ । परिस्थितिसँग केही सम्झौता गर्नुपरे पनि प्रयत्न गर्दा लक्ष्यमा पुग्न सकिने छ । अधिकार र प्रतिष्ठा जोगाउन सफल भइनेछ । कामको चापबाट फुर्सद पाइनेछ । विभिन्न सहयोग र उपहार प्राप्त हुनेछन् । यात्रा गर्ने अवसर जुट्नुका साथै आतिथ्यता प्राप्त होला । आफ्नो क्षेत्र र विषयमा पकड कायम रहने छ । शत्रु र प्रतिस्पर्धीले चलखेल बढाए पनि डराउनु पर्दैन । मनमा घरिघरि डर र चिन्ताले बास गर्न सक्छ, जे गरे पनि आत्मबल र हिम्मतका साथमा गरेको जाति हुन्छ ।

शुभरङ्ग : छिर्केमिर्के बुट्टे, शुभअङ्क : २, शुभदिशा : दक्षिण, इष्टदेवता : गणेश, अशुभ रङ्ग : सुन्तले÷गुलाबी, अशुभ अङ्क : १, अशुभ दिशा : पूर्व, कार्यसिद्धि मन्त्र : ॐ बुं बुधाय नमः, न्यूनतम जापसङ्ख्या : ०८, के गर्ने : खानपानमा नियन्त्रण, के नगर्ने : आवेग, घमण्ड र क्रोध

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –

अभिप्रेरणा जगाउनेहरू प्रशस्तै भेटिन्छन्, तर जे गरे पनि आफ्नै बुद्धि खियाएर गर्नु पर्नेछ । पञ्चम भावमा रहेको अनिष्ट चन्द्रमाको प्रभावले आज कुनै समाचारले मन बिथोल्न सक्छ । नयाँ ज्ञान सिक्ने मौका छ, तर समय निकाल्न सकिंदैन । व्यापार–व्यवसायमा लगनशील भएमा मात्र लाभ पाउन सकिने छ । यात्रामा दिक्क लाग्ने छ, सोचेको काममा बाधा उत्पन्न हुनसक्छ । आम्दानी हुनेछ तर आवश्यक काममा खर्चको मात्रा ह्वात्तै बढ्न सक्छ । सवारी साधनमा खराबी आउन सक्छ । बोलीमा नकारात्मक ऊर्जा हाबी छ, त्यसैले कम बोलेकै जाती हुनेछ । कुनै पनि काम दोहोर्याएर गर्ने परिस्थिति सिर्जना हुनेछ ।

शुभरङ्ग : गाढा हरियो, शुभअङ्क : ५, शुभदिशा : पूर्व, इष्टदेवता : सूर्यदेव, अशुभ रङ्ग : कालो, अशुभ अङ्क : ३, अशुभ दिशा : उत्तर, कार्यसिद्धि मन्त्र : ॐ घृणि सूर्याय नमः, न्यूनतम जापसङ्ख्या : ०७, के गर्ने : छोराछोरीको उन्नति÷प्रगतिको जानकारी लिने, के नगर्ने : अल्छी र अकर्मण्यता

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –

खराब समय छ । एकोहोरो र निराशापूर्ण मनोभावको उदय हुने छ । चौथो भावमा रहेको चन्द्रमाका कारण चिन्ता, शङ्का र छटपटी बढाउने सङ्केत छ । पुरानो सम्झौता तोड्नुपर्ने आवश्यकता पर्न सक्छ । कृषि, पशुधन र अचल सम्पत्तिको उपयोग हुन सक्दैन । पहिलेका कमजोरीका कारण झमेला लम्बिन सक्छ । महत्वाकाङ्क्षा जाग्नेछ, तर योजना कार्यान्वयन हुन सक्दैनन् । पढाइलेखाइमा ध्यान केन्द्रित हुन सक्दैन । परिवारमा विविध समस्या देखिने छन् । सोचविचार नपुर्याउँदा र हडबड गर्दा काम बिग्रने सङ्केत छ, दोहोर्याउनु पर्ने स्थिति पनि आउन सक्छ । पारिवारिक स्वास्थ्यमा निगरानी गरेको जाति हुनेछ ।

