January 29, 2017

सरकारलाई दबाव दिन जनप्रदर्शन गर्ने मधेसी मोर्चाको निर्णय

  १६ माघ, काठमाडौं । संविधान संशोधन विधेयक परिर्माजनसहित पास गर्न दबाव दिन मधेसी मोर्चाले एक दिन जनप्रदर्शन गर्ने निर्णय गरेको छ । मोर्चाको शनिबार बसेको बैठकले सरकारलाई दबाव दिन माघ २३ गते तराई मधेसका जिल्लाहरुमा जनप्रदर्शन गर्ने निर्णय गरेको छ । सोही दिन साँझ कोणसभाहरु गरेर स्थानीय तह पुनसंरचना आयोगको प्रतिवेदनको प्रति जलाउने निर्णय भएको रामसपाका महासचिव केशव झाले बताए ।Morcha-meet

बैठकपछि तमलोपाका महामन्त्री जितेन्द्र सोनलले आफूहरुसँग भएको सहमति अनुसार आन्दोलनका क्रममा मोर्चाका कार्यकर्तामाथि लगाइएको झट्टा मुद्धा फिर्ता नलिएकाले दबाव दिन विरोध प्रर्दशन गर्न लागिएको बताइ ।

मधेसी मोर्चाको बैठकले स्थानीय तह पुनसंरचन आयोगले मोर्चाको सहमति विपरित स्थानिय तहको सीमा निर्धारण गरेर दिएको प्रतिवेदन मान्न नसक्ने ठहर गरेको छ । साथै आयोगको प्रतिवेदन खारेज गरेर आफूहरुको माग अनुसार स्थानीय तहको पुनर्संरचना गर्नुपर्ने समेत माग अघि सारेको छ

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

वरिष्ठ अधिवक्ता महेश नेपाल न्याय परिषद सदस्यमा सिफारिस

२०८२ जेठ २९ काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले वरिष्ठ अधिवक्ता महेश नेपाललाई न्याय परिषद

रास्वपाको पाँचबुँदे प्रस्तावमा छलफल नहुने – भट्टराई

काठमाडौं, जेठ २८ । सत्तारुढ एमालेका सचिव योगेश भट्टराईले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पाँचबुँदे प्रस्तावमा

ओली सरकारले ‘अध्यादेश’मार्फत गरेका १२ संवैधानिक निकायका ५२ नियुक्तिहरु यी हुन्

बुधबार, जेठ २८ काठमाडौँ । तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले साढे ४ वर्ष अघि संवैधानिक

बजेट आर्थिक सुधारको अन्तिम किस्ता होइन : अर्थमन्त्री पौडेल

  काठमाडौँ, जेठ २७ – उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारले ल्याएको बजेट आर्थिक सुधारको

सहमतिअनुसार व्यवसायीहरुले यातायात बन्द राख्नु गलत : भौतिकमन्त्री

 जेठ २०, काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले यातायात व्यवसायीहरुले सार्वजनिक यातायात बन्द गरेर

बजेटप्रति निजी क्षेत्र सकारात्मक

 जेठ १६ काठमाडौँ,  । आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटप्रति निजी क्षेत्रबाट सकारात्मक प्रतिक्रिया आएको छ