२५ फागुन ,काठमाडौं । प्रधानमन्त्री तथ नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालविरुद्धको रिटमा सर्वोच्च अदालतमा आज सुनुवाइ हुँदैछ । रिटमा आज प्रारम्भिक सुनुवाइ हुनेछ ।
इजलासले सुनुवाइपछि विपक्षी बनाइएका दाहाल, प्रधानमन्त्री कार्यालय, गृह, रक्षा, कानुन मन्त्रालय र प्रहरी प्रधान कार्यालयलाई निश्चित समय तोकी लिखित जवाफ पेश गर्दै अदालतमा उपस्थित हुन आदेश दिन सक्छ ।
सोमबार दाहालविरुद्ध ज्ञानेन्द्रराज आरण र कल्याण बुढाथोकीले दुई भिन्न रिट दायर गरेका थिए ।
निवेदकहरुले दाहालद्वारा २०७६ साल माघ १ गते टुँडिखेलमा आयोजित एक कार्यक्रममा द्वन्द्वकालमा भएका १७ हजार हत्या मध्ये ५ हजार हत्याको जिम्मेवारी लिने अभिव्यक्तिलाई मध्यनजर गर्दै उनीविरुद्ध ती हत्याको अभियोजन दायर भई अदालतबाटै निरुपण हुनु पर्ने माग गरेका छन् ।
रिटमा आज प्रारम्भिक सुनुवाइ हुनेछ । प्रारम्भिक सुनुवाइमा निवेदक तर्फबाट बहस हुन्छ । विपक्षी प्रत्यर्थीले प्रारम्भिक सुनुवाइमै सरिक हुनका लागि निवेदन दिएमा प्रत्यर्थी समेतले बहस गर्न पाउँछन् ।
रिटमा दाहालको अभिव्यक्तिको आधारमा अभियोजन दायर हुनुपर्ने हुँदा तत्काल उनलाई पक्राउ गर्न अन्तरिम आदेशको पनि माग गरिएको छ ।
पुस १५, काठमाडौँ । सहकारी संस्थाको बचत रकम हिनामिनामा दण्डात्मक कारबाहीलाई तीव्रता दिइरहेका बेला सरकारले सहकारीसम्बन्धी
पेरिस, पुस १२ गते । सानो र गरिब मायोटदेखि तेल–धनी महाशक्ति साउदी अरबसम्म र समृद्ध युरोपेली
यज्ञप्रसाद भट्टराई ३० मंसिर २०८१, आइतबार निजी क्षेत्रमा हुने भ्रष्टाचारजन्य क्रियाकलापको अनुसन्धान गरी मुद्दा चलाउने
मङ्सिर २६, काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष राष्ट्रिय सूचना आयोगका नवनियुक्त प्रमुख आयुक्त डा. सुरेशप्रसाद आचार्यले
कार्तिक २६, काठमाडौं । नेपालको सबैभन्दा ठुलो इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंक कम्युनिकेशनले हालै एक महत्वपूर्ण सामाजिक
२२ कात्तिक, काठमाडौं । सांसदको एक समूहले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेर आगामी कोप २९ मा