शुभरङ्ग : गाढा रातो, शुभअङ्क : ८, शुभदिशा : उत्तर, इष्टदेवता : शिवर्पावती, अशुभ रङ्ग : गाढा नीलो, अशुभ अङ्क : २, अशुभ दिशा : पश्चिम, कार्यसिद्धि मन्त्र : ॐ सों सोमाय नम, न्यूनतम जापसङ्ख्या : ११, के गर्ने : घरपरिवारका कुरालाई वेवास्ता नगर्ने, के नगर्ने : गोपनीयता भङ्ग

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –

पराक्रम स्थानमा कमजोर चन्द्रमा भएकाले मिश्रित प्रभाव भएको दिन छ । साथीभाइसँग सन्तुलित व्यवहार गर्नु पर्ने दिन हो, आज ।  आफन्तहरू टाढिनेछन् भने काम बिग्रने डरले सताउनेछ । पहिले दिएको वचनले अप्ठ्यारो पार्न सक्छ । परिस्थितिले सोचेभन्दा फरक मोड लिन सक्छ । सहयोगीहरूको भावना बुझ्न नसक्दा केही अप्ठ्यारोमा परिनेछ । सञ्चित रकम खर्च गर्नुपर्ने आवश्यकता पर्न सक्छ । कृषि तथा पशुपालनमा लागत बढ्नेछ । पारिवारिक असमझदारीले पनि काममा अप्ठ्यारो पर्न सक्छ । तापनि मिहिनेत गर्दा फाइदा नै हुनेछ । परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन भने खिन्न रहनेछ ।

शुभरङ्ग : गाढा हरियो, शुभअङ्क : ७, शुभदिशा : पश्चिम, इष्टदेवता : हनुमान्, अशुभ रङ्ग : गुलाबी वा सिन्दूरे, अशुभ अङ्क : १, अशुभ दिशा : दक्षिण, कार्यसिद्धि मन्त्र : ॐ ऋद्धिबुद्धिसहिताय श्रीमन्मङ्गलमूर्तये नमः, न्यूनतम जापसङ्ख्या : ०८, के गर्ने : बन्धुबान्धव र दाजुभाइका सल्लाह मान्ने, के नगर्ने : साथीभाइको बेवास्ता

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –

मिश्रित प्रभाव भएको दिन भएकाले आज सहयोगीहरूको भावना बुझ्न नसक्दा नरमाइलो हुनसक्छ, सतर्क रहनु पर्छ । सहयोग र उपहारको आशा गरेमा निराश भइने छ । तर इष्टमित्र र परिवारजनको साथ सहयोग गुम्ने छैन । मनपर्ने भौतिक साधन जोड्न धनको बाधा हुनसक्छ । नयाँ काम थाल्न निकै दौडधूप गर्नु पर्नेछ । प्रतिस्पर्धीसित सतर्क रहेको राम्रो हो । व्यापार तथा कृषिमा फाइदा नै हुने देखिन्छ । काममा ढिलो गरी सफलता आर्जन गर्न सकिने छ । एउटै कामलाई दोहोर्याएर गर्नुपर्ने परिस्थिति बन्न सक्छ । कुटुम्ब र इष्टमित्रलाई चित्त बुझाउन गाह्रो छ । अल्पकालिक लगानी डुब्ने खतरा छ ।

शुभरङ्ग : सेतो वा उज्यालो, शुभअङ्क : ६, शुभदिशा : दक्षिण, इष्टदेवता : लक्ष्मी माता, अशुभ रङ्ग : पहेंलो, अशुभ अङ्क : ९, अशुभ दिशा : पूर्व, कार्यसिद्धि मन्त्र : ॐ धनप्रदाय कुबेराय नमः, न्यूनतम जापसङ्ख्या : ११, के गर्ने : अल्पकालिक प्रतिफल आउने काममा लगानी, के नगर्ने : बोलीवचनमा कडापन

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –

मिहिनेत गर्दा विभिन्न अवसर प्राप्त हुनुका साथै दैनिकीमा परिवर्तन आउन सक्छ । हिम्मतले काम बनाउन सकिने छ । ईष्र्या गर्नेहरूको मनोबल कमजोर हुनेछ । सानो प्रयत्नले ठूलो फाइदा हुनेछ । दीर्घकालसम्म फाइदा हुने काम प्रारम्भ गर्न सकिने छ  । उपलब्धिले थप उत्साह जगाउनेछ । बोलीको भरमा काम सम्पादन हुनसक्छ । तार्किक क्षमताले लाभ र मानसम्मान दिलाउनेछ । विगतको सफलताले थप काम गर्न हौसला मिल्नेछ । नयाँ कामको प्रस्ताव आउनेछ । तपाईंलाई अभिप्रेरित गर्नेहरू प्रशस्तै भेटिनेछन् । मनग्ये धन आर्जन होला । विछोडिएका परिवारजनसँग भेटघाट हुनेछ ।

