July 11, 2020

आजको राशिफल : आषाढ २७ गते, शनिबार

facebook sharing buttontwitter sharing buttonmessenger sharing buttonaajako-rashifal-herna-735x400

वि.सं.२०७७ साल आषाढ २७ गते । शनिबार । ईश्वी सन् २०२० जुलाई ११ तारिख । नेपाल संवत् ११४० । प्रमादी संवत्सर । उत्तरायन । ग्रीष्म ऋतु । श्रीशाके १९४२ । श्रावण कृष्णपक्ष । तिथि– षष्ठी,१९ घडी १३ पला,मध्यान्ह १२ बजेर ५८ मिनेट उप्रान्त सपतमी । नक्षत्र– पूर्वाभाद्रपदा,०१ घडी ४४पला । योग– शोभन,४१ घडी ५१ पला,बेलुकी १० बजेर ०२ मिनेट उप्रान्त अतिगण्ड । करण– वणिज,मध्यान्ह १२ बजेर ५८ मिनेट उप्रान्त भद्रा,रातको ०१ बजेर ५३ मिनेट उप्रान्त बव । आनन्दादिमा– काल योग । चन्द्रराशि–मीन । काठमाडौंमा सूर्योदय ०५ बजेर १७ मिनेट,सूर्यास्त बेलुकी ०७ बजेर ०० मिनेट । दिनमान ३४ घडी १८ पला । पञ्चक। विश्व जनसंख्या दिवस।

मेष ((चू,चे,चो,ला,लि,लू,ले,लो,अ) कामको शिलशिलामा यात्रा हुने योग रहेको छ । विदशी सामानको व्यापार व्यावसाय फस्टाएर जानेछ भने बिदेशमा बसेर श्रम गर्नेहरुका लागि आजको दिन फलदायी रहनेछ । काम गर्दा विशेष ध्यान दिनुहोला, दण्ड तथा जरिवाना हुने योग रहेको छ । स्वास्थ्यमा समस्या आउने तथा आफन्तहरू टाढिनेछन् । पढाइ-लेखाइमा समय दिन नसक्दा अरुभन्दा पछि परिनेछ ।

बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) माया प्रेममा सामिप्यता बढ्ने तथा पतिपत्नीबीचको सम्बन्धमा सुधार भएर जानेछ । दाजुभाइले तपाईको काममा आर्थिक सहयोग गर्ने हुनाले मन प्रसन्न रहनेछ । ईच्छा तथा मनोकामनाहरु पुरा हुनेछन् । दिगो काम गरी आम्दानीका स्रोत बढाउन सकिनेछ । व्यापार-व्यवसायमा लगानी गरी सामान्य आम्दानी गर्न सकिनेछ भने कृषि क्षेत्रमा समय व्यतीत हुनेछ ।

मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) विद्या तथा प्रतिष्पर्धामा प्रतिष्पर्धीहरुलाई किनारा लगाउँदै तपाईकै नाम अग्रस्थानमा आउँनेछ । छोटो समयमा नाम तथा दाम कमाउँन सकिने हुँदा घर-परिवारमा खुसीयालि छाउँनेछ । माया प्रेममा सामिप्यता बढेर जाने तथा पति पत्निबिच बिश्वास बढेर जानेछ । नयाँ नयाँ कामको प्रस्ताव आउँनेछ भने नोकरीमा पदोन्नति हुनेछ ।

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) समयले साथ दिने हुदा सानो प्रयत्नले राम्रा तथा परिणाममुखि काम गर्न सकिनेछ । धर्म तथा धर्म बिश्तारको लागि समय दिनु पर्नेछ भने सस्कार परिवर्तनमा तपाईको भुमिका महत्वपुर्ण हुनेछ । धार्मिक तथा शैक्षिक यात्राको प्रशस्त सम्भावना रहेकोछ । प्रशासनिक क्षेत्रमा तपाईको उच्च स्तरको सहभागिता रहनेछ । प्रेममा रमाउन चाहनेहरका लागि समयले साथ दिनेछ ।

सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे) सत्यता बुझेर अगाडि बढ्नुको सट्टा हल्लाको पछि लाग्दा दुख पाईनेछ । पुरानो रोगले सताउन सक्छ ध्यान दिनुहोला । अनावश्यक यात्रा तथा खर्च बढ्ने हुनाले मन चिन्तित रहनेछ । अरुकै कामका लागि समय खर्चनु पर्ने हुँदा आफ्नो काम थाति रहनेछ । सवारी साधनको प्रयोग गर्दा ध्यान दिनुहोला समय मध्ययम रहेको छ । प्रेममा एक अर्कालाई अविश्वास गर्नाले टाडिनु पर्ने बाध्यता आउनेछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) आर्थिक अवस्था राम्रो हुने हुँदा भौतिक सम्पति तथा विलासी वस्तुहरु जोड्न सकिनेछ । लामो समयदेखिको प्रेमलाई विवाहमा परिणत गर्नको लागि प्रक्रिया अगाडि बढ्नेछ भने पति-पत्नीबिच आत्मियता बढेर जानेछ । अध्ययन अध्यापनमा समय खर्चिनेहरुले सोचेजस्तो नतिजा हात पार्न सक्नेछन् । तर पनि बाहिरी वातावरण तथा सरसफाईमा ध्यान दिनुहोला ।

तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते) विवाद तथा प्रतिष्पर्धामा तपाईको नाम अग्र स्थानमा आउनेछ । पुराना समस्या तथा रोगहरु स्वतः हल भएर जानेछन् । आर्थिक अवस्था सुदृढ बनाउन चालिने कदमहरु स्वतःस्फुर्त रुपमा सकारात्मक दिशामा अगाडि बढ्नेछ । पढाई-लेखाईमा भनेजस्तो सफलता हात लाग्ने योग रहेको छ । माया-प्रेममा एक अर्कालाई सहयोग गर्दै अगाडि बढ्न सकिने तथा जीवन साथिसँग रमाईलो यात्राको प्रशस्त सम्भावना रहेकोछ ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) पति-पत्निबीचको सम्बन्धले दाम्पत्य जीवन सुखद रहनेछ । सन्तान तथा आफन्तको सहयोगले प्रभावशाली काम बन्नेछ । नोकरीमा समाजोपयोगी कार्यको प्रशंसा सर्वत्र होला । राजनैतिक गतिविधिले समाजमा प्रभावशाली व्यक्तित्व विकासमा टेवा पुर्याउला । अध्ययनमा उच्चता हाँसिल होला । वैदेशिक रोजगारीले जीवनस्तर सुधार्नमा मद्दत गर्नेछ । जग्गा जमिनको कारोबारले फाईदा गराउनेछ ।

धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) घरायसि समस्या एक्कासि बढ्नाले अर्थ अभाव हुनेछ । आमा तथा आमा सँग टाडिएर यात्राको तय गर्नुपर्दा मन खिन्न हुनेछ भने आफन्तको साथ पाईने छैन । कृषि तथा सहकारि व्यावासायमा भने मनग्गे आम्दानि हुने योग रहेकोछ । समाजसेवामा तथा राजनितिमा पदको दुरुपयोग गर्दा मान सम्मानमा दाग लाग्न सक्छ ध्यान दिनुहोला । अध्ययनमा समय दिए पनि नतिजाको लागि केहि समय कुर्नु नै पर्नेछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) उद्योग तथा उत्पादन मुलक व्यावसायमा लागानि गरि मनग्गे धन आर्जन गर्न सकिनेछ । छोटो दुरिको उपलब्धि मुलक यात्राको तय गर्न सकिनेछ । दाजुभाई तथा आफन्तबाट भनेजस्तो सहयोग पाईने हुनाले मन प्रशन्न हुनेछ । प्रेममा रमाउन चाहनेहरुका लागि समयले साथ दिनेछ । पुराना विवादित बिषयहरु हल भएर जानेछन् । नाँफामुलक व्यावसाय भन्दा सेवामुलक व्यावसाय फस्टाएर जानेछ ।

कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा) व्यावसाय फस्टाएर जानेछ भने बौद्धिकताको प्रयोग गरि धन तथा सम्पति संग्रह गर्न सकिनेछ । आफन्त तथा कुटुम्बसँग मिलेर गरिने व्यापार फस्टाएर जानेछ । पारिवारिक बाताबरणमा रमाउदै स्वादिष्ट भोजन ग्रहण गर्ने अवसर जुर्नेछ । सामाजिक तथा कल्याणकारी काम गरी समाजमा नाम कमाउन सकिनेछ । थोरै बोलेर वा बोलीकै माध्ययम बाट धेरै कामहरु गर्न सकिनेछ ।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) समयमा कामहरु सम्पन्न हुने तथा अरुको काम गरि नाम तथा दाम दुवै कमाउँन सकिनेछ । अध्ययन तथा अध्यापनको क्षेत्रमा थोरै समय लगानि गर्दापनि सकारात्मक नतिजा हात लागि हुने योग रहेकोछ । तपाईको लवाईख्वाई देखेर सबैजना मोहित हुनेछन् । माया प्रेममा आफ्नो मान्छेलाई आफ्नै वरिपरि देख्न पाउँदा मन प्रशन्न हुनेछ । व्यापार व्यावसायमा सामान्य नाँफा कमाउँन सकिनेछ भने लगानि गर्ने बाताबरण बनाउँन सकिनेछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

नागरिक पत्रकारले सामाजिक सञ्जालको सही उपयोग गर्नुपर्ने

ललितपुर, फागुन १४ गते । नागरिकमैत्री पत्रकारिताका लागि सामाजिक सञ्जालको भरपुर उपयोग गरिनुपर्नेमा सरोकारवालाले जोड दिएका

श्रमिक बिदेसिएको अनुपातमा विप्रेषण कम

पुस ४,काठमाडौँ । पछिल्ला वर्षमा वैदेशिक रोजगारीमा जानेको सङ्ख्या जुन अनुपातमा बढेको छ त्यो अनुपातमा

भूकम्पपीडितलाई १० हजार थान जुत्ताचप्पल सहयोग

 कार्तिक २८,काठमाडौं । गोल्डस्टार जुत्ता कम्पनीले जाजरकोटका भूकम्पपीडितलाई १० हजार थान जुत्ता तथा चप्पल सहयोग

प्रधानमन्त्री प्रचण्ड र एमसिसीकी प्रमुखबिच भेटवार्ता

 असोज १६,काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग नेपाल भ्रमणमा रहेकी अमेरिकी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) की

विपश्यनाको लाभ साधनापछि मात्रै थाहा हुन्छ

दीपकराज जोशी विपश्यना गर्ने बानी भयो र ध्यानमा आफूलाई विकास गर्न सकियो भने कसैले पनि

अनलाइनबाट पनि नेता नेम्वाङलाई श्रद्धाञ्जली दिन सकिने

काठमाडौँ,  भदौ २६ गते । संविधान सभाका अध्यक्ष एवम् नेकपा (एमाले) का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङप्रति शब्द