बैठकमा सीमा समस्याबारे छलफल हुँदा वामदेव गौतम जंगिए। उनी जंगिनुको विशेष कारण छ। उनले बैठकमा महाकाली सन्धीको विरोध गर्दा तत्कालिन एमालेले कारबाही गरेको तर, अहिले आफूले उठाएको कुरा ठिक देखिएकाले नेताहरुले यो विषयमा गल्ति स्वीकार गर्नुपर्ने बताए।
उनले महाकाली सन्धी हुँदा काली नदीको मुहान लिम्पियाधुरा भएको किटान गरौं भन्दा आफूमाथि पार्टीले कारबाही गरेको भन्दै अहिले सोही लिम्पियाधुरासहितको नक्शा जारी हुँदा त्यतिबेलाको आफ्नो कुरा सही भएको बताए।
बैठकमा सहभागी स्थायी कमिटि सदस्य देवेन्द्र पौडेलले उपाध्यक्ष गौतमले महाकाली सन्धीको विरोध गर्दा आफूमाथि कारबाही गरेकामा गुनासो गरेको जानकारी दिए। पौडेलले भने, ‘आजको बैठकमा पनि नेताहरुले सीमा समस्याबारे बोल्नु भयो। वामदेव जीले गुनासो व्यक्त गर्नु भयो।’
महाकाली सन्धीका कारण तत्कालीन नेकपामा चर्केको विवादका कारण पार्टीसमेत विभाजन भएको थियो।
उता शनिबारको बैठकमा मणि थापा र टोपबहादुर रायमाझीले भारतले अतिक्रमण गरेको भूमि फिर्ता नभए नेपाल लड्नका लागि पनि तयार हुनुपर्ने बताए। अरु नेताहरुले भने वार्ताका माध्यमबाट समस्या समाधान गर्नुपर्ने बताएका थिए।
काठमाडौँ, असार २७ — नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि लचिलो र
काठमाडौं, असार २४ गते – नेपाली सेनाको सैनिक अदालतले चरम असंवेदनशीलता देखाउँदै संवेदनशील मुद्दाहरूमा समावेश
सेभिया (स्पेन), असार १६ – प्रधानमन्त्री केपी शर्मा ओलीले अन्तर्राष्ट्रिय वित्तीय प्रणाली सुधारको आवश्यकतामा विशेष
२०८२ जेठ २९ काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले वरिष्ठ अधिवक्ता महेश नेपाललाई न्याय परिषद
काठमाडौं, जेठ २८ । सत्तारुढ एमालेका सचिव योगेश भट्टराईले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पाँचबुँदे प्रस्तावमा
यम विरही ५ जेठ २०८२, सोमबार स्वतन्त्र न्यायपालिका र स्वतन्त्र प्रेस दुवै लोकतन्त्रका खम्बा हुन्