१६ वैशाख,काठमाडौं । उद्योग विभाग, औद्योगिक सम्पत्ति शाखा त्रिपुरेश्वरमा कार्यरत शाखा अधिकृत र कार्यालय सहयोगी घुससहित पक्राउ परेपछि उद्योग विभागका उच्च अधिकारी नै तनावमा परेका छन् । शाखा अधिकृत कुमारी तारा घिमिरे र कार्यालय सहयोगी दीपा थापालाई ४९ हजार ५ सय रुपैयाँ घुस रकमसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको छ ।
ट्रेडमार्क दिने क्रममा सेवाग्राहीबाट घुस लिएको उनीहरुमाथि आरोप छ । तर, घुस लिने कर्मचारीको कार्यालय प्रमुखसम्म सेटिङ भएपनि उनीमाथि कुनै कारबाही भएको छैन ।
स्रोतका अनुसार उद्योग विभागका कर्मचारी घिमिरेको सम्बन्ध विभागकै महानिर्देशक बाबुराम गौतमसम्म छ । तर गौतममाथि अख्तियारले निगरानी गरेपनि पक्राउ भने गरेको छैन ।
विहिबार अख्तियारको छापापछि नियमित काम समेत प्रभावित भएको छ । अनियमितताको पोल खुल्दै जाँदा उच्च अधिकारीसम्म पुग्ने डरले विभागका महानिर्देशक गौतम तनावमा आएका छन् । स्रोतका अनुसार अख्तियारको हिरासतमा रहेका कर्मचारीले महानिर्देशक गौतमको समेत नाम लिएका छन् । तर, गौतम भने अख्तियारका प्रमुख आयुक्त प्रेम कुमार राई समक्ष शक्ति लगाएर आफू उम्कने कोशिसमा छन् ।
२२ कात्तिक, काठमाडौं । सांसदको एक समूहले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेर आगामी कोप २९ मा
पोषणविद् डा. अरुणा उप्रेती । तस्बिर : रासस कात्तिक १४,काठमाडौँ। नेपालीले सांस्कृतिक पर्व तिहार ढोकामा
कात्तिक ११, काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले सत्ता सौदाबाजीका लागि राष्ट्रियताका हितका प्रश्नमा कुनै सम्झौता नगरिने
कात्तिक ७, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेस र नेकपा (एमाले) जस्ता इतिहास
असोज २२, २०८१, मङ्गलबार। हरेक देशका आफ्नै भाषा, जाति, समुदायहरू एवं तिनका आआफ्नै संस्कृति पनि
नागरिक लगानी कोषका कार्यकारी निर्देशक पर्वतकुमार कार्की । काठमाडौँ, असोज ९ गते । वित्तीय क्षेत्रमा लामो