शुभरङ्ग : हलुका रातो, शुभअङ्क : ५, शुभदिशा : पूर्व, इष्टदेवता : गणेश, अशुभ रङ्ग : हरियो, अशुभ अङ्क : ८, अशुभ दिशा : उत्तर, कार्यसिद्धि मन्त्र : ॐ गं गणपतये नमः, न्यूनतम जापसङ्ख्या : १०, के गर्ने : मन उत्ताउलो नबनाउने, के नगर्ने : हतारमा निर्णय

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –

काममा ढिलासुस्ती हुनसक्छ । अप्रिय समाचारले दुःखी बनाउने छ । पढाइलेखाइमा बाधा पुग्नेछ । व्यापार÷व्यवसायमा सोचेको फाइदा लिन सकिंदैन । नयाँ योजना कार्यान्वयन गर्दा लगानी डुब्ने डर हुन्छ । परिवारजनसँगको आत्मीयतामा कमी आउने छ । आफ्नै कमजोरीले विवादमा परिनेछ तर सद्विचारले अभिप्रेरित हुनेहरूलाई फाइदा हुनेछ । धेरै टाढाको यात्रा गर्नु हानिकारक बन्नसक्छ । पतिपतगबिीच घरसल्लाह नमिल्न सक्छ । अनजानको गल्तीले हानि पुर्याउन सक्छ, सजग रहनुहोला । खर्च बढ्नुका साथै आर्थिक सङ्कटले सताउन सक्छ । समय र नियमलाई बेवास्ता गर्दा चुनौती आइलाग्नेछन् ।

शुभरङ्ग : गाढा पहेंलो वा बुट्टे, शुभअङ्क : ८, शुभदिशा : उत्तर, इष्टदेवता : कालभैरव, अशुभ रङ्ग : हरियो÷चम्किलो, अशुभ अङ्क : ७, अशुभ दिशा : पश्चिम, कार्यसिद्धि मन्त्र : ॐ कें केतवे नमः, न्यूनतम जापसङ्ख्या : १९, के गर्ने : दीर्घकालीन प्रतिफल आउने पक्षको लगानी, के नगर्ने : याचकको अपमान

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –

श्रमको उचित मूल्याङ्कन हुनेछ भने गरेका कामबाट सामान्य लाभ मिल्नेछ । लगनशील बन्दा पछि फाइदा हुने काम प्रारम्भ हुनसक्छ । व्यावसायिक काममा राम्रै फड्को मार्न सकिने छ । लामो समयदेखि रोकिएको काम बन्नुका साथै आम्दानीको स्रोत समेत बढ्नेछ । साझेदारी र सट्टापट्टामा विशेष लाभ मिल्नेछ । नयाँ जिम्मेवारी पाइएला । श्रमको उचित मूल्याङ्कन हुनेछ । पैत्रिक धनको उपयोगबाट विशेष फाइदा हुनेछ । विभिन्न भौतिक साधनहरू जुट्नेछन् र प्रसन्नतापनि मिल्नेछ । आम्दानी बढ्नेछ भने परिवारजनसँगको सम्बन्ध आत्मीय बन्नेछ । दिगो फाइदाका लागि लगानी बढाउन सकिनेछ ।

शुभरङ्ग : सेतो वा सुन्तले, शुभअङ्क : ७, शुभदिशा : पश्चिम, इष्टदेवता : शिवजी, अशुभ रङ्ग : घिउरङ्ग÷बैजनी, अशुभ अङ्क : ६, अशुभ दिशा : दक्षिण, कार्यसिद्धि मन्त्र : ॐ नमः शिवाय, न्यूनतम जापसङ्ख्या : २३, के गर्ने : रचनात्मकता र सिर्जनात्मकतामा जोड दिने, के नगर्ने : अनावश्यक नियन्त्रण र निर्देशन

