नेपालमा भएको पहिलो निर्वाचन राणाकालको अन्त्यमा भएको म्यूनिसिपल चुनाव हो। यो निर्वाचन राणा प्रधानमन्त्री पद्म सम्शेर ले वि.सं. २००४ जेठ ३ गते गराएका थिए। यस अगाडि कुनै निर्वाचनको अनुभव नगरेको यस निर्वाचनमा महिला लाई मताधिकार थिएन। उपस्थित भएका पुरुष हरूले मत दिएर प्रतिनिधि छानिएको थियो। निर्वाचन आयोगले विसं २०७३ सालमा प्रकाशित गरेको नेपालको निर्वाचन इतिहास पुस्तकका अनुसार निर्वाचित म्युनिसिपलिटी खडा गर्ने उद्देश्यसहितको उक्त चुनाव हालसम्मकै ‘पहिलो र ऐतिहासिक निर्वाचन’ हो।
बालिग मताधिकारको आधारमा नेपालमा भएको पहिलो निर्वाचन वि.सं. २०१५ फागुन ७ मा भएको आम निर्वाचन हो। वि.सं. २००७ सालमा राणा शासन अन्त्य भएपछि वि.सं. २०१० भदौ १७ मा भएको काठमाडौ नगरपालिकाको निर्वाचनमा पहिलो पटक महिलाले पनि मतदान गर्न पाएका थिए। सो निर्वाचनमा दुई तिहाई मत पाएर जनकमान श्रेष्ठ मेयर निर्वाचित भएका थिए।
वि.सं. २०१५ सालमा भएको आम निर्वाचनलाई पहिलो निर्वाचन मानिएको छ। बालिग मताधिकारको आधारमा नेपालमा हालसम्म भएका निर्वाचनहरु ।
राष्ट्रिय निर्वाचनहरू :
१,प्रतिनिधि सभा निर्वाचन २०१५
२,राष्ट्रिय जनमत सङ्ग्रह २०३६
३,राष्ट्रिय पञ्चायत सदस्य निर्वाचन वि.सं. २०३८
४,राष्ट्रिय पञ्चायत सदस्य निर्वाचन वि.सं. २०४३
५,राष्ट्रिय पञ्चायत सदस्य निर्वाचन वि.सं. २०४३
६,राष्ट्रिय पञ्चायत सदस्य निर्वाचन वि.सं. २०४३
७,प्रतिनिधि सभा निर्वाचन २०४८
८,उपनिर्वाचन सुनसरी-३ र काठमाडौँ-५
९,उपनिर्वाचन काठमाडौँ-१ र झापा-१
१०,प्रतिनिधि सभा निर्वाचन २०५१
११,उपनिर्वाचन सुनसरी-५, काठमाडौँ-१, रौतहट-२, रूपन्देही-२, बैतडी-१
१२,प्रतिनिधि सभा निर्वाचन २०५६
१३,संविधान सभा निर्वाचन २०६४
१४,उपनिर्वाचन मोरङ-५ र ७, धनुषा-५, कास्की-१, रोल्पा-२ कञ्चनपुर-४
१५,संविधान सभाको दोस्रो निर्वाचन २०७०
१६,उपनिर्वाचन काठमाडौँ २, चितवन ४, बर्दिया १ ,कैलाली ६
१७,सङ्घीय संसद तथा प्रदेश सभा निर्वाचन २०७४ (मंसीर १० गते र २० गते)
१७,प्रतिनिधि सभा निर्वाचन २०७४
१९,राष्ट्रिय सभा निर्वाचन २०७४
२०,प्रदेश सभा निर्वाचन, २०७४
२१,प्रदेश नं. १ प्रदेशसभा निर्वाचन, २०७४
२२,मधेश प्रदेश सभा निर्वाचन, २०७४
२३,बागमती प्रदेश सभा निर्वाचन, २०७४
२४,गण्डकी प्रदेश सभा निर्वाचन, २०७४
२५,लुम्बिनी प्रदेश सभा निर्वाचन, २०७४
२६,कर्णाली प्रदेश सभा निर्वाचन, २०७४
२७,सुदूरपश्चिम प्रदेश सभा निर्वाचन, २०७४
२८,प्रतिनिधि सभा निर्वाचन, २०७९
२९,प्रदेश सभा निर्वाचन, २०७९
पुस १५, काठमाडौँ । सहकारी संस्थाको बचत रकम हिनामिनामा दण्डात्मक कारबाहीलाई तीव्रता दिइरहेका बेला सरकारले सहकारीसम्बन्धी
पेरिस, पुस १२ गते । सानो र गरिब मायोटदेखि तेल–धनी महाशक्ति साउदी अरबसम्म र समृद्ध युरोपेली
यज्ञप्रसाद भट्टराई ३० मंसिर २०८१, आइतबार निजी क्षेत्रमा हुने भ्रष्टाचारजन्य क्रियाकलापको अनुसन्धान गरी मुद्दा चलाउने
मङ्सिर २६, काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष राष्ट्रिय सूचना आयोगका नवनियुक्त प्रमुख आयुक्त डा. सुरेशप्रसाद आचार्यले
कार्तिक २६, काठमाडौं । नेपालको सबैभन्दा ठुलो इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंक कम्युनिकेशनले हालै एक महत्वपूर्ण सामाजिक
२२ कात्तिक, काठमाडौं । सांसदको एक समूहले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेर आगामी कोप २९ मा