१७ कार्तिक,चितवन । नेपाल कम्युनिष्ट पार्टी(एमाले)का केन्द्रिय सदस्य तथा सहकारी तथा गरिबी निवारण विभागका उप-प्रमुख निर्मल भट्टराईले सत्ता गठबन्धन नेकपा(एमाले)को सरकारले निर्माण गरेको समाजवादका आधार भत्काउन उद्दत रहेको बताएका छन् ।
गत बुधबार नेकपा(एमाले) सहकारी तथा गरिबी निवारण विभाग, चितवनले आयोजना गरेको वृहत् भेलामा उनले यस्तो बताएका बताएका हुन् ।
‘स्वाधीन अर्थतन्त्रको प्रमुख खम्बा नेपालको सहकारी क्षेत्रलाई परमादेशी सरकार आएदेखि नै सङ्कटमा धकेल्ने प्रपञ्च गर्दै आएको छ।‘ नेता भट्टराई को भनाइ थियो ।
त्यस्तै,चितवन क्षेत्र नं २का एमाले उम्मेद्वार कृष्णभक्त पोखरेलले कम्युनिष्ट पार्टीले मात्र सहकारी क्षेत्रको प्रवर्धन र रक्षा गर्ने बताए ।
प्रदेशसभा उम्मेद्वार एमाले नेता देवी ज्ञवालीले एमालेको घोषणा-पत्रमा सहकारी सम्बन्धी प्रष्ट अवधारणा अगाडि सारिएको बताए ।
समानुपातिक उम्मेद्वार पुरूषोत्तम न्यौपाने, सरस्वती कतिला, सुनिता अधिकारी उपस्थित सो भेलामा केन्द्रिय सहकारी तथा गरिबी निवारण विभागका सदस्य शान्ति अधिकारी, सहकारीकर्मी तेजेन्द्रकुमार खड्का,शेषमणि नेपाल, सुदीप रेग्मीलगायतले आ-आफ्नो मन्तव्य व्यक्त गरेका थिए ।
पुस १५, काठमाडौँ । सहकारी संस्थाको बचत रकम हिनामिनामा दण्डात्मक कारबाहीलाई तीव्रता दिइरहेका बेला सरकारले सहकारीसम्बन्धी
पेरिस, पुस १२ गते । सानो र गरिब मायोटदेखि तेल–धनी महाशक्ति साउदी अरबसम्म र समृद्ध युरोपेली
मङ्सिर २६, काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष राष्ट्रिय सूचना आयोगका नवनियुक्त प्रमुख आयुक्त डा. सुरेशप्रसाद आचार्यले
चितवन, कात्तिक ३० गते । नेपालमा बाहिरबाट आउने महको आयात रोकिएसँगै यहाँका किसानले उत्पादन गरेको महले
कार्तिक २६, काठमाडौं । नेपालको सबैभन्दा ठुलो इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंक कम्युनिकेशनले हालै एक महत्वपूर्ण सामाजिक
पोषणविद् डा. अरुणा उप्रेती । तस्बिर : रासस कात्तिक १४,काठमाडौँ। नेपालीले सांस्कृतिक पर्व तिहार ढोकामा