३ पुस,काठमाडौं । निर्वाचन आयोग, नेपालले गत मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचन, २०७९ अन्तर्गत समानुपातिक निर्वाचन प्रणालीतर्फका निर्वाचित सांसदहरूलाई आज प्रमाणपत्र वितरण गरेको छ ।
आयोगको कान्तिपथस्थित परिसरमा आयोजित समारोहमा उक्त प्रणालीका मुख्य निर्वाचन अधिकृत एवं आयोगका सचिव श्री गोकर्णमणि दुवाडीले प्रतिनिधि सभा र सातै प्रदेशका प्रदेश सभामा विभिन्न राजनीतिक दलका तर्फबाट निर्वाचित सदस्यलाई प्रमाणपत्र वितरण गरेका हुन ।
समारोहमा माननीय प्रमुख निर्वाचन आयुक्त श्री दिनेश कुमार थपलियाले निर्वाचित सांसदहरूलाई खादा लगाएर बधाई ज्ञापन गर्नुभयो । समारोहमा सचिव दुवाडीले निर्वाचित सांसदहरूलाई बधाई दिँदै निर्वाचन सम्पन्न गराउन भूमिका निर्वाह गर्ने सम्बन्धित सबैमा धन्यवाद व्यक्त गर्नुभयो । समारोहमा आयोगका माननीय प्रमुख निर्वाचन आयुक्तसहित सबै माननीय निर्वाचन आयुक्तहरूको उपस्थिति रहेको थियो ।
आयोगले गत मंसिर २८ गते सो प्रणालीतर्फको निर्वाचन परिणाम सार्वजनिक गरेको सहसचिव एवं प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताएका छन ।
यज्ञप्रसाद भट्टराई ३० मंसिर २०८१, आइतबार निजी क्षेत्रमा हुने भ्रष्टाचारजन्य क्रियाकलापको अनुसन्धान गरी मुद्दा चलाउने
मङ्सिर २६, काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष राष्ट्रिय सूचना आयोगका नवनियुक्त प्रमुख आयुक्त डा. सुरेशप्रसाद आचार्यले
कार्तिक २६, काठमाडौं । नेपालको सबैभन्दा ठुलो इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंक कम्युनिकेशनले हालै एक महत्वपूर्ण सामाजिक
२२ कात्तिक, काठमाडौं । सांसदको एक समूहले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेर आगामी कोप २९ मा
पोषणविद् डा. अरुणा उप्रेती । तस्बिर : रासस कात्तिक १४,काठमाडौँ। नेपालीले सांस्कृतिक पर्व तिहार ढोकामा
कात्तिक ११, काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले सत्ता सौदाबाजीका लागि राष्ट्रियताका हितका प्रश्नमा कुनै सम्झौता नगरिने