तेल चोर्न कडाइ गरिएपछि ट्यांकर चालकको हडताल! अहिले व्यक्तिपिच्छे ट्यांकर चालक हुने र सबैजसो चाकलले आफ्नै ट्यांकरबाट ढुवानी गरिरहेका छन् ।

काठमाडौं । ढुवानी व्यवसायी र ट्यांकर चालकको निजी स्वार्थ प्रेरित हडतालका कारण उपत्यकामा इन्धन अभाव भएको छ । चालकले गरेको एकदिने हडतालले तीन दिनदेखि इन्धन वितरण प्रभावित हुँदा उपभोक्ताले सास्ती खेप्नुपरेको छ ।ट्यांकर चालकले आयल निगमको ढुवानी विनियमालीमा भएको संशोधनलाई लिएर शुक्रबार इन्धन लोड–अनलोड र ढुवानी ठप्प पारेका थिए ।