एमसीसी पारित गर्न देउवा अघि बढे, गठबन्धन तोडिने संभावना बढ्याे

काठमाडौं, ६ पौष । अमेरिकी सहयोगसम्बन्धी एमसीसी सम्झौता संसदबाट पारित गर्न प्रधानमन्त्री शेरबहादुर देउवा दृढ देखिएका छन् । उनले एमसीसी पारित गर्ने दृढता निकटस्थहरुसँग गरेको बुझिएको छ । आजै जनकपुर पुगेका गृहमन्त्री बालकृष्ण खाँणले एमसीसी पारित हुने ठोकुवा गरिसकेका छन् । उनले एमसीसी अगाडि बढ्ने भन्दै भ्रमहरु रहेको बताए ।