३ पुस,काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले राप्रपा नेपाल केवल एउटा चुनावको लागि खडा भएको चुनाव परिचालन समिति होईन भन्ने भानाई व्यक्त गरेका छन ।
राप्रपा नेपाल काठमाडौं कमिटीले आइतबार आयोजना गरेको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष थापाले भने”राप्रपा नेपाल लामो राजनीतिक यात्रामा हिँडेको राष्ट्रवादी शक्ति हो। त्यसर्थ, चुनाव परिणाम प्रतिकुल रहेता पनि आगामी दिनमा राप्रपा नेपाललाई देशको बलियो राष्ट्रवादी, प्रजातान्त्रिक र हिन्दुवादी शक्ति बनाउने अभियान अझ सशक्त ढंगबाट अघि बढाईने बिश्वास समेत ब्यक्त गरे ।”
निर्वाचनमा निराशाजनक परिणामका वावजुद राप्रपा नेपालले अवलम्बन गरेको राष्ट्रियता लोकतन्त्र सनातन हिन्दुराष्ट्र र आर्थिक उदारवादको मान्यतामा आधारित सम्बर्द्धनवादको महत्व, औचित्य र आवश्यकता नेपाली राजनीतिमा अद्यापि टडकारो रुपमा रहेको बताउँदै । सनातन धर्म संस्कृति र परम्पराको रक्षा गरेर पनि देशको बिकास र आर्थिक समृद्धिको लक्ष्य हासिल गर्न सकिने तथा त्यही नै राष्ट्रनिर्माणको उपयुक्त बाटो हो भन्ने राप्रपा नेपालको मान्यताको सर्वकालिक महत्व रहेको समेत उनको दाबी थियो ।
विद्यमान राजनीतिक संरचना भित्र रहेका त्रुटिहरुका कारण हालै सम्पन्न निर्वाचनबाट समेत देशले भोग्नु परेको संकटको समाधान हुन नसक्ने भन्दै उनले आगामी दिनमा राजनीतिक अस्थिरता र अराजकता अझै बढ्दै जाने र नवगठित प्रतिनिधि सभा दुई अढाई वर्षभित्र नै दुर्घटनामा पर्न सक्ने खतरा रहेको समेत आशंका ब्यक्त गरे ।
निर्वाचन अत्यन्त महंगो भएको तथा चुनावमा देखिएका विकृति र विसङ्गतिको कारण संसदीय व्यवस्था प्रति नै वितृष्णा बढेको चर्चा गर्दै थापाले देशमा धर्मपरिवर्तनको डढेलो डरलाग्दो रुपमा बढिरहेको अवस्थामा यसपटकको निर्वाचन परिणामबाट सनातन धर्म संस्कृति र परम्पराको रक्षाको पक्षमा आवाज कमजोर हुँदै जानु चिन्ताको विषय भएको समेत उल्लेख गरे।
संसदमा प्रतिनिधित्व नभएको कारण अब राप्रपा नेपालले हिन्दुराष्ट्र पुनस्थापना र भ्रष्टाचार लगायतका आफ्नो एजेण्डाहरु स्थापित गर्न सडकमा क्रियाशील हुनु आवश्यक भएको र आगामी चैत बैशाखमा राप्रपा नेपालले देशव्यापी सडक संघर्षको कार्यक्रम समेत संचालन गर्नु आबश्यक भएकोले सोही बमोजिम तयार रहन समेत कार्यकर्ताहरुलाई निर्देशन दिए ।
यज्ञप्रसाद भट्टराई ३० मंसिर २०८१, आइतबार निजी क्षेत्रमा हुने भ्रष्टाचारजन्य क्रियाकलापको अनुसन्धान गरी मुद्दा चलाउने
मङ्सिर २६, काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष राष्ट्रिय सूचना आयोगका नवनियुक्त प्रमुख आयुक्त डा. सुरेशप्रसाद आचार्यले
कार्तिक २६, काठमाडौं । नेपालको सबैभन्दा ठुलो इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंक कम्युनिकेशनले हालै एक महत्वपूर्ण सामाजिक
२२ कात्तिक, काठमाडौं । सांसदको एक समूहले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेर आगामी कोप २९ मा
पोषणविद् डा. अरुणा उप्रेती । तस्बिर : रासस कात्तिक १४,काठमाडौँ। नेपालीले सांस्कृतिक पर्व तिहार ढोकामा
कात्तिक ११, काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले सत्ता सौदाबाजीका लागि राष्ट्रियताका हितका प्रश्नमा कुनै सम्झौता नगरिने