राप्रपा नेपालले यस पटकको पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस फरक तरिकाले मनाउने

२६ पुस,काठमाडौं । राप्रपा नेपालले एसपटकको राष्ट्रिय एकता दिवस तथा पृथ्वी जयन्ती फरक तरिकाले मनाउने भएको छ ।

२०६३ सालमा तत्कालिन गिरिजाप्रसाद कोइरालाको सरकारले राष्ट्रिय एकता दिवस मनाउन छाडेपछि कमल थापा नेतृत्वको राप्रपा नेपालले प्रत्येक वर्ष पौष २७ गते पृथ्वी जयन्तीका दिन राष्ट्रिय एकता दिवसको रूपमा विभिन्न कार्यक्रम आयोजना गर्दै आएको छ।

राप्रपा नेपालले सो अवसरमा प्रत्येक वर्ष विभिन्न राजनीतिक दलका नेता, विदेशी राजदुतहरु र समाजका विभिन्न क्षेत्रका व्यक्तिहरुलाई आमन्त्रित गरी वृहद चियापान कार्यक्रम आयोजना गर्ने गरेको थियो।

२०७४ सालमा शेरबहादुर देउवा नेतृत्वको सरकारमा कमल थापा उपप्रधानमन्त्रीको हैसियतमा सहभागी हुँदा उनकै प्रयासमा सरकारले पौष २७ पृथ्वी जयन्तीलाई राष्ट्रिय एकता दिवसको रुपमा मनाउने निर्णय गर्नुका साथै सार्वजनिक विदा समेत दिएको थियो। साथै सोही वर्षदेखि राष्ट्रपति विद्या भण्डारीले सिंहदरबारस्थित राष्ट्रनिर्माता पृथ्वीनारायणको शालिकमा माल्यार्पण गर्ने र नेपाली सेनाले सम्मान दिने परम्परा समेत शुरु भएको थियो। 

“यस वर्ष राप्रपा नेपालले राजनीतिक दलका नेताहरु र कुटनीतिक नियोगका प्रतिनिधिहरूलाई नबोलाउने तर समाजका विभिन्न वर्ग र पेशाका प्रतिनिधिहरूलाई आमन्त्रण गरी चियापान र विचार गोष्ठी गर्न लागेको राप्रपा नेपालका महामन्त्री राजाराम बर्तौलाले बताए । विगतमा राजनीतिक दलको रुपमा राप्रपा नेपाल एक्लैले मात्र राष्ट्रिय एकता दिवस मनाउने गरेकोमा केही वर्षदेखि नागरिक समाजको विभिन्न क्षेत्रबाट उक्त दिवस मनाउने लहर चलेको हुँदा राप्रपा नेपालले केही फरक ढंगबाट कार्यक्रम गर्नलागेको महामन्त्री बर्तौलाको भनाइ रहेको छ ।

यस वर्ष सरकारले पनि पृथ्वी जयन्तीका दिन सार्वजनिक विदा दिने निर्णय गर्न लागेको सुन्दा खुसी लागेको बर्तौलाले बताए । तर,राष्ट्रनिर्माता पृथ्वीनारायण शाहलाई केवल भौगोलिक एकिकरण मात्र गरेको अर्थ दिने गरि सम्बोधन गरिनु र राष्ट्रिय एकता दिवसको रुपमा मनाउने वारे कुनै निर्णय नभएकोमा उनले  असंतुष्टि पनि व्यक्त गरे । पृथ्वी जयन्तीलाई राष्ट्रिय एकता दिवसको रुपमा नमनाउने र प्रधानमन्त्री प्रचण्डले राष्ट्रनिर्माताको शालिकमा माल्यार्पण गर्न नजाने हो भने विदा दिनुको कुनै अर्थ नरहने र त्यो केवल सत्ता स्वार्थको निर्णय हुने समेत महामन्त्री राजाराम बर्तौलाको भनाइ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

‘लगानी विविधीकरण कोषको मुख्य एजेन्डा हो’

नागरिक लगानी कोषका कार्यकारी निर्देशक पर्वतकुमार कार्की । काठमाडौँ, असोज ९ गते । वित्तीय क्षेत्रमा लामो

साल्ट ट्रेडिङको सहकार्यमा नेपाली जुत्ताको सुपथ मूल्य पसल

काठमाडौँ, असोज ९  गते ।  साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको सहकार्यमा जुत्ता उत्पादक सङ्घ नेपालले उपत्यकाका

सर्वोच्चले दिएन दुर्गा प्रसाईंलाई अन्तरिम आदेश

आश्विन ९ ,काठमाडौं । सर्वोच्च अदालतले विवादित पृष्ठभूमि भएका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न

विश्वको आधाभन्दा बढी जनसङ्ख्याको सामाजिक सुरक्षामा पहुँच : संयुक्त राष्ट्रसङ्घ

 भदौ  ३० गते । विश्वव्यापी रूपमा पहिलो पटक आधाभन्दा बढी जनसङ्ख्याको कुनै न कुनै प्रकारको

टिकटकको प्रतिबन्ध सबै इन्टरनेटमा खुल्यो

भदौ २१, काठमाडौँ। नेपाल दूरसञ्चार प्राधिकरणले टिकटकमा लगाएको सबै प्रतिबन्ध हटाएको छ। शुक्रबार सूचना सार्वजनिक गर्दै

देशको बलियो शक्तिको रुपमा एमाले आउँछ : महासचिव शङ्कर पोखरेल

 भदौ २०, सुर्खेत। नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले देशमा बलियो शक्ति आवश्यक भएकाले २०८४ मा