२७ मंसिर,काठमाडौँ ।नमस्ते पे प्रयोगकर्ताहरूले अब नमस्ते पे वालेट मा Split Bill को सुबिधा प्रयोग गर्न सक्ने भएका छन । यो सुबिधा को फाइदा Android र IOS दुवै प्रयोगकर्ताहरुले लिन सक्ने नेपाल डिजिटल पेमेन्ट्स कम्पनी लिमिटेडले जनाएको छ ।साथीभाई र आफन्त संग खाजा खादा होस् या shopping जादा, Namaste Pay को Split Bill सेवा कुनै झन्झट बिना छिटो, सरल र भरपर्दोरुपमा प्रयोग गर्न सकिन्छ। QR Scan मार्फत Merchant भुक्तानी गर्दा पनि यो सुबिधाबाट लाभ लिन सकिने कम्पन
NDPC नेपालको सबैभन्दा ठूलो दूरसञ्चार सेवा प्रदायक नेपाल टेलिकम र सार्वजनिक क्षेत्रको सर्वाधिक ठूलो बैंक राष्ट्रिय बाणिज्य बैंकद्वारा संयुक्त रुपमा प्रवर्द्धित भुक्तानी सेवा प्रदायक संस्था हो । नमस्ते पे अन्तर्गत इन्टरनेट र स्मार्ट फोन आवश्यक नपर्ने गरी USSD मार्फत बैंक र वित्तीय पहुँच नभएका ग्रामीण क्षेत्रमा तथा मोबाइल एप मार्फत अन्य क्षेत्रमा समेत आधुनिक र सरल डिजिटल भुक्तानी सेवा प्रदान गर्ने दुबै प्रकारका विशेषता रहेको कम्पनिले एक बिज्ञप्ति मार्फत जानकारी दिएको छ ।नमस्ते पे नगदरहित समाज सिर्जना गर्ने प्रयासमा उल्लेख्य भूमिका खेल्ने ध्येयले शुरु गरिएको डिजिटल भुक्तानी सेवा हो। आधुनिक प्रविधिको प्रयोग मार्फत सरल र सुरक्षित डिजिटल भुक्तानी सेवा प्रदान गरी बैंक र डिजिटल प्रविधिमा पहुँच भएका तथा नभएका सबै उपभोक्तालाई आधुनिक वित्तीय सेवा प्रदान गर्ने यस वालेट सेवाको उद्देश्य रहेको नेपाल डिजिटल पेमेन्ट्स कम्पनी लिमिटेडले जनाएको छ।
पेरिस, पुस १२ गते । सानो र गरिब मायोटदेखि तेल–धनी महाशक्ति साउदी अरबसम्म र समृद्ध युरोपेली
मङ्सिर २६, काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष राष्ट्रिय सूचना आयोगका नवनियुक्त प्रमुख आयुक्त डा. सुरेशप्रसाद आचार्यले
चितवन, कात्तिक ३० गते । नेपालमा बाहिरबाट आउने महको आयात रोकिएसँगै यहाँका किसानले उत्पादन गरेको महले
कार्तिक २६, काठमाडौं । नेपालको सबैभन्दा ठुलो इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंक कम्युनिकेशनले हालै एक महत्वपूर्ण सामाजिक
पोषणविद् डा. अरुणा उप्रेती । तस्बिर : रासस कात्तिक १४,काठमाडौँ। नेपालीले सांस्कृतिक पर्व तिहार ढोकामा
असोज २२,काठमाडौँ । यही असोज १० गतेदेखि १२ गतेसम्म परेको अविरल वर्षापछिको बाढी तथा पहिरोका