देश

पहिले घरबास अनिमात्रै भोट

गोरखा, फागुन ३० – सरकारले वैशाख ३१ मा स्थानीय तहको निर्वाचन गर्ने मिति घोषणा गरेपछि गोरखाका दुई नगरपालिका र नौ गाउँपालिकाका स्थानीयवासीमा उत्सुकतासहित चुनावी तयारीले छोपेको छ । पार्टीमा क्रियाशील कार्यकर्तादेखि स्वतन्त्र भनिएका र गाउँमा प्रभाव राख्न सक्ने विद्यालयका प्रधानाध्यापक पनि भित्रभित्र चुनावको तयारीमा जुटेका छन् । गाउँमा जान्नेसुन्ने भनिएका शिक्षक निवृत्तिभरणमा बसेर या जागिर छाडेर गाउँपालिका प्रमुख, […]

गौतमको अन्त्यष्टी राष्ट्रिय ससम्मानका साथ, हज्जारौंको संख्यामा जनसागर उर्लियो

कञ्चनपुरको आनन्दबजार नजिक पुनर्वास नगरपालिकाले नेपाली भुमिमा कल्भर्ट निर्माण गर्न खोज्दा नेपाली भुमिलाई भारतले आफ्नो भनी दावी गरेपछि निम्तिएको विवादका कारण भारतीय एसएसबीको गोलि बाट बिहिवार गोविन्द गौतमको मृत्यु भएको छ । आज गौतमको पार्थिव शरीरलाई राष्ट्रिय सम्मानका साथ अन्त्यष्टी गरियो । २ साता अघि देखि नै भारतले नेपाली भुमिमा कल्भर्ट बनाउन रोक लगाएर पछि […]

प्रचण्डले गर्लान् त ‘चमत्कार’ ?

  फागुन २९, काठमाडौं–बेला बेलामा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ‘चमत्कार’ गरिरहेका हुन्छन्, कसैले सोच्दै नसोचेका निर्णय गरेर बेलाबेलामा ‘चमत्कार’ गर्छन् प्रचण्ड । फागुन २५ गते संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले दिएको अल्टिमेटम चैत १ गते अर्थात अबको दुई दिनमा सकिँदै छ । सो अल्टिमेटममा आफूहरुको माग पूरा नभए मधेसी मोर्चाले सरकारलाई […]

टेलिकमको होली अफर : रिचार्ज गर्दा डाटा ,यस्ता छन् अरु सुविधा

काठमाडौं। नेपाल टेलिकमले होली पर्वको अवसरमा विभिन्न सहुलियत दिने भएको छ । टेलिकमको चाडपर्व अफर अन्तर्गत जीएसएम, सीडिएमए पोष्टपेड तथा प्रिपेड सेवाग्राहीका लागि सहुलियत दिन लागेको हो । अफर अन्तर्गत रिचार्ज कार्डमा डेटा बोनस, यूट्युब् डेटा प्याक र एसएमएस प्याक रहेका छन् । रिचार्ज कार्डमा डेटा बोनस अन्तर्गत २ सय रुपैयाँको रिचार्ज कार्डमा २ सय […]

किन जाँदैछन् निधि र भट्टराई एकसाथ भारत ?

काठमाडौं,फागुन २९ – उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधि र नयाँशक्ति पार्टीका प्रमुख बाबुराम भट्टराई एकैसाट यो साता भारत भ्रमणमा जान लागेका छन् । सत्तारुढ भारतीय जनता पाटीृका नेताहरुद्वारा सञ्चालित थिंक ट्यांक ‘इन्डिया फाउन्डेसन’ ले नयाँदिल्लीमा आयोजना गर्न लागेको ‘प्रतिआतंकवाद सम्मेलन २०१७’ मा सहभागी हुन उनीहरु जान लागेका हुन् । गृहमन्त्री निधि सोमबार र पूर्वप्रधानमन्त्री भट्टराई […]

पौडेलले भने पत्रको जवाफ खोइ ?, संशोधनतिर लाग्नुपर्छ : देउवा

फागुन २९,काठमाडौं – नेताहरूले मधेसी दलको सहभागिताविना स्थानीय निर्वाचन कठिन हुने बताएपछि कांग्रेस सभापति शेरबहादुर देउवाले संविधान संशोधन गराउने पक्षमा आफूहरू रहेको बताएका छन् । ‘संविधान संशोधन गराउनतिर लाग्नुपर्छ,’ कांग्रेस बैठकमा देउवाले भने, ‘यसका लागि मैले पहल गरिरहेको छु ।’ देउवाले बैठकस्थलबाटै तमलोपाका अध्यक्ष महन्थ ठाकुरलाई टेलिफोन गरी संवादबाट सहमति खोजेर मिलेर अघि बढ्नुपर्ने बताएका थिए […]

१३ वर्षीया किशोरी मृत्यु बारे नयाँ खुलासा भिडियोसहित

धरान र धर्मपुत्रीको रुपमा पालिएकी धरान–१६ पुण्यमार्गकी १३ वर्षीय किशोरी अनुषा राईमाथि बारम्बार यौन शोषण हुने गरेको प्रमाणहरुको बारेमा अनुषा राई हत्या प्रकरण समितिले के भन्छ । सुन्नुस भिडियो

मदन भण्डारीको हत्या भएको होः खनाल

नवलपरासी – मेची–महाकाली अभियानको सिलसिलमा नवलपरासी पुगेका एमाले वरिष्ठ नेता झलनाथ खनालले आफ्नो दलको लोकप्रियताबाट आत्तिएकाहरु नेतृत्वको सामुहिक हत्या गर्ने षड्यन्त्रमा रहेको बताए । नारायणी किनारमा भएको सभामा आफु बसीरहदा मदन भण्डारीको हत्या गरेको सम्झेको बताए । षड्यन्त्रकारीहरुले मदन भण्डारीको लोकप्रियताबाट डराएकाले हत्या गरेको बताए । भण्डारीको दुर्घटना होइन हत्या भएर मृत्यु भएको बताए । […]

नेपालीको क्रिकेट क्रेजः त्रिबि मैदानमा

२८ फागुन, काठमाडौं । विश्व क्रिकेट लिग च्याम्पियनसीप क्रिकेटअन्तर्गत नेपाल र केन्या त्रिबि क्रिेकट मेदानमा भिडिरहेका छन् । यसअघिका अन्तर्राष्ट्रिय म्याचमा जस्तै आज पनि खेल हेर्न आउने दर्शकको सहभागिता थेगिसक्नु छैन । घरेलु टोलीलाई उत्साह दिन र अन्तर्राष्ट्रिय खेलको मज्जा उठाउन त्रिबि क्रिकेट मैदानमा हजारौं दर्शक पुगेका छन् । मैदानभित्र मात्रै हैन, बाहिरबाट पनि म्याच […]

 

photo

NOC1-250x300