सुरेश बहादुर श्रेष्ठको स्पष्टीकरण,आफुमाथिको आरोप निराधार र कपोलकल्पीत ।


८ असोज,भक्तपुर।
भक्तपुरको गठ्ठाघर स्थित नागरिक कम्युनिटी टिचिङ हस्पिटलका भाईस प्रेसिडेन्ट सुरेश बहादुर श्रेष्ठले आफुमाथी लगाइएको आरोप भ्रामक,कपोलकल्पीत र निराधार भएको बताउनुभएको छ।

हस्पिटलमा एक कर्मचारीको निष्कासनको बिषयलाई राजनीतिकरण गरिएको र आफ्नो व्यक्तिगत र सामाजिक चरीत्र हत्या गरिएको प्रती श्रेष्ठले आपत्ति जनाउनु भएको हो।’उहाँले भन्नुभयो ५०० सेयर सदस्य रहेको हस्पिटलमा १२,५०० देखि ३ करोड सम्म लगानी गर्ने लगानीकर्ताहरु रहेका छन।१३० भन्दा बढी कर्मचारीहरु रहेको हस्पिटललाई विधिसम्मतनै संचालन गरिरहेका छौं।विधि र पद्धतिको खिलाफमा कसैले ब्यक्तिगत चरित्रहत्या गर्ने मनसायले यस्तो निराधार आरोप लगाउंछ भने हामी त्यस्तो गतिविधि प्रति  खेद र निन्दा व्यक्त गर्न चाहान्छौं।’

‘अरनिको राजमार्गको भक्तपुर सडकखण्ड जिर्ण रहेको अवस्थामा बिरामिहरु काठमाडौं सम्म पुग्न नपाई मृत्युवरण भएको दुखान्त परिवेश हेर्न नसकेर हामी केही स्थानीयहरुको पहलमा खोलिएको हस्पिटल हो।पोलिक्लिनिक बाट सुरु गरिएको हस्पिटल अहिले सयबेडको बनेको छ।यो हस्पिटलसंग धेरैको भावना जोडिएको छ।त्यसैले कसैको ब्यक्तिगत सनकको आधारमा चरीत्र हत्या गर्नु राम्रो होईन।भाईस चियरम्यान श्रेष्ठले भन्नुभयो।’

युनियन दर्ताको सन्दर्भमा हामीले रोकेको भन्दापनी हस्पिटल जस्तो अति संवेदनशील क्षेत्रमा युनियन खोलिनुनै राम्रो कुरा होइन।कर्मचारी हाम्रो,तलब हामीले खुवाउने तर निर्देश अरुले गर्ने यो कतिको जायज हो ? उहाँले प्रश्न गर्नुभएको छ।हामीले अहिलेको असन्तुष्ट समुहलाई युनियन नखोल भनेकै होईन।एउटा युनियन हुंदा यस्तो हालत भएको छ झन अर्को खोलिंदा कस्तो अवस्था आउला ? दुइटा हात्ती-हात्ती जुद्धा कम्पनी धुलो हुनेभयो भन्नेमात्रै भनाइ रहेको श्रेष्ठले स्पष्ट पार्नुभएको छ।

संस्थालाई डेडलक बनाउन मिल्दैन,भुवनचक्र जोशी
नागरिक कम्युनिटी टिचिङ हस्पिटलका फाईनाइन्स डाईरेक्टर भुवनचक्र जोशीले सामान्य बिषयलाई लिएर संस्थालाई डेडलक बनाउन नमिल्ने बताउनुभएको छ।

नागरिक कम्युनिटी हस्पिटलमा पछिल्लो समय एकदुईजना स्टाफको बिषयलाई राजनीतिकरण गरिएको र पछिल्लो केहिदिनयता संस्था र आफ्नो ब्यक्तिगत चरित्र हत्या गर्ने गरि मिडियालाई झुठो समाचार दिएर आफ्नो चरीत्र हत्या गर्न खोजिएकोमा उहाँले आपत्ति पनि जनाउनुभएको छ।

जोशीले भन्नुभयो,हाम्रो संस्थाले आफ्नै खालको पीडा भोगिरहेको छ।पछिल्लो समय एकदुईजना स्टाफहरुको सामान्य बिषयलाई राजनीतिरण गर्न खोजियो।एकदुईजना कर्मचारीले गर्दा सिङ्गो संस्थानै डेडलक हुन्छ भने व्यवसायीले कसरी काम गर्न पाउँछन् ? संस्था कसरी उंभो लाग्न सक्छ ? इमर्जेन्सीमा बिल काटेको पनि थाहा हुंदैन।ल्याबमा काटेको पनि थाहा हुन्न।रिसेप्सनमा बिल काटेको पनि थाहा हुंदैन।तिनठाउंमा तीन जना मिल्दा संस्थाको दिनमा २० देखि ३० हजार बाहिरिंदा संस्था कसरी उंभो लाग्छ ? त्यसकारण कानुनी तवरले छानबिन गर्न एकदुई जना स्टाफलाई निलम्बन गरिएको हो।यहि कुरालाई लिएर हाम्रो बद्नाम गर्न खोजिएको छ ।

उहाँले भन्नुभयो ‘हाम्रो हस्पिटललमा ११ जनाको बोर्ड रहेको छ । कानुनत: M.D ले निर्णय गरेपनी हुन्छ तर निलम्बित स्टाफको बारेमा प्रत्येक निर्णय बोर्डबाट भएको छ।हस्पिटलको प्रत्येक निर्णयहरु हामी बोर्डबाटनै गर्छौं।हाम्रा कुनैपनी गतिविधि कानुनभन्दा बाहिर छैनन्।त्यसैले एकदुई जना स्टाफको बिषयलाई लिएर हस्पिटललाई डेडलक गर्न मिल्दैन।’

नागरिक कम्युनिटी टिचिङ हस्पिटल संगैका हस्पिटलहरुले धेरै प्रगति गरेको प्रसङ्गलाई स्पष्ट पार्दै उहाँले भन्नुभयो ‘हामी संधै ब्याजमात्रै तिर्ने ? हामीले गरेको लगानी कहिले रिटन हुने ? हामीले हस्पिटललाई दुरुपयोग गरेको प्रमाण पेस गर्न चुनौती दिंदै जोशीले भन्नुभयो।मेरो ब्यक्तिगत ऋण समेत तिर्न सकेको छैन।मेरो बैंक खाता चेक गरेहुन्छ।पुरै ऋणमा रहेको छु।संस्थागत पनि हामी ऋणमा रहेका छौँ र हामीले ब्याजमात्रै तिरिरहेका छौं ।’

कसैको ट्रेडयुनियन बचाउन व्यवस्थापनले लगानी गर्‍यो भन्ने कुरा भ्रामक र कपोलकल्पीत आरोप मात्रै हो।हामीले कर्मचारी निष्कासन होईन एकजनालाई निलम्बन गरेका हौं।निलम्बित मध्ये शुसिला बस्नेतलाई निलम्बन फुकुवा गर्ने निर्णयमा पनि पुगिसकेका थियौं।निलम्बन फुकुवाको निर्णय सुनाउन नपाउंदै उहाँको नेतृत्वमा हस्पिटलजस्तो अति संवेदनशील क्षेत्रको प्रशासन कक्षमा ताला लगाउने काम समेत भयो ।अर्को एकजनालाई ज्यान मार्ने उद्योग लागेर ५० दिन व्यवस्थापनलाई जानकारीनै नदिएर हस्पिटल जस्तो अति संवेदनशील संस्थाको इमर्जेन्सी वार्डको इन्चार्ज नभनिकन बस्छ भने उसलाई जागिरमा राख्न मिल्छ ? जोशीले प्रश्न गर्नुभएको छ।श्रम ऐनमानै बिनाजानकारी ३० दिन बिदा बसेमा कामबाट निष्कासन गर्न पाईने कानुनी व्यवस्था रहेको छ।हामीले सम्पुर्ण गतिविधि कानुनमा टेकेर गरेका छौँ।त्यसैले हामिलाई झुटो आरोप लगाउने र चरीत्रहत्या गर्नेलाई कानुनी राज्यको पालना गर्न अनुरोध गर्न चाहन्छौं।

