फिफा बेस्ट अवार्डका लागि अन्तिम तीनको मनोनयन सार्वजनिक

काठमाडौं । फिफा बेस्ट अवार्डका लागि विभिन्न विधाका अन्तिम तीन प्रतिस्पर्धीको नाम सार्वजनिक गरिएको छ।

उत्कृष्ट पुरुष, महिला, प्रशिक्षक र गोलरक्षक तथा पुस्कस अवार्ड गरी पाँच विधाका महिला र पुरुष गरी अन्तिम तीन-तीन प्रतिस्पर्धिहरू सार्वजनिक गरिएको हो।

जसममा पुरुषतर्फ विश्व विजेता कप्तान लियोनेल मेसीसहित फ्रान्सका दुई स्टार करिम बेन्जेमा र केलियन एम्बाप्पे रहेका छन्।

फिफा सदस्य राष्ट्रका प्रशिक्षक, कप्तान, पत्रकार र समर्थकले १४ खेलाडीलाई दिएको मतका आधारमा अन्तिम तीनको नाम तय भएको हो।

सन् २०२१ अगष्ट ८ देखि २०२२ डिसेम्बर १८ को प्रदर्शनका आधारमा उनीहरूको मूल्यांकन गरिएको थियो। यी तीनमध्ये अर्जेन्टिनाका कप्तान मेसीले २०१९ मा द वेष्ट फिफा अवार्डको उपाधि जितिसेका छन्।

यो अवार्डको अवधारणा सन् २०१६ बाट सुरु गरिएको थियो। लगातार शीर्ष तीनमा पर्दै आएका मेसी २०१८ को संस्करणमा भने अन्तिम ३ मा परेका थिएनन्।

पछिल्लो दुई सिजन रोर्बेटो लेवान्डोस्कीले द बेष्ट फिफा अवार्ड जितेका थिए। फिफा द बेस्ट अवार्डको घोषणा भने २७ फेब्रुअरीमा एक भव्य कार्यक्रमका बीच हुने छ।

द बेस्ट पुरुष खेलाडी (उत्कृष्ट तीन)

करिम बेन्जामा (फ्रान्स/रियल म्याड्रिड)

केलियन एम्बाप्पे (फ्रान्स/पिएसजी)

लियोनल मेसी(अर्जेन्टिना/पिएसजी)

द बेस्ट फिफा महिला खेलाडी (उत्कृष्ट तीन)

बेथ मेड (इंग्ल्यान्ड/आर्सनल)

एलेक्स मोर्गन (युएसए/ ओर्लान्डो प्राइड/सन डिएगो वेभ)

एलेक्सिस पुटेलास (स्पेन/ बार्सिलोना)

द बेस्ट फिफा महिला प्रशिक्षक (उत्कृष्ट तीन)

सोनिया बोम्पास्टोर (ओलम्पिक लियोनाइस)

पिय सुनधङ्गे (ब्राजिल राष्ट्रिय टिम)

सरिना विगमान (इंग्ल्यान्ड राष्ट्रिय टिम)

द बेस्ट फिफा पुरुष प्रशिक्षक (उत्कृष्ट तीन)

कार्लो एन्सेलोटी (रियल म्याड्रिड)

पेप ग्वार्डिओला (म्यानचेस्टर सिटी)

लियोनेल स्कालोनी (अर्जेन्टिना राष्ट्रिय टिम)

द बेस्ट फिफा गोलरक्षक महिला (उत्कृष्ट तीन)

अन्ना-कट्रिन बर्गर (जर्मनी/चेल्सी)

म्यारी ऐरपस (इंग्ल्यान्ड/म्यानचेस्टर युनाइटेड)

क्रिश्टिएना ऐन्डलर (चिली/ओलम्पिक लियोनाइस)

द बेस्ट फिफा गोलरक्षक पुरुष (उत्कृष्ट तीन)

यसिनी बौउनोउ (मोरक्को/ सेभिल्ला)

थिबाउट कोर्टोइस (बेल्जियम/रियल म्याड्रिड)

इमिलियानो मार्टिनेज (अर्जेन्टिना/एस्टोन भिल्ला)

पुस्कस अवार्डका अन्तिम तीन

मार्सिन ओलेस्की (पोल्यान्ड): वार्टा पोल्यान्ड र स्टेल रेस्जोविरुद्ध गरेको गोल (६ नोभेम्बर २०२२)

डिमित्री पायट (फ्रान्स): ओलम्पिक डि मार्सेलीविरुद्ध पाओक थेसालोनीकी विरुद्धको गोल (७ अप्रिल २०२२, युरोपा कन्फ्रेन्स लिग)

रिचार्लिसन (ब्राजिल): ब्राजिल विरुद्ध सर्वियाबीचको खेलमा भएको गोल (२४ नोभेम्बर २०२२, फिफा विश्वकप)

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने