एसियाड क्रिकेटको क्वार्टरफाइनलमा नेपाल

हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ । जेजियाङ युनिभर्सिटी अफ टेक्नोलोजी पिङफेङ क्रिकेट फिल्डमा आइतबार भएको खेलमा नेपालले माल्दिभ्सलाई एक सय ३८ रनले हरायो ।

जितका लागि नेपालले दिएको दुई सय १३ रनको लक्ष्य पछ्याएको माल्दिभ्स १९.४ ओभरमा सबै विकेटको क्षतिमा ७४ रनमा समेटिएको थियो । माल्दिभ्सका लागि मुआभिथा गानीले सर्वाधिक ३६ रन बनाउनुभयो । रसीद रसमले १२ र फ्रेड सिउसले १० रन जोड्नु बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अङ्कमा रन बनाउन सकेनन् ।

माल्दिभ्सलाई सस्तैमा समेट्न बलिङमा नेपालका अविनास बोहराले ६ विकेट लिनुभयो । उहाँले ३.४ ओभरमा ११ रन खर्चिएर उक्त विकेट लिनुभएको हो । अविनाश टी-२० अन्तर्राष्ट्रिय क्रिकेटको एउटै खेलमा ६ विकेट लिने पहिलो नेपाली खेलाडीसमेत बन्नुभयो ।

सोमपाल कामी, गुलशन झा, सन्दीप लामिछाने र कुशल भुर्तेलले एक एक विकेट लिनुभयो । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा सात विकेटको क्षतिमा दुई सय १२ रन बनाएको थियो ।

नेपालका लागि कुशल मल्ल र कप्तान रोहित पौडेलले उत्कृष्ट ब्याटिङ गर्नुभयो । रोहितले २७ बलमा तीन चौका र तीन छक्कासहित सर्वाधिक ५२ रन बनाउनुभयो ।

कुशलले २० बलमा तीन चौका र तीन छक्कासहित अविजित ४७ रन बनाउनुभयो । कुशल भुर्तेल र गुलशन  झाले समान ३५/३५ तथा विनोद भण्डारीले १३ रन बनाउनुभयो ।

बलिङमा माल्दिभ्सका बदिउ इस्माइल नवाजले तीन विकेट लिनुभयो । नासिर नेल इस्माली, मोहमेद मिउभान र थोलाल मोहमद रायले एक एक विकेट लिनुभयो ।

समूह ए बाट प्रतिस्पर्धा गरेको नेपालले यसअघि पहिलो खेलमा मङ्गोलियामाथि दुई सय ७३ रनको विश्व कीर्तिमानी जित निकालेको थियो । अब नेपालले क्वार्टरफाइनलमा भारत, पाकिस्तान, श्रीलङ्का र बङ्गलादेशमध्ये एक टोलीसँग खेल्नेछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

बजेटप्रति निजी क्षेत्र सकारात्मक

 जेठ १६ काठमाडौँ,  । आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटप्रति निजी क्षेत्रबाट सकारात्मक प्रतिक्रिया आएको छ

गोसाइँकुण्डमा स्नान गर्न भक्तजनको आगमन सुरू

जेठ ११,रसुवा ।   पवित्र तीर्थस्थल गोसाइँकुण्डमा स्नान गर्नका लागि भक्तजनको आगमन सुरू भएको छ ।

एआईको दुरुपयोग रोक्न मुख्य चुनौती : मन्त्री पन्त

जेठ ९,काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले सञ्चारमाध्यमहरूबाट व्यक्तिहरू ‘भिक्टिमाइज’ हुने प्रवृत्ति बढ्दै गएको

अपराध न्यूनीकरणका उपाय

निशा चौधरी  ५ जेठ २०८२, समाजमा विभिन्न किसिमका नियम, कानुन, मूल्य र मान्यता रहेका हुन्छन्

पूर्वमन्त्री मोहन बस्नेत विरुद्ध तीन अर्ब २१ करोडको  भ्रष्टाचार मुद्दा दर्ता

  जेठ १,काठमाडौँ  । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री मोहन बस्नेतविरुद्ध

शान्ति निर्विकल्प बाटो

 २९ वैशाख २०८२ ।  विनाशकारी दोस्रो विश्वयुद्धपछि शक्तिराष्ट्रलाई पनि के कुराको अनुभूति भयो भने युद्ध