काठमाडौं, ११ चैत । प्रधानमन्त्री पुष्पमकल दाहालको सचिवालयमा अहिले उनका छोरा प्रकाश दाहालका कारण नयाँ लफडा सिर्जना भएको छ । कुरा सामान्य नै हो– सचिवालयमा एकजना कर्मचारी राख्नुपर्ने । तर, त्यसमा ल्याउन लागिएका पात्रका कारण दाहालकी तेस्री पत्नी बिना मगर सशंकित बनेपछि यत्तिकै रोकिएको छ ।
पर्वतका मनहरि तिमिल्सेनाले उपसचिव तहको नियुक्ति छाडेर बाहिरिएपछि सीएम प्रचण्ड डट कम, फेसबुक र ट्विटर अद्यावधिक गर्ने एकजना पत्रकार पृष्ठभूमिको मान्छे चाहिएको छ । त्यसका लागि प्रकाश दाहालबाट प्रस्ताव गरिएको पात्र महिला पर्नुलाई बालुवाटारमा स्वाभाविक मानिएको छैन ।
दुई वर्षअघि तेस्री पत्नीका रूपमा बिना मगरलाई भित्रायाएका उनले त्यस्तै बानी पुनरावृत्ति गर्न लागे कि भन्ने त्रास बिनालाई मात्र होइन, आमा–बासम्म पनि पुगेको छ ।
प्रकाश स्वयंको लगानीमा उजिर मगरहरूले सञ्चालन गरिरहेको एभरेस्ट दैनिक डट कममा कार्यरत महिलालाई टिमको सदस्य भन्दै बालुवाटार भित्र्याएर प्रकाशले एक सातादेखि गरेको प्रयास सफल हुन सकेको छैन ।
स्रोतका अनुसार प्रकाशसँगको राम्रो मित्रताका कारण अरू पनि सरकारी नियुक्तिमा काम गरिरहेकी ती महिलाले पनि बालुवाटार जाने इच्छा राखे पनि झगडा हुने डरले यत्तिकै थन्किएको छ ।
बेला–बेलामा प्रकाश ‘लौ न, एकजना मान्छे राख्नुप¥यो, फेसबुक, ट्वीटर अपडेट नै भएन’ भनिरहन्छन् । चाहिँदैन त कसैले भनेको छैन, तर हुन्छ भन्नासाथ उनले तिनै महिलाको नाम लिने भएकाले कसैले जवाफ दिने गरेको छैन ।
नुवाकोटकी प्रभा बोगटीसँगको पहिलो विवाह टुंग्याएर पोखराकी सिर्जना अधिकारीसँग प्रकाशले मागी विवाह गरेका थिए । उनीबाट एक छोरा जन्मेपछि बेवारिसे छाडेर कञ्चनपुरकी बिना मगरसँग दिल्लीतिर भागेका थिए, खबर बुधबार साप्ताहिकमा छ ।
अहिले बिनाबाट पनि एक छोरा छन् । सुनाकोठीतिर अपार्टमेन्ट लिएर बसे पनि दुई महिनाअघि आमा सीता दाहाल बिरामी भएयता उनीहरू त्यही बेलादेखि बालुवाटार बस्दै आएका छन् ।
भदौ १४, काठमाडौं । इन्जिनियरिङ अध्ययन संस्थान (आईओई)ले स्नातक तहमा वृद्धि गरेको शुल्क तत्काल कार्यान्वयन नगर्ने
२०८० जेठ २४, काठमाडौं । नेकपा एमालेको सचिवालय बैठकले केन्द्रीय सदस्यसम्मको कार्यविभाजन गरेर अन्तर पार्टी
जेठ १४, काठमाडौं । भारत भ्रमणमा जान लागेका प्रधानमन्त्री प्रचण्डले सुझावका लागि भनेर डाकेकाे वैठकमा
पाल्पा, भदौ २० गते । विद्यार्थी नेता एवं नेकपा (एमाले)का पोलिटब्यूरो सदस्य ठाकुरप्रसाद गैरे पाल्पा क्षेत्र
काठमाडौँ, ११ बैशाख । सामाजिक सुरक्षा योजनाअन्तर्गत सरकारले लगभग सात प्रतिशत अर्थात् एक अर्ब पाँच
काठमाडौँ, १० बैशाख । प्रमुख प्रतिपक्षी नेकपा एमाले केन्द्रीय सचिवालयको बैठक बस्दै छ । पार्टी