रोमानिया जान चाहाने नेपालीहरुका लागि खुसिको खबर,भिसा प्रोसेसको लागि ईन्डिया जान नपर्ने


१३ भदौ,काठमाडौं ।
श्रम तथा रोजगार कार्यालयले रोमानिया जाने कामदारको सहजताको लागि नेपालमै अस्थायी मिसन स्थापना गरेको छ।श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले काठमाडौंको ताहाचलमा अस्थाई रोमानियन मिसन स्थापना गरेको हो।

रोजगारीको लागि रोमानिया जाने कामदारको आवश्यक भिसा प्रक्रिया लाई सरल र पहुंचयोग्य बनाउन मन्त्रालयले ताहाचलमा अस्थाई रोमानियन मिसन स्थापना गरेको जनाएको छ।रोमानिया जाने नेपालीको उताबाट रोजगारिको सम्झौता प्राप्त गरिसकेपछि भिसा प्राप्तिको लागि आवेदन दिन दिल्ली स्थित रोमानियन राजदुतावासमा जानुपर्ने स्थितिका कारण नेपालिहरुको अतिरिक्त समय र पैसा खर्च हुने भएकाले नेपालमै मिसन स्थापना गरेको मन्त्रालयका प्रवक्ता डुण्डुराज घिमिरेले जारी गरेको बिज्ञप्तिमा उल्लेख गरिएको छ।उनका अनुसार यस्ताखाले गुनासोलाई सम्बोधन गर्न समन्धित निकायसँग समन्वय गरि नेपालिहरुले रोमानियामा पाएको रोजगारी गुम्न नदिन र रोमानिया प्रवेशको लागि सहज बनाउन मिसन स्थापना गरिएको हो।
उक्त मिसनले नेपालबाट रोमानिया रोजगारी र अन्य सन्दर्भमा जान चाहाने नागरिकहरुको भिसा आवेदन प्रकृयाको सहजीकरण गर्ने छ।रोमानियन मिसनलाई आवश्यक प्रक्रियामा श्रम तथा रोजगार कार्यालय ताहाचलले आवश्यक समन्वय गर्नेछ ।
रोजगारिको सिलसिलामा रोमानिया जान चाहाने नेपाली नागरिकले नेपालमा अस्थाई रुपमा स्थापना गरिएको रोमानियन मिसनले तोकेको भिसा शुल्क बाहेक कहिँ कतै कुनैपनी प्रकारको रकम नबुझाउन वा अन्य कुनै प्रलोभनमा नपर्न पनि मन्त्रालयले बिज्ञप्ति मार्फत आग्रह गरेको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने