तरकारीको मूल्य सातामै १ सय ७४ प्रतिशतसम्म बढ्यो

हरियो तरकारीको मूल्य साता दिनमै १ सय ७४ प्रतिशत सम्मले बढेको छ । केही दिनअघि लगातार रूपमा परेको वर्षाका कारण किसानले लगाएको तरकारी बाली नष्ट भएपछि मूल्य बढेको बताइएको छ । यो समाचार आर्थिक अभियान दैनिकमा छ ।

भिन्डी, लौका, घिउसिमी, स्थानिय काउली, घिरौंला, चिचिन्डो, भन्टा, करेलालगायत हरियो तरकारीको मूल्य बढेको पाइएको हो ।

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको दैनिक मूल्यसूचीअनुसार १ साताअघि प्रतिकिलो २० रुपैयाँ रहेको घिरौंलाको मूल्य शनिवारसम्ममा १ सय ७४ प्रतिशतले वृद्धि हुँदै प्रतिकिलो ५५ रुपैयाँ कायम भएको छ । यसअघि २५ रुपैयाँ प्रतिकिलो रहेको तितेकरेलाको मूल्य अहिले १ सय २३ प्रतिशतले वृद्धि हुँदै ५५ रुपैयाँ प्रतिकिलो कायम भएको छ । भिन्डीको मूल्य १ सय २० प्रतिशतले वृद्धि हुँदै प्रतिकिलो ३० रुपैयाँबाट ६६ रुपैयाँ निर्धारण भएको छ ।

त्यसैगरी घिउसिमिको मूल्य पनि १ सय १० प्रतिशतले वृद्धि हुँदै प्रतिकिलो ५५ रुपैयाँबाट १ सय १५ रुपैयाँ भएको छ । लाम्चो भन्टाको मूल्य १ सय प्रतिशतलले वृद्धि भई प्रतिकिलो २५ रुपैयाँबाट ५० रुपैयाँ कायम भएको छ ।

कालीमाटी फलफूल तथा तरकारी बजार व्यवसायी समितिका अध्यक्ष गीताप्रसाद आचार्यले लगातार भएको वर्षात्का कारण किसानले लगाएको तरकारीबाली बारीमै कुहिएर नष्ट भएपछि तरकारीको मूल्य एक्कासि बढेको बताए । नेपाली उत्पादन बारीमै नष्ट भएर मूल्य बढ्न थालेपछि व्यापारीहरूले भारतबाट तरकारीको आयात बढाएको उनले जानकारी दिए । उनका अनुसार भारतबाट तरकारी आउने क्रम शुरू भइसकेकाले विस्तारै फेरि मूल्य घटेर पुरानै स्थितिमा फर्किनेछ ।

दैनिक ८ सय देखि ९ सय टन तरकारी भित्रिने कालीमाटी बजारमा वर्षाका कारण तरकारी बारीमै कुहिन थालेपछि घटेर दैनिक ३ सय टनसम्म झरेको थियो । १२, १३ र १४ गते सबैभन्दा कम परिमाण तरकारी भित्रिएको थियो । यी दिनमा क्रमशः ५ सय, ३ सय र ४ सय टन तरकारी कालीमाटीमा भित्रिएको समितिको दैनिक तरकारी आगमन विवरणले देखाएको छ । त्यसयता तरकारी भित्रिने दर पुरानै अवस्थामा फर्किसकेको भए पनि तरकारीको मूल्य भने घटेको पाइँदैन । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

“निष्ठा र इमान्दारिताको राजनीति गर्नेछु”: रीमा विश्वकर्मा

मंसिर १७, काठमाडौँ — उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य रीमा विश्वकर्माले निष्ठा, इमान्दारिता र परिवर्तनमुखी

सामाजिक सुरक्षा भत्ता वृद्धि गर्न ज्येष्ठ नागरिक महासङ्घको माग, राष्ट्रिय सभामा आरक्षण कोटा पनि खोजियो

मङ्सