छापाका खवरहरु: प्रधानमन्त्री र मधेसी मोर्चाका नेताबीच चकाचर्की, निर्वाचन मिति घोषणा अनिश्चित

८ फागुन, काठमाडौं । आइतबार काठमाडौंबाट प्रकाशित सबैजसो दैनिक पत्रिकाले प्रधानमन्त्री पुष्पकमल दाहाल र मधेसी मोर्चाका नेताबीच वैठकमै चर्काचर्की भएको समाचारलाई फ्रन्टपेजमा स्थान दिएका छन् । सरकार र मोर्चाबीच कुरा नमिल्दा निर्वाचन मिति घोषणा पनि अनिश्चित बनेको छ । प्रधानमन्त्री दाहालले आज स्थानीय निर्वाचनको मिति घोषणा हुने बताएका थिए ।