नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले उत्पादित विद्युत खेर जान नदिन काम गर्नुपर्ने बताएका छन् । त्यसका लागि आगामी ५ महिना मात्रै समय रहेको उनको भनाइ छ । नेपाल आर्थिक पत्रकार समाज (सेजन) र आर्थिक पोलिसी इन्क्यूभेटर (ईपीआई)ले आइतबार राजधानीमा गरेका उर्जा व्यापार सम्बन्धी कार्यक्रममा उत्पादित विजुली खेर जान नदिन विद्युत खपत बढाउनै पर्ने बताए । उनले यो वर्ष अघिल्लो वर्ष तयारी गर्न नभ्याउदा उत्पादित बिजुली खेर गएको बताए । तर, आगामी वर्ष पनि विजुली खेर जान नदिन विद्युतीय उपकरणको प्रयोग बढाउनुपर्ने उनले बताए ।
आन्तरिक बजारमा खपत बढाउनेसँगै भारत र बंगलादेशमा नै विद्युत व्यापार गर्नुपर्ने उनले बताए । “हिजो लोडसेडिङ हटाउने चुनौती थियो । आज उत्पादित विजुली खपतको चुनौती छ,” उनले भने । विद्युत खपत बढाउन प्रयास गरिरहेको भन्दै त्यसका लागि विद्युतीय सामग्रीको प्रयोग बढाउनुपर्नेमा जोड दिए ।
“हामीले इन्डक्सनको प्रयोग बढाएका छौं । तर त्यसले मात्रै हुँदैन । विद्युतीय गाडीको प्रयोग पनि निकै बढाउनुपर्नेछ,” उनले भने । विद्युत क्षेत्रमा सबै मिलेर नै अगाडि बढ्नुपर्ने भन्दै उनले आगामी वर्ष उत्पादित बिजुली खेर नजानेगरी काम गर्नुपर्ने बताए ।
उनले एकै वर्षमा विद्युत खपत २० प्रतिशतले बढेको भन्दै उद्योगहरूबाट पनि माग बढेको बताए । घिसिङले उद्योगले माग गरे अनुसार विद्युत दिन सक्ने अवस्थामा रहेको उनको भनाइ छ ।
कार्तिक २६, काठमाडौं । नेपालको सबैभन्दा ठुलो इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंक कम्युनिकेशनले हालै एक महत्वपूर्ण सामाजिक
पोषणविद् डा. अरुणा उप्रेती । तस्बिर : रासस कात्तिक १४,काठमाडौँ। नेपालीले सांस्कृतिक पर्व तिहार ढोकामा
नागरिक लगानी कोषका कार्यकारी निर्देशक पर्वतकुमार कार्की । काठमाडौँ, असोज ९ गते । वित्तीय क्षेत्रमा लामो
काठमाडौँ, असोज ९ गते । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको सहकार्यमा जुत्ता उत्पादक सङ्घ नेपालले उपत्यकाका
आश्विन ९ ,काठमाडौं । सर्वोच्च अदालतले विवादित पृष्ठभूमि भएका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न
भदौ ३० गते । विश्वव्यापी रूपमा पहिलो पटक आधाभन्दा बढी जनसङ्ख्याको कुनै न कुनै प्रकारको