कमल थापासँग चुनाव हारेका राणाले भने–‘नेतृत्वलाई सजग गराउँछु’
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को अध्यक्ष पदमा कमल थापासँग २ हजार ५ सय ५३ मतले पराजित प्रदीपविक्रम राणाले हिन्दु राष्ट्र र प्रजातन्त्रसहितको राजतन्त्रको सवालमा आफूले नेतृत्वलाई सजग गराइरहने बताएका छन्। लोकेन्द्रबहादुर चन्द, पशुपतिशमशेर राणा, प्रकाशचन्द्र लोहनीजस्ता दिग्गज नेताहरूले मैदान छोडेपछि अप्रत्याशित रुपमा कमल थापाविरूद्ध अध्यक्ष पदमा उम्मेदवारी दिएका राणाको चर्चा