ईन्टरनेट प्रदायकहरुको लापरबाहीले सडकभरी तारैतार,पैदल यात्रु र सवारि चालक मर्कामा


१ मंसिर,भक्तपुर । भक्तपुरको मध्यपुर थिमीको चारदोबाटो नजिक ईन्टरनेट प्रदायक कम्पनिहरुले आफ्नो काम सकिएपछि सडकमै फालेको तारहरुको कारण पैदलयात्री र सवारी चालकहरू मर्कामा परेका छन ।

‘केही समय अगाडी विद्युत प्राधिकरणले बत्तीको पोल परिवर्तन गर्ने क्रममा निकालिएका तारहरु मर्मत कार्य सम्पन्न गरेर आफ्नो काम सम्पन्न गरिसकेपछि प्रयोगमा नआउने तारहरु ईन्टरनेट कम्पनिहरुले सडकमै असरल्ल छोडेका हुन ।’

यसरी फालिएका र पोलहरुमा जथाभावी छोडिएका तारहरुले पैदलयात्रु र सवारी चालकहरूलाईत असर गरेकै छ यो संगै दृश्य पदूषण पनि भइरहेको छ । बालबालिकाहरुलाई विद्यालय आउन जान झनै कठिन परिवेश सृजना भएको स्थानीयहरुको गुनासो रहेको छ ।

नेपालमा इजाजत लिएका ५० वटा भन्दा बढी ईन्टरनेट कम्पनी हरु सक्रिय रहेका छन र ती मध्ये अधिकाङ्स कम्पनिहरुको भक्तपुरमा शाखा कार्यालय रहेको छ । भक्तपुर बाट मात्रै मासिक करोडौं रुपैयाँ असुल्ने कम्पनिहरुले आफुले गरेको फोहोर उठाउन नजान्नु लज्जास्पद कुरो भएको एक स्थानीयले बताएका छन ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने