अन्तरिक्षमा नेपालले राख्न लागेको भू-उपग्रहप्रति लाओसको आपत्ति !

काठमाडौं, ३० कात्तिक । नेपालले पहिलो पटक अन्तरिक्षमा आफ्नै सञ्चार भू-उपग्रह (स्याटलाइट) पठाउने तयारी गरिरहेको छ ।

तर अन्तरिक्षमा भू-उपग्रह राख्ने स्थानलाई लिएर नेपाल र लाओसबीच विवाद सुरु भएको छ । नेपालले राख्न लागेको भू-उपग्रहले आफूलाई असर गर्ने भन्दै लाओसले विरोध गरेको हो ।

लाओसले अन्तर्राष्ट्रिय टेलिकम युनियन (आईटीयू) मा समेत यसबारे पत्र पठाइसकेको छ । आईटीयूले नेपाललाई आफ्नै भू-उपग्रह राख्न १२३.३ पूर्वी देशान्तरको स्टल दिएको छ । नेपालले उक्त स्टल आईटीयुसँग किनेको हो ।

नेपालले आईटीयूले उपलब्ध गराएको स्थानमा आफ्नो भू-उपग्रह राख्ने योजनासहितको निवेदन दिएपछि लाओसले आपत्ति जनाएको हो । नेपाली भू-उपग्रहबाट आफूले राख्न लागेको भू-उपग्रहमाथि असर पर्ने लाओसको दाबी छ ।

लाओसले सन् २०१५ मा आफ्नो पहिलो भू-उपग्रह अन्तरिक्षमा पठाइसकेको छ । आईटीयूबाट नि:शुल्क पाएको स्थानमा उक्त भू-उपग्रह राखिएको छ । लाओसले अन्तरिक्षको १२८.५ पूर्वी देशान्तरमा आफ्नो पहिलो भू-उपग्रह राखिसकेको छ । लाओसलाई उक्त भू-उपग्रह राख्न चीनले मद्दत गरेको थियो ।
 
त्यस्तै लाओसले आईटीयूसँग १२६ पूर्वी देशान्तरमा स्टल किनेर अर्को भू-उपग्रह पठाउने तयारी गरेको छ । लाओस्टर–१ नाम दिइएको उक्त भू-उपग्रहलाई नेपालले राख्न लागेको भू-उपग्रहले असर गर्ने भन्दै आईटीसँग  असन्तुष्टि व्यक्त गरेको हो ।
 
सरकारले लाओससँग विवाद भएपछि विवादलाई वार्तामार्फत् समाधान गर्ने प्रयास गरिरहेको छ ।अघिल्लो साता इजिप्ट भ्रमणका बेला सूचना तथा सञ्चारप्रविधिमन्त्री गोकुल बाँस्कोटाले आईटीयूका महासचिव हाउलिन झाओलाई यसबारे कुरा उठाएका थिए ।
 
साउन तेस्रो साता सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका तत्कालीन सचिव महेन्द्रमान गुरुङको नेतृत्वमा मन्त्रालयका सहसचिव राधिका अर्याल, दूरसञ्चार प्राधिकरणका निर्देशक विजयकुमार रायसहितको टोली लाओस पुगेर विवाद समाधानका लागि वार्ता गरेको थियो ।

आईटीयूले नेपाललाई सन् १९८४ मै दुई स्थानमा भू-उपग्रह राख्ने स्लट उपलब्ध गराएको थियो । नेपालले १२३.३ पूर्वी देशान्तरबाहेक ५० पूर्वी देशान्तरमा पनि भू-उपग्रह राख्न स्लट पाएको छ । सरकारले यसमध्ये १२३.३ पूर्वी देशान्तरमा भू-उपग्रह राख्ने तयारी गरेको छ ।

 
इन्टरनेट ब्यान्डविथ र टेलिभिजन प्रसारणका लागि नेपालका कम्पनीहरू भारत, चीन, बेलायत र हङकङको भू -उपग्रहमार्फत् सेवा लिइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

सत्तारुढ गठबन्धनबिच सात बुँदे सहमति

 फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा  नेकपा (माओवादी

चैत १ गतेदेखि १५ वैशाखसम्म कान्तिराजपथ बन्द

 फाल्गुण २८, ललितपुर । ललितपुरको टीकाभैरवदेखि तिनपाने भन्ञ्याङ, भट्टेडाँडा, काल्चे, बगुवा हुँदै मकवानपुरको ठिङ्गन भएर हेटौँडा

म राजनीतिमा रहुन्जेल उथलपुथल भइरहन्छ:प्रचण्ड

फागुन २१, काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाली राजनीति पुनः नयाँ मोडमा आइपुगेको भन्नुहुँदै आफू

नागरिक पत्रकारले सामाजिक सञ्जालको सही उपयोग गर्नुपर्ने

ललितपुर, फागुन १४ गते । नागरिकमैत्री पत्रकारिताका लागि सामाजिक सञ्जालको भरपुर उपयोग गरिनुपर्नेमा सरोकारवालाले जोड दिएका

  ४३ जना जिल्ला न्यायाधीशका लागि  विज्ञापन

माघ २६,काठमाडौँ   । न्याय सेवा आयोगको परीक्षा महाशाखाले  ४३ जना जिल्ला न्यायाधीशका लागि  विज्ञापन  गरेको 

सम्पत्ति शुद्धीकरणसम्बन्धी विधेयक पारित

माघ २५,काठमाडौँ  । सहकारी संस्थामा व्यक्तिगत बचतको सीमा नरहने गरी प्रतिनिधि सभाले सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ)