August 31, 2018

होशियार ! यसकारण सपनामा लाग्छ डर, हुन सक्छ नाइटमेयर डिसअर्डर है

भदौ १५, २०७५

कहिलेकाहीँ डरलाग्दो सपना देख्नु सामान्य हो । तर, नियमित रूपमा डरलाग्दो सपना आउन थाल्यो भनेचाहिँ सजग हुन आवश्यक हुन्छ । यसलाई मानसिक रोगका रूपमा लिनुपर्छ । यस्तो भएमा उपचारको जरुरत पर्छ ।

हुन सक्छ नाइटमेयर डिसअर्डर
सपनामा अनेक विषय देखिन्छन् । कहिलेकाहीँको सपना त यादसमेत हुँदैन । निद्राको अवस्थामा मस्तिष्कले वैकल्पिक यथार्थ या काल्पनिकता रचेर प्रदर्शन गर्छ । जसलाई सपना भन्ने गर्छौं । मसलेदार फिल्मजस्तै हाम्रो सपनामा पनि एक्सन, इमोसन, रोमान्स, कमेडी आदि देखिने गर्छ । कहिलेकाहीँ त हरर फिल्मजस्तो पनि सपना देख्ने गर्छौं । जसलाई खराब सपना, दुःस्वप्न या नाइटमेयर भनिन्छ ।

डरलाग्दो सपनाका कारण छिनछिनमा ब्युँझने हुन्छ । यस्तो अवस्थामा मानिस हडबडाउँदै उठ्ने गर्छ । त्यतिवेला धड्कन र श्वाप्रश्वासको गति तीव्र हुने गर्छ । तर, त्यो सपना हो भन्ने कुराचाहिँ पछि मात्र थाहा लाग्छ । त्यसपछि मानिस बिस्तारै–बिस्तारै सामान्य अवस्थामा फर्कन थाल्छ । नियमित रूपमा यस्तो सपना देख्न थालेमा पटक–पटक निद्रा छुट्ने गर्छ । यसकै कारण कतिपय सुत्नसमेत डराउँछन् । यस्तो भएमा मानसिक समस्याको रूपमा लिनुपर्छ । यस्तो सपना देखिएको अवस्थामा नाइटमेयर डिसअर्डर या पेरासोम्निया भन्ने गरिन्छ । जसको उपचार गर्न जरुरी हुन्छ ।

नाइटमेयरका कारण
यस्तो डिसअर्डरका कैयौँ कारण हुन सक्छन् । यसको प्रमुख कारण भनेको जीवनमा घटेका केही गम्भीर घटना हुन् ।
कुनै कारणले लगातार तनाव वा डिप्रेसनमा भएको अवस्थामा पनि नियमित रूपमा यस्तो सपना देखिन सक्छ ।
नशालु पदार्थको सेवनका कारण पनि नाइटमेयर डिसअर्डर हुन सक्छ । जस्तो कि, मदिरा या ड्रग्सको सेवन । त्यस्तै, यस्तो समस्याको औषधि खाएर छाड्दा पनि नाइटमेयर डिसअर्डर हुन सक्छ ।
स्लिप एम्निया अर्थात् निद्राका वेला श्वासप्रश्वासमा समस्या हुँदा पनि यस्ता समस्याको सिकार हुनुपर्छ । त्यस्तै, लगातार अपर्याप्त निद्राका कारण पनि नाइटमेयर डिसअर्डरको समस्या हुन जान्छ ।
फिल्म र उपन्यासले पनि यसमा प्रभाव पार्छ । नियमित हरर फिल्म हेर्ने वा त्यस्तै कथा भएको उपन्यास पढ्ने मानिस पनि यस्तो समस्याबाट ग्रसित हुन सक्छन् ।
सुत्नुभन्दा ठीक अघि यस्तो खाना खाने बानी पनि यस्तो सपनाको कारक बन्न सक्छ । त्यसैले बेलुकीको खाना खाएको कम्तीमा एक घन्टापछि मात्र सुत्ने बानी गर्नुपर्छ ।

पहिचान र उपचार
हप्तामा एकभन्दा बढीपटक डराउने सपना देखेमा त्यसलाई समस्याको रूपमा बुझ्नुपर्छ । लगातार यस्तो सिलसिला बनेमा पटक–पटक निद्रा छुट्ने गर्छ र त्यसपछि निद्रा आउन गाह्रो भएमा चिकित्सकको सल्लाह लिन आवश्यक हुन्छ ।

नाइटमेयर डिसअर्डरको शंका भएमा डाक्टरले पोलिसोम्नोग्राफी टेस्ट गर्छ र यसबारे पत्ता लगाउँछ । त्यसक्रममा निदाउँदा मुटुको गति, मस्तिष्कको तरंग, अक्सिनको स्तर, श्वास र आँखाको व्यवहारबारे रेकर्ड गर्न शरीरका विभिन्न अंगमा सेन्सर लगाउने गरिन्छ । यही परीक्षणका आधारमा डाक्टरले उपचार गर्छन् ।

डराउने सपनाका कारणले तानाव मात्र होइन, डिप्रेसन नै हुन सक्छ । त्यसैले यसको समयमै उपचार गर्न जरुरी हुन्छ । उपचारका क्रममा डाक्टरले वैकल्पिक औषधि पनि उपलब्ध गराउन सक्छ ।
नशालु पदार्थका कारण यस्तो समस्या भएको हो भने यस्तो लत तत्काल छुटाउने प्रयास गर्नुपर्छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

बजेट आर्थिक सुधारको अन्तिम किस्ता होइन : अर्थमन्त्री पौडेल

  काठमाडौँ, जेठ २७ – उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारले ल्याएको बजेट आर्थिक सुधारको

पक्षघातको औषधी निःशुल्क उपलब्ध हुने : स्वास्थ्य मन्त्री पौडेल

माघ ३,काठमाडौँ। स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले नेपालमा निकै दुर्लभ मानिएको पक्षघातको उपचारमा प्रयोग हुने

जलवायु परिवर्तनले २०२४ मा विपत्ति निम्त्यायो

पेरिस, पुस १२ गते । सानो र गरिब मायोटदेखि तेल–धनी महाशक्ति साउदी अरबसम्म र समृद्ध युरोपेली

तिहारमा दाजुभाइलाई स्वस्थ उपहार

पोषणविद् डा. अरुणा उप्रेती । तस्बिर : रासस  कात्तिक १४,काठमाडौँ। नेपालीले सांस्कृतिक पर्व तिहार ढोकामा

गणतन्त्रलाई बलियो बनाउन एमालेसँग सहकार्य गरेका हौँ’

 असार १८ ,मोरङ। नेपाली कांग्रेसका पूर्वउपसभापति विमलेन्द्र निधिले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणालीलाई बलियो बनाउन कांग्रेस

यस वर्षको नीति तथा कार्यक्रममा योग र ध्यान विशेष प्राथमिकतामा: उपप्रधानमन्त्री श्रेष्ठ

 वैशाख ३१, काठमाडौँ । उपप्रधान एवम् परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले रोगको उपचारमा भन्दा रोकथाममा केन्द्रित हुनुपर्ने