अमेरिकामा नागरिकता कानुन परिवर्तन हुँदै , के सहज होला ?

अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले अमेरिकाको जन्मजात अथवा जन्मसिद्ध नागरिकता सम्बन्धी कानुन हटाउनका लागि एक विशेष अध्यादेश ल्याउने बताएका छन् ।  कानुनले अमेरिकामा जन्मिने हरेक नागरिकलाई अमेरिकाको नागरिक मान्दछ । अवैध ढंगले अमेरिका प्रवेश गर्ने शाह्य मुलुकका अमेरिकामा जन्मिने बच्चालाई नागरिकता दिन नहुने ट्रम्पको भनाइ छ । 

के कानुन परिवर्तन गर्न सहज होला ?

अमेरिकामा दुई दिन अघि राष्ट्रपति ट्रम्पले अमेरिकाको बर्थराइट सिटिजनसिप अर्थात जन्मसिद्ध नागरिकता सम्बन्धी कानुन परिवर्तन गर्ने अभिव्यक्ति दिएपछि नयाँ सिराबाट बहस शुरू भएको छ । 

अहिले विद्यमान कानुनतः बुवाआमा अवैध रुपमा बसिरहेका भएपनि अमेरिकामा जन्मिने बच्चालाई अमेरिकी नागरिक मानिन्छ । तर आप्रवासी विरुद्ध कडा रबैया अपनाउँदै आएका राष्ट्रपति ट्रम्पले उक्त नागरिकताको  कानुन परिवर्तन गर्नका लागि एक विशेष अध्यादेश ल्याउने अभिव्यक्ति दिएका छन् । 

राष्ट्रपति ट्रम्पको उदेश्य अवैध ढंगबाट अमेरिका प्रवेश हुने आप्रवासीका बच्चालाई अमेरिकाको नागरिकता नदिने रहेको छ । उनको यो अभिव्यक्तिलाई धेरैले चुनावी फाइदा उठाउनका लागि चालिन लागिएको कदम भनिरहेका छन् । ६ नोभेम्बरमा अमेरिकामा कांग्रेस र सीनेटका लागि निर्वाचन हुन गइरहेको छ । 

अमेरिकी संविधानमा सन् १८६८ मा गरिएको १४ औं संशोधनले अमेरिकाभित्र अमेरिकी कानुनको दायरमा आउने सबैलाइ अमेरिकी नागरिक मानेको छ । तर उक्त कानुनमा गैरकानुनी रुपमा अमेरिका भित्रिएका आप्रवासीका अमेरिकामै जन्मिने बच्चालाई अमेरिकी नागरिक मान्ने कि नमान्ने भन्ने बारेमा स्पष्ट छैन् । 

यद्यपि अधिकांश मानुन व्यवसायीहरु गैरकानुनी आप्रवासीका अमेरिकामा जन्मिने बच्चलाई मौजुदा कानुनले अमेरिकी नागरिक मान्ने दाबी गर्दछन् । अहिले अमेरिकासहित विश्वका ३० भन्दा बढी मुलुकहरुले आफ्नो देशमा जन्मिने हरेक बच्चालाई आफ्नो मुलुकको नागरिकता प्रदान गर्दै आएको छ । बीबीसी

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने

अवैध बाटोबाट अमेरिका पुगेका आठ नेपाली नेपाल फिर्ता

काठमाडौँ, फागुन ११ गते । अवैध बाटो प्रयोग गर्दै अमेरिका पुगेका आठ जना नेपालीलाई अमेरिकाले नेपाल

इजरायल र हमासबीच युद्धविराम सम्झौता

मङ्सिर ८,गाजापट्टी । इजरायल–हमास युद्धमा चारदिने युद्धविराम शुक्रबारदेखि लागू भएको छ । हजारौंको ज्यान लिने

पाउने भए नेपालीले हङ्गकङ्गमा वर्किङ्ग भिसा

कार्तिक १०, काठमाण्डौं । चीनको प्रशासनिक क्षेत्र हङ्गकङ्गका प्रमुख कार्यकारी जोन लिले आप्mनो नीतिमा नेपाल,

दुई देशको सम्बन्धमा नयाँ ऊर्जा थपिएको छ : चिनियाँ प्रधानमन्त्री

बेइजिङ,  असोज ८ गते ।  चिनियाँ प्रधानमन्त्री लि छ्याङले चीन–नेपालबीचको सम्बन्धमा नयाँ ऊर्जा थपिएको चीनले

मानवकेन्द्रित विश्वव्यापीकरण

 २१ भदौ २०८०, बिहिबार   हाम्रो जी–२० अध्यक्षताले विभाजन हटाउन, अवरोध भत्काउन र सहकार्यको बिजारोपण