फेदीखोला गाउँपालिका सम्मानित

 मङसिर १२,स्याङ्जा। अनौपचारिक सामाजिक सुरक्षा कोषमा पहिलो पटक आवद्ध भएको गाउँपालिका फेदीखोला सम्मानित भएको छ । कोषको छैटौं वार्षिकोत्सकवका अवसरमा सोमाबार काठमाडौंमा पालिकाका अध्यक्ष घनश्याम सुवेदी सम्मानित हुनुभएको हो ।

फेदीखोला जस्तै मकवानपुरको भीमफेदी गाउँपालिका, पर्साको वीरगन्ज महानगरपालिका, बाराको जितपुर सिमरा उपमहानरगपालिका, महोत्तरीको बर्दिबास नगरपालिका र सिन्धुलीको मरिण गाउँपालिका कोषमा आबद्धता रहेपनि स्याङ्जाको फेदिखोला मात्र सम्मानित भएको हो ।

सार्वजनिक निर्माणको काममा सुचिकृत भएका मजदुरलाई ‘मजदुर सञ्चितकोष’ मार्फत टेवा पु¥याएको फेदिखोला गाउँपालिका ‘अनौपचारिक र स्वरोजगार क्षेत्र सामाजिक सुरक्षा योजना सञ्चालन कार्यविधि, २०७९’ अनुसार गत असारमा आबद्धता जनाएको थियो ।

मजदुर सञ्चित कोषमा आवद्ध सात सय १४ जना श्रमिकलाई पालिकाको अनौपचारिक तथा स्वरोजगार क्षेत्रमा कार्यरत श्रमिक सामाजिक सुरक्षा कोषमा आबद्धता रहेको पालिका अध्यक्ष सुबेदीले बताउनुभयो । पालिकाको अनौपचारिक श्रमिक सामाजिक सुरक्षा कोषमा रहेकामध्ये दुई सय १ जनाको केन्द्रको सुरक्षा कोषको सफ्टवेयरमा इन्ट्रि भएको र लगातार हुने सुबेदीले बताउनुभयो ।

सरकारले तोेकेको न्यूनतम आधारभुत पारिश्रमीकको ९.३७ प्रतिशत पालिकाले र मजदुरको ११ प्रतिशत गरी २०.३७ प्रतिशत सामाजिक सुरक्षाकोषमा योगदान गरिएको छ ।स्वरोजगारमा रहेका व्यक्तिले न्यूनतम परिश्रमिकको ३१ प्रतिशतदेखि तीन गुणा कोषमा योगदान गरी कार्यविधि अनुसारको सुविधा लिन पाउने व्यवस्था छ ।

योगदानकर्ताले औषधि उपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षा योजना, दुर्घटना तथा अशक्तता सुरक्षा योजना, आश्रित तथा वृद्ध अवस्था सुरक्षा योजनाबाट सेवा समेत पाउने छन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

आन्दोलनका मुद्दा फिर्ता र ‘पक्राउ नगर्ने’ मागमा सिंहदरबारमा तनाब

बिहीबार, मंसिर १८, काठमाडौँ । जेनजी प्रदर्शनका क्रममा ‘आपराधिक गतिविधि’मा संलग्न भनिएका व्यक्तिहरूका मुद्दा फिर्ता

मन्त्रिपरिषद् बैठकका १३ निर्णय सार्वजनिक

काल, कात्तिक १८ गते। मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक छन्। सरकारका प्रवक्ता तथा सूचना प्रविधि मन्त्री

मलेशियामा श्रमिक पठाउने कम्पनीका लागि दस सर्त

कात्तिक कार्तिक १४, काठमाडौं । मलेसिया लाभासीका श्रमिक पठाउने देश वैदेशिक व्यापार व्यवसाय कम्पनीका लागि

सुशीला कार्की नेतृत्वको सरकार खारेज गरी सर्वपक्षीय अन्तरिम सरकार गठन गर्नुपर्छ : विप्लव

कात्तिक २, काठमाडौं  ।  नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले हालको सुशीला कार्की नेतृत्वको अन्तरिम सरकार

सेना किन तानियो विवादमा?

आन्दोलनका क्रममा भदौ २४ गते जलाइँदै गरेको राष्ट्रपतिको कार्यालय। राष्ट्रपतिको कार्यालय जोगाउन नसक्दा आलोचना, संविधानले दिएको

नर्सका माग सम्बोधन गर्न सरकारी समिति गठन, पहिलो बैठक आजै

काठमाडौँ, कात्तिक २ गते । सरकारले नर्सिङ स्वास्थ्यकर्मीहरूको पारिश्रमिकसम्बन्धी माग सम्बोधन गर्न १४ सदस्यीय समिति