सिरहामा लागुऔषधसहित वडाध्यक्ष पक्राउ

कात्तिक ९, जनकपुरधाम: सिरहामा लागुऔषधसहित एकजना वडाध्यक्ष पक्राउ परेको छ । सिरहा नगरपालिका १८ का वडाध्यक्ष रामसोगारथ यादव लागुऔषधसहित सोमबार साँझ पक्राउ परेका हुन् । 

भारतबाट फर्किंदै गर्दा माडरमा जाँच गर्ने क्रममा वडाध्यक्ष यादवको साथबाट लागुऔषध बरामद भएको सिरहाका प्रहरी नायब उपरीक्षक सुवास बुढाथोकीले जानकारी दिए । उनका अनुसार नाइट्रोभेट १५ पिस ट्याब्लेटसहित वडाध्यक्ष यादव पक्राउ परेका छन् । 

सरकारी नम्बर प्लेटको स १ ब ९३८ नम्बरको मोटरसाइकलमा आइरहेका बेला उनको साथबाट लागुऔषध बरामद भएको थियो । उनलाई जिल्ला प्रहरी कार्यालयमा ल्याएर प्रहरीले अनुसन्धान गरिरहेको छ । यादव नेकपा एमालेबाट निर्वाचित भएका थिए । पार्टी फुटे पनि उनी एमालेमै छन् । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

ढुङ्गाका आकृतिले तान्दै पर्यटक

वैशाख ५,दमौली (तनहुँ)। नुवाकोटको विदुर नगरपालिका-११ वासुदेव अवस्थीलाई पहिलो पटक ऐनापहरा पुग्दा निकै आकर्षक लाग्यो

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न