१३ भदौ,काठमाडौं।
राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाबीच राष्ट्रपति कार्यालय शितल निवासमा भेटवार्ता सम्पन्न भएको छ।
भेटवार्तामा राष्ट्रपति भण्डारीले नागरिकता विधेयक र निर्वाचावारे चासो व्यक्त गरेकी छन।सोमबार राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री देउवालाई राष्ट्रपति कार्यालय शितल निवासमा बोलाएर नागरिकता विधेयकका बारेमा चासो व्यक्त गरेकी हुन्। छलफलका लागि प्रधानमन्त्री देउवा, उपसभापति धनराज गुरुङ, महामन्त्री गगन थाप, सूचना तथा सञ्चारमन्त्री ज्ञानेन्द्र बहादुर कार्की सहितका शीर्ष नेताहरु शितल निवास पुगेका थिए।
छलफलपछि सरकारका प्रवक्ता समेत रहेका सूचना तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले राष्ट्रपतिले नेपालको नागरिकता पहिलो संशोधन विधेयक र आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनको तयारी बारेमा चासो लिएको बताएका छन्।
‘नागरिकता विधेयक र निर्वाचनबारे हामीले प्रष्ट पार्याैं। विगतमा केपी ओली सरकारले ल्याएको अध्यादेशअनुसार नै विधेयक अहिले पार्लियामेन्टले पास गरेको हो।’ राष्ट्रपति भण्डारीले निर्वाचनलाई स्वच्छ र निष्पक्ष बनाउन समेत आग्रह गरेको मन्त्री कार्कीले जानकारी दिए।
पुस १५, काठमाडौँ । सहकारी संस्थाको बचत रकम हिनामिनामा दण्डात्मक कारबाहीलाई तीव्रता दिइरहेका बेला सरकारले सहकारीसम्बन्धी
पेरिस, पुस १२ गते । सानो र गरिब मायोटदेखि तेल–धनी महाशक्ति साउदी अरबसम्म र समृद्ध युरोपेली
यज्ञप्रसाद भट्टराई ३० मंसिर २०८१, आइतबार निजी क्षेत्रमा हुने भ्रष्टाचारजन्य क्रियाकलापको अनुसन्धान गरी मुद्दा चलाउने
मङ्सिर २६, काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष राष्ट्रिय सूचना आयोगका नवनियुक्त प्रमुख आयुक्त डा. सुरेशप्रसाद आचार्यले
कार्तिक २६, काठमाडौं । नेपालको सबैभन्दा ठुलो इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंक कम्युनिकेशनले हालै एक महत्वपूर्ण सामाजिक
२२ कात्तिक, काठमाडौं । सांसदको एक समूहले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेर आगामी कोप २९ मा