मोहन निरौला, कलाकार
एउटा टेलिफिल्मका लागि लोकेसन हेर्न गएको थियौँ फुटुङमा। एउटा पुरानो घरभित्र छिरेर भर्याकङ चढ्न लागेको थिए। एक्कासी ठूलो हावा हुन्डरीको आवाज आयो। हामीसँगै रहनुभएको गाउँकै मित्रले ‘भुइँचालो आयो’ भन्नुभयो। हामी भाग्यौँ। सडकमा आयौँ। हिँड्न सकिएन। ढुनमुनिँदै एक साइड घुँडा टेकेर बस्यौँ। केही कम भएपछि हेरेको त हामी पसेकेा घर ढलेछ। वरिपरि अरू पनि घर ढले। सडक चिरियो। लगभग त्यो ठाउँमा हामी एक घण्टा बस्यौँ। अग्लो ठाउँ छिनछिनमा हल्लाई रहन्थ्यो। म विनोद श्रेष्ठ, विश्वदीप घिमिरे, सीता गजुरेल र वसन्त थियौँ। त्यसपछि त्यहाँ बस्नुभन्दा हिँड्नु नै उत्तम हुन्छ भनेर लगभग १ः३० हिड्यौँ। बाटाभरि घर लडेका भाँसिएका थिए। कोलाहल थिए। मान्छे सडकभरि।
टुरुप संग्रौला, वेभ डेभलपर, चाबहिल
म कोठामा बसेर वेभ डेभलप गर्दै थिएँ। अचानक कुर्सी हल्लियो अनि भुइँचालोे आएको अनुभव भयो। कोठाबाट भाग्यौँ। तर, सुरुमा त्यति डर लागेको थिएन, पछि नजिकैको ओम हस्पिटलमा मरेको बिरामीलाई सहयोग गर्न जाँदा फेरि हल्लाएपछि चाहिँ डर लाग्यो। काठमाडौँ बस्न ठीक छैन् भनेर झापातिर आइयो।
२०८२ जेठ २९ काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले वरिष्ठ अधिवक्ता महेश नेपाललाई न्याय परिषद
काठमाडौं, जेठ २८ । सत्तारुढ एमालेका सचिव योगेश भट्टराईले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पाँचबुँदे प्रस्तावमा
बुधबार, जेठ २८ काठमाडौँ । तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले साढे ४ वर्ष अघि संवैधानिक
काठमाडौँ, जेठ २७ – उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारले ल्याएको बजेट आर्थिक सुधारको
जेठ १६ काठमाडौँ, । आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटप्रति निजी क्षेत्रबाट सकारात्मक प्रतिक्रिया आएको छ
जेठ ११,रसुवा । पवित्र तीर्थस्थल गोसाइँकुण्डमा स्नान गर्नका लागि भक्तजनको आगमन सुरू भएको छ ।