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –

अरूलाई प्रभावित पारेर काम बनाउने समय छ । प्रतिष्ठित काम गरेर धेरैको मन लोभ्याउन सकिने छ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सफल भइनेछ । आम्दानी बढ्नेछ । दिगो फाइदाका लागि लगानी बढाउन सकिने छ । गरिएका कामको राम्रै मूल्याङ्कन हुनेछ । लगनशीलताले प्रसिद्धि दिलाउन सक्छ । कीर्तिमानी काम गर्ने समय छ । समुदायको भलाइ हुने काम सम्पादन गर्न सकिने छ । विशिष्ट व्यक्तित्वहरूसँग मित्रता बढ्नेछ । भेटघाटले काममा उत्साह बढाउला । साथीभाइको सहयोगले हिम्मत दिलाउनेछ । भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट लाभ मिल्नेछ । मातापिताको सहानुभूति मिल्नेछ ।

शुभरङ्ग : नीलो, शुभअङ्क : ६, शुभदिशा : दक्षिण, इष्टदेवता : भोलेशङ्कर, अशुभ रङ्ग : कलेजी, अशुभ अङ्क : ५, अशुभ दिशा : पूर्व, कार्यसिद्धि मन्त्र : ॐ शं शनैश्चराय नमः, न्यूनतम जापसङ्ख्या : २३, के गर्ने : श्रमसाध्य र मिहिनेत गर्नुपर्ने काममा बलप्रयोग नगर्ने, के नगर्ने : उदासीनता÷नैराश्यता

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –

मिश्रित प्रभाव भएको दिन छ । अरूका काममा समय बित्न सक्छ । समयमा काम पूरा नहुनाले मन खिन्न रहनेछ । अस्वस्थताका बाबजुद कामको दायित्व बढ्नेछ । सानातिना काममा महत्वपूर्ण समय बित्न सक्छ । सहयोगको आशा देखाउनेहरूले धोका दिन सक्छन्, सचेत रहनुहोस् । व्यावसायिक काममा खर्च बढ्नेछ । काम र पठन–पाठनमा लगनशील बन्न नसक्ता अरूले आलोचना गर्नसक्छन् । तर भाग्यमा चन्द्रमा रहेकाले धर्मकर्म र सेवामूलक कामबाट प्रतिष्ठा मिल्नेछ । सानो प्रयत्नले ठूलो काम सम्पादन हुनेछ । धैर्य र संयमताका साथ गरेका कामबाट धेरैलाई फाइदा पुग्न सक्छ ।

शुभरङ्ग : बैजनी वा पहेंलो, शुभअङ्क : १, शुभदिशा : पूर्व, इष्टदेवता : विष्णु, अशुभ रङ्ग : चम्किलो÷उज्यालो, अशुभ अङ्क : ४, अशुभ दिशा : उत्तर, कार्यसिद्धि मन्त्र : ॐ नमो भगवते वासुदेवाय, न्यूनतम जापसङ्ख्या : १९, के गर्ने : कुलधर्म र परम्पराको अनुसरण, के नगर्ने : बृद्धबृद्धा र असहायको बेवास्ता

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

नागरिक पत्रकारले सामाजिक सञ्जालको सही उपयोग गर्नुपर्ने

ललितपुर, फागुन १४ गते । नागरिकमैत्री पत्रकारिताका लागि सामाजिक सञ्जालको भरपुर उपयोग गरिनुपर्नेमा सरोकारवालाले जोड दिएका

श्रमिक बिदेसिएको अनुपातमा विप्रेषण कम

पुस ४,काठमाडौँ । पछिल्ला वर्षमा वैदेशिक रोजगारीमा जानेको सङ्ख्या जुन अनुपातमा बढेको छ त्यो अनुपातमा

भूकम्पपीडितलाई १० हजार थान जुत्ताचप्पल सहयोग

 कार्तिक २८,काठमाडौं । गोल्डस्टार जुत्ता कम्पनीले जाजरकोटका भूकम्पपीडितलाई १० हजार थान जुत्ता तथा चप्पल सहयोग

प्रधानमन्त्री प्रचण्ड र एमसिसीकी प्रमुखबिच भेटवार्ता

 असोज १६,काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग नेपाल भ्रमणमा रहेकी अमेरिकी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) की

विपश्यनाको लाभ साधनापछि मात्रै थाहा हुन्छ

दीपकराज जोशी विपश्यना गर्ने बानी भयो र ध्यानमा आफूलाई विकास गर्न सकियो भने कसैले पनि

अनलाइनबाट पनि नेता नेम्वाङलाई श्रद्धाञ्जली दिन सकिने

काठमाडौँ,  भदौ २६ गते । संविधान सभाका अध्यक्ष एवम् नेकपा (एमाले) का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङप्रति शब्द