२८ भदौ,भक्तपुर।
नेकपा एमालेका पोलिटब्युरो सदस्य एवं पुर्व मन्त्री माननीय महेश बस्नेतले प्रचण्ड,देउवा र माधव नेपालको निर्वाचन क्षेत्रमा भन्दा भक्तपुरमा बढी बिकास भएको बताउनुभएको छ।
सुर्यविनायक नगरपालिका वडा नं १ र ४ को सिमाना चारखण्डी खोलामा नव:निर्मित बक्स वृज पुलको उद्घाटन कार्यक्रमलाई संबोधन गर्दै नेता बस्नेतले यस्तो बताउनुभएको हो।
‘प्रचण्ड,देउवा र माधव नेपालको निर्वाचन क्षेत्रमा भन्दा बढी बिकास भक्तपुरमा भएको छ।यदि बिश्वास लाग्दैन भने कुनै स्वतन्त्र सर्वे आएर सर्वेक्षण गरोस् भन्ने चुनौती पनि नेता बस्नेतले दिनुभएको छ।’
भक्तपुरमा सडक पुर्वाधारको चलनचल्तीको सबै बाटोहरु बनाईसकेको र घोषणा गर्ने तहमा पुगेको भन्दै ‘बर्शमा ६ वटा भन्दा बढी पुलहरु निर्माण भैरहेको र कतिपय जिल्लामा दशौं बर्शमा निर्माण नभएका पुलहरु भक्तपुरमा तिनदेखी चार महिनामा बनेका छन।यो सांडे चार बर्शको बिचमा सुर्यविनायक नगरपालिकामा मात्रै ३९ वटा पुलहरु बनिसकेको नेता बस्नेतले बताउनुभएको छ।’
सुर्यविनायक र भक्तपुरको बिकासको लागि केपी ओलि सरकारले छुट्याएको बजेट गठबन्धन सरकारले काटेकोमा आपत्ती जनाउंदै नेता बस्नेतले भन्नुभयो ‘हामी मङ्सिर पछि फेरि सत्तामा जानेछौ । स्मार्ट सिटि निर्माणको काम,प्राणी उद्यान निर्माणको काम,रङ्गशाला निर्माणको काम,क्यान्सर अस्पताल निर्माणको काम,मानव अङ्ग प्रत्यरोपण केन्द्र निर्माण कार्य,हनुमन्ते करिडोर निर्माणको काम,मनोहरा करिडोर निर्माण कार्य तथा सुर्यविनायक-धुलिखेल सडकखण्ड निर्माणको प्रक्रियालाई फेरि निरन्तरता दिनेछौं र समयमै बजेट व्यवस्था गर्नेछौं।’
गठबन्धन सरकार निर्माणको लागि भन्दा पनि ध्वङ्सको लागि बनेको हो। यो सरकार बजेट रोकेर,जनतालाई सास्ती दिएर,जनतालाई अनेक कोणबाट च्यापेर आफ्नो भोट बढाउने योजनामा लागेको छ।यो कुराप्रती जनता बेलैमा सचेत हुनुपर्ने पनि नेता बस्नेतले बताउनुभएको छ।
पुस १५, काठमाडौँ । सहकारी संस्थाको बचत रकम हिनामिनामा दण्डात्मक कारबाहीलाई तीव्रता दिइरहेका बेला सरकारले सहकारीसम्बन्धी
पेरिस, पुस १२ गते । सानो र गरिब मायोटदेखि तेल–धनी महाशक्ति साउदी अरबसम्म र समृद्ध युरोपेली
मङ्सिर २६, काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष राष्ट्रिय सूचना आयोगका नवनियुक्त प्रमुख आयुक्त डा. सुरेशप्रसाद आचार्यले
चितवन, कात्तिक ३० गते । नेपालमा बाहिरबाट आउने महको आयात रोकिएसँगै यहाँका किसानले उत्पादन गरेको महले
कार्तिक २६, काठमाडौं । नेपालको सबैभन्दा ठुलो इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंक कम्युनिकेशनले हालै एक महत्वपूर्ण सामाजिक
पोषणविद् डा. अरुणा उप्रेती । तस्बिर : रासस कात्तिक १४,काठमाडौँ। नेपालीले सांस्कृतिक पर्व तिहार ढोकामा