आफुमाथीको आरोपबारे कमला सुवेदीको खण्डन ।

मेरो ब्यक्तिगत जिवनमा आंच आउने र मानहानी हुनेगरी प्रकाशन भएको समाचार प्रती मेरो गम्भीर आपत्ति रहेको छ।मेरो मार्कसिट डुब्लिकेट भनेर झुठो समाचार पेस गरिएको प्रती   समेत मलाई अचम्म लागेको छ ।मैले एसलसी झापाबाट पास गरेको हुं भने ब्याचलर सानोठिमी कलेजबाट पास गरेको हुं।त्यसबारे मलाई आरोप लगाउनेहरुलाई यो आरोप प्रमाणित गरेर देखाउन म चुनौती दिन चाहान्छु।मेरो नाममा भक्तपुरमा रोपनीका रोपनी जग्गा, बैंक ब्यालेन्स र आलिसान घर रहेको कुरा पनि अतिरन्जीत र कपोलकल्पित कुरा हो।म हाल भाडाको कोठामा बस्ने गर्छु।त्यस्तै,हस्पिटललाका उच्च पदस्थ ब्यक्तिहरु संग जोडेर उहाँहरुको पनि चरीत्र हत्या भएको प्रती खेद एवं निन्दा व्यक्त गर्न चाहान्छु।

(सच्याईएको- हाम्रो मिडियाको अनलाइन संस्करणमा केहिदिन अगाडी प्रकाशन गरिएको  ‘सुरेश बहादुर र भुवनचक्रको कालो धन्दा,पिउनको नाममा ब्ल्याकमनी व्यवस्थापन’ शिर्षकको समाचार बारे सरोकारवालाहरु संग छलफल गर्दा स्रोतले प्रदान गरेको रिपोर्ट, दिएको प्रमाण तथा तत्थ्यमा शंकास्पद रहेकोले वास्तविकतामा पुग्न थप अनुसन्धान गर्नुपर्ने अवस्था भएको हुदाँ हाललाई यो समाचार सच्चाईएको व्यहोरा जानकारी गराउदछौं ।)।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

वर्ल्डलिंकद्वारा गौरी शंकर बालगृहमा मर्मत गरिएको भवन हस्तान्तरण

कार्तिक २६, काठमाडौं । नेपालको सबैभन्दा ठुलो इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंक कम्युनिकेशनले हालै एक महत्वपूर्ण  सामाजिक

तिहारमा दाजुभाइलाई स्वस्थ उपहार

पोषणविद् डा. अरुणा उप्रेती । तस्बिर : रासस  कात्तिक १४,काठमाडौँ। नेपालीले सांस्कृतिक पर्व तिहार ढोकामा

‘लगानी विविधीकरण कोषको मुख्य एजेन्डा हो’

नागरिक लगानी कोषका कार्यकारी निर्देशक पर्वतकुमार कार्की । काठमाडौँ, असोज ९ गते । वित्तीय क्षेत्रमा लामो

साल्ट ट्रेडिङको सहकार्यमा नेपाली जुत्ताको सुपथ मूल्य पसल

काठमाडौँ, असोज ९  गते ।  साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको सहकार्यमा जुत्ता उत्पादक सङ्घ नेपालले उपत्यकाका

सर्वोच्चले दिएन दुर्गा प्रसाईंलाई अन्तरिम आदेश

आश्विन ९ ,काठमाडौं । सर्वोच्च अदालतले विवादित पृष्ठभूमि भएका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न

विश्वको आधाभन्दा बढी जनसङ्ख्याको सामाजिक सुरक्षामा पहुँच : संयुक्त राष्ट्रसङ्घ

 भदौ  ३० गते । विश्वव्यापी रूपमा पहिलो पटक आधाभन्दा बढी जनसङ्ख्याको कुनै न कुनै प्रकारको