चैत २०, काठमाडौँ । प्रतिनिधिसभाको सभामुखमा डोलप्रसाद (डिपी) अर्याल निर्विरोध निर्वाचित भएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अर्याल सभामुख पदका एकमात्र उम्मेदवार बनेपछि उनको निर्विरोध चयन भएको हो।
संघीय संसद् सचिवालयका अनुसार तोकिएको समयभित्र अर्यालको मात्रै उम्मेदवारी दर्ता भएको थियो। उम्मेदवारी दर्ताका लागि शुक्रबार बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म समय तोकिएको थियो।
अर्यालको उम्मेदवारीमा रवि लामिछाने प्रस्तावक तथा अर्थमन्त्री डा.स्वर्णिम वाग्ले,कानुन न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतम र भौतिक पूर्वाधार मन्त्री सुनिल लम्सालल समर्थक रहेका थिए ।
२७५ सदस्यीय प्रतिनिधिसभामा रास्वपाको बहुमत रहेकाले अर्यालको निर्वाचित हुनु पहिले नै निश्चित जस्तै थियो। उनलाई निर्वाचित भएको औपचारिक घोषणा आइतबार बस्ने प्रतिनिधिसभा बैठकबाट गरिने संसद् सचिवालयले जनाएको छ।
क फ्लोरिडा, चैत २० । NASA को ‘आर्टेमिस–२’ मिसनअन्तर्गत चार अन्तरिक्षयात्री शुक्रबार Kennedy Space Center
चैत १६ , काठमाडौँ । बालेन शाहले आज सत्ता र प्रतिपक्षी दलका सांसदहरूसँग सामूहिक छलफल
काठमाडौँ, चैत १६ । पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक पक्राउविरुद्ध सर्वोच्च अदालतमा दायर बन्दीप्रत्यक्षीकरण रिटमाथि आज
काठमाडौँ, चैत १५ ।तीन पूर्वप्रधानमन्त्री Sher Bahadur Deuba, K. P. Sharma Oli र Pushpa Kamal
१५ चैत ,काठमाडौं नेपाल सरकार, मन्त्रीपरिषद्को मिति २०८२ चैत १३ को बैठकबाट स्वीकृत शासकीय सुधारसम्बन्धी
चैत १३, काठमाडौं । । प्रधानमन्त्री बालेन्द्र शाह सहित १५ सदस्यीय मन्त्रिपरिषद्का नवनियुक्त मन्त्रीहरूले पद