December 12, 2021

पशुपति क्षेत्रमा विशेष सफाइ

काठमाडौँ, मङ्सिर २६ गते । विश्व सम्पदा सूचीमा सूचीकृत पशुपतिनाथ परिसरलाई स्वच्छ र सफा बनाउने उद्देश्यले सुरु भएको स्वच्छ पशुपति अभियानअन्तर्गत शनिबार परिसर सफाइ गरिएको छ ।

पशुपति क्षेत्रलाई विश्वभर फैलिएका वैदिक सनातन धर्मावलम्बीको तीर्थस्थल एवं अन्य धर्मावलम्बीको गन्तव्यस्थलका रूपमा विकास गर्न स्वच्छ बनाउने अभियान गत असोज पहिलो सातादेखि सुरु भएको थियो । शनिबारको सफाइमा कलाकर्मी, समाजसेवी एवं मेरिल्याण्ड राज्य अमेरिकाका अवैतानिक महावाणिज्यदूत प्रेमराजा महत, नायक शिव श्रेष्ठ, पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव डा मिलनकुमार थापालगायत अभियानकर्मीको सक्रियता रहेको पशुपति सरसफाइ अभियानका संयोजक डा श्याम खड्काले जानकारी दिनुभयो ।

सफाइका क्रममा पशुपति क्षेत्रमा जम्मा भएका कुहिने र नकुहिने फोहर वर्गीकरण गरेर व्यवस्थापन गरिएको थियो । सफाइबाट सङ्कलन गरिएको फोहर काठमाडौँ महानगरपालिकाको गाडीमा पठाइएको जनाइएको छ । असोज पहिलो सातादेखिको प्रत्येक शनिबार पशुपति क्षेत्रमा विशेष सफाइ अभियान सुरु भएको छ । सफाइमा कलाकारको विशेष सहभागिता रहने गरेको छ ।

सफाइका क्रममा गुर्जोलगायत ४८ प्रकारका जडीबुटीबाट बनेको चियाको पोकासमेत निःशुल्क वितरण गरिएको थियो । सफाइका क्रममा गुर्जो अभियानकर्मी एवं आन्तरिक राजस्व कार्यालय धुलिखेलका कार्यालय प्रमुख कमलबहादुर राजलवटले गुर्जोबाट बनेको चियाको सेवनसमेत गराउनुभएको थियो । कलाकार महतले अमेरिका लैजानसमेत गुर्जो चियाका पोका लिनुभएको जनाइएको छ । अमेरिकामासमेत जडीबुटीबाट बनेका चिया एवं औषधिको माग बढेको उहाँको भनाइ थियो ।

शरीरमा रोग प्रतिरोधी क्षमता विकास गर्ने गुर्जो चिया ग्याष्टिकलगायत धेरै रोगका लागि औषधिको समेत काम गर्ने आयुर्वेदका चिकित्सकको भनाइ छ । धेरै जडीबुटीले औषधिको काम गर्ने आयुर्वेद चिकित्सक डा वंशदीप शर्मा खरेलले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

वर्ल्डलिंकद्वारा गौरी शंकर बालगृहमा मर्मत गरिएको भवन हस्तान्तरण

कार्तिक २६, काठमाडौं । नेपालको सबैभन्दा ठुलो इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंक कम्युनिकेशनले हालै एक महत्वपूर्ण  सामाजिक

तिहारमा दाजुभाइलाई स्वस्थ उपहार

पोषणविद् डा. अरुणा उप्रेती । तस्बिर : रासस  कात्तिक १४,काठमाडौँ। नेपालीले सांस्कृतिक पर्व तिहार ढोकामा

‘लगानी विविधीकरण कोषको मुख्य एजेन्डा हो’

नागरिक लगानी कोषका कार्यकारी निर्देशक पर्वतकुमार कार्की । काठमाडौँ, असोज ९ गते । वित्तीय क्षेत्रमा लामो

साल्ट ट्रेडिङको सहकार्यमा नेपाली जुत्ताको सुपथ मूल्य पसल

काठमाडौँ, असोज ९  गते ।  साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको सहकार्यमा जुत्ता उत्पादक सङ्घ नेपालले उपत्यकाका

सर्वोच्चले दिएन दुर्गा प्रसाईंलाई अन्तरिम आदेश

आश्विन ९ ,काठमाडौं । सर्वोच्च अदालतले विवादित पृष्ठभूमि भएका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न

विश्वको आधाभन्दा बढी जनसङ्ख्याको सामाजिक सुरक्षामा पहुँच : संयुक्त राष्ट्रसङ्घ

 भदौ  ३० गते । विश्वव्यापी रूपमा पहिलो पटक आधाभन्दा बढी जनसङ्ख्याको कुनै न कुनै प्रकारको