काठमाडौं । रुस र सर्बियाको भ्रमण सकेर परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली स्वदेश फर्किएका छन् । उनी शुक्रबार बिहान बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ओर्लिएका हुन् ।
रुसी महासंघ र गणतन्त्र सर्बियाको औपचारिक भ्रमणका निम्ति शनिबार अपराहृन त्यसतर्फ गएका परराष्ट्र मन्त्री ज्ञवालीले ११ गते रुस र १२-१३ गते सर्बियाको भ्रमण गर्ने कार्यतालिका थियो । तर, मन्त्री ज्ञवाली भ्रमण छोट्याएर शुक्रबार स्वदेश फर्किएका हुन् ।
उनले देशभित्र विकसित परिस्थितिलाई ध्यानमा राखेर भ्रमण छोट्याएको बताएका छन् । विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा उनले भने, “भ्रमण पर्सिसम्म तय थियो, आज सर्भियाका राष्ट्रपतिलाई भेट्ने कार्यक्रम थियो, देशभित्रको विकसित परिस्थितिले भ्रमण छोट्याएर आइयो ।”
उनले राजनीतिक सम्बन्ध सुधार, व्यापार प्रबर्द्धन, उर्जामा सहकार्य, भौतिक पूर्वाधार, लगानी भित्र्याउने र राजनीतिक सुधारका विषयमा विचार आदानप्रदान गरेको बताए ।
रुसी विदेशमन्त्री लाभ्रोभले यूएन मिसनको शान्ति मिसनमा नेपालको भूमिकाको प्रशंसा गरेको पनि परराष्ट्र मन्त्री ज्ञवालीले बताए ।
मन्त्री ज्ञवालीले कस्तो परिस्थितिबारे भन्ने विषय भने खुलाएनन् । रुस भ्रमणका क्रममा उनले राष्ट्रपति विद्यादेवी भण्डारीले पठाएको नेपाल भ्रमणको निमन्त्रणा पत्र रुसका राष्ट्रपति भलाद्मीर पुटिन र प्रधानमन्त्री केपी शर्मा ओलीले पठाएको निमन्त्रणा पत्र त्यहाँका प्रधानमन्त्री दिमित्री मेतभेदेवलाई दिएको जानकारी दिए ।
उनले भने, “नेपाल भ्रमणका लागि अनुकुल वातावरण गर्ने विषयमा पनि रुसी पक्षलाई मैले आश्वस्त पारेको छु ।”
उनले आगामी चैतमा हुने सगरमाथा संवादका लागि रुसका विदेशमन्त्री सर्जेई लाभ्रोभलाई नेपाल भ्रमणको निम्तो पठाएकोसमेत जानकारी गराए ।
उनले नेपाल भ्रमणको निम्तोबारे रुसी पक्षबाट भने कुनै औपचारिक जवाफ नदिएको बताए ।
काठमाडौँ, असार २७ — नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि लचिलो र
काठमाडौं, असार २४ गते। रसुवाको लेन्दे खोलामा आएको बाढी भोटेकोशी नदीमा मिसिएपछि उत्पन्न संकटमा फसेका
बुटवल, असार २३ गते – हालै सार्वजनिक भएको माध्यमिक शिक्षा परीक्षा (एसईई) २०७९ को नतिजामा
२२ असार २०८२, आइतबार – दार्चुलानेपालका नागरिकले आफ्नै देशभित्रको छाङरु र टिङ्कर पुग्न वर्षौंदेखि भारतको
२० असार २०८२, काठमाडौँ ।गण्डकी प्रदेश सरकारले सार्वजनिक सवारी साधनको अभाव कम गर्न ल्याएको ‘राइड
असार १७, काठमाडौं ।नेपाल प्रहरीले सामाजिक सञ्जाल तथा अनलाइन माध्यममार्फत भइरहेका ठगी घटनाप्रति गम्भीर चिन्ता