अर्जेन्टिना थप संकटमाः प्रशिक्षक फेर्ने तयारी, मेसीले गरे यस्तो माग

messicअर्जेन्टिनाले आगामी मंगलबार नाइजेरियासँग प्रतिस्पर्धा गर्दैछ । समूहको अन्तिम खेलमा मंगलबार नाइजेरियासँग अर्जेन्टिनाले खेल्ने लागेको हो । अर्जेन्टिना आगामी खेलमा गर वा मरको अवस्थामा खेल्नेछ । तर टिम भित्र असन्तुष्टि पैदा भएको छ ।

अर्जेन्टिनाले नाइजेरियालाई पराजित गरे र क्रोएशियाले आइसल्याण्डलाई पराजित गरे अर्जेन्टिना अन्तिम १६ मा पुग्नेछ । तर क्रोएशियासँग लज्जास्पद पराजय भोग्नुमा प्रशिक्षकको खराब रणनीति मुख्य कारण रहेको लियोनल मेस्सी र उनका सहकर्मीहरुले निष्कर्ष निकालेका छन् ।

उनीहरुले सरकारसँग प्रशिक्षक परिवर्तनको माग गर्दै प्रशिक्षक जर्ज साम्पोलीको खराब रणनीतिका कारण विश्वकपमा असफल भइरहेको उनीहरुले निष्कर्ष निकालेका हुन् । जसका कारण पनि नाइजेरिया विरुद्धको गर या मरको खेल अगाडि अर्जेन्टिना थप गम्भीर संकटमा पर्ने भएको छ ।

प्रशिक्षक साम्पोलीको खराब रणनीतिका कारण हार्नु परेकाले उनीप्रति खेलाडीहरुले विश्वास गुमाएका कारण विकल्प खोजिनुपर्ने मिल्डफिल्डर जेभियर मास्चिरानोले बताएका थिए । नाइजेरियाले आइसल्याण्डलाई पराजित गरेपछि २०१४ को फाइनलिस्ट टोली अर्जेन्टिनालाई अन्तिम खेलमा नाइजेरियालाई पराजित गर्दै अन्तिम १६ मा पुग्ने मौका छ ।

क्रोएशियाविरुद्ध दोस्रो खेलमा ३–० को पराजयपछि अर्जेन्टिना विश्वकपबाट बाहिरिने संघारमा छ । खेल हारेपछि शुक्रबार राति बसेको खेलाडी, प्रशिक्षक तथा संघका अध्यक्ष क्लाउडियो टापियाबीच गहन समिक्षाका क्रममा खेलाडीहरुले प्रशिक्षक परिवर्तनको माग गरेका हुन् ।

यस अवस्थामा खेलाडीहरुले साम्पोलीको स्थानमा अर्जेन्टिनाले सन् १९८६ को विश्वकप जित्दाका मिडफिल्डर तथा अहिले टोलीका महाप्रवन्धक रहेका जर्ज बारुचागालाई प्रशिक्षकका रुपमा ल्याउन चाहेको सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् । खेलाडीहरुको मागपछि संघका अध्यक्ष टापियाले साम्पोलीलाई प्रशिक्षण छाड्न अनुरोध गरेको बेलायतको पत्रिका द सनले उल्लेख गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने