‘अन्तर्राष्ट्रिय क्रिकेटमा खतरा मडारिँदै’

 

brendonmccullum0407_yVCAZFUcjj

२१ असार , लण्डन – पूर्व क्रिकेटर माईक बे्रयरली र ब्राण्डन म्याकलमले अन्तराष्ट्रिय क्रिकेटमा सम्भावित सकंटको चेतावनी दिएका छन् । उनीहरुको भनाई छ, ‘यो खेल चाडैँ नै त्यो स्तरमा पुग्नेछ जहाँ अन्तराष्ट्रिय क्रिकेटले विश्व भरका टी–२० लिगसँग प्रतिष्पर्धा गर्नु पर्नेछ । 

इंग्ल्याण्डका पूर्व कप्तान बे्रयरलीले एमसीसी क्रिकेट समितिको अध्यक्षको रुपमा आफनो अन्तिम बैठकमा भने, ‘जुन देशहरुसँग आफ्ना प्रमुख खेलाडिहरुलाई भुक्तान गर्नुपर्ने रकमको अभाव हुनेछ, ती देशका खेलाडिहरुले आफ्नो देशहरुलाई भन्दा घरेलु टुर्नामेन्टहरुलाई प्राथमिकता दिने छन् । 

बेयरलीका अनुसार यो अन्तर्राष्ट्रिय क्रिकेटका लागि खतराको संकेत हो, केवल टेष्ट क्रिकेट मात्र हैन, एक दिवसिय र टी–२० का लागि पनि । 

समितिमा सामेल न्युजिल्याण्डका पूर्व कप्तान म्याकम पनि यो कुरासँग सहमत छन् । उनी भन्छन्, ‘इङग्ल्याण्डविरुद्धको टेष्ट श्रृंखलामा दक्षिण अफ्रिका क्रिकेट टिममा एबी डि भिलियर्सको अनुपस्थिति टेष्ट क्रिकेटका लागी एउटा अर्को चेतावनी हो ।’ 

‘म टी–२० लिगलाई कुनै पनि तरिकाबाट खतरा भएको मान्दिन तर टेस्ट क्रिकेट महत्वपूर्ण छ र यसको अस्तित्वको सुनिश्चता जरुरी छ ।”

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

सन्दीप लामिछाने निलम्बन

काठमाडौँ,  पुस २६ गते । नेपाल क्रिकेट सङ्घ (क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी एवं

एसियाड क्रिकेटको क्वार्टरफाइनलमा नेपाल

हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

पाकिस्तान र भारतसँग क्रिकेट खेल्न तयार छु : सन्दीप

भदौ ११,  काठमाडौं। क्रिकेटर सन्दीप लामिछाने एसिया कप क्रिकेट खेल्नका लागि आज पाकिस्तानमा प्रस्थान गर्नुभएको

आज कक्षा १२ को रिजल्ट हुँदै

श्रावण ३०,काठमाडौँ — कक्षा १२ को नतिजा सार्वजनिक गर्ने निर्णय गर्न राष्ट्रिय परीक्षा बोर्डले मंगलबार

एसीसी यू-१६ इस्ट जोन कप क्रिकेट : नेपाल च्याम्पियन

काठमाडौं, असार १९ गते । एसीसी यू-१६ इस्ट जोन कप क्रिकेटको उपाधि नेपालले जितेको छ ।

कीर्तिपुरमा एक वर्षमै फ्लडलाइट बन्ने

जेष्ठ ६, काठमाडौँ — सबै अनुकूल भएमा अबको एक वर्षभित्र कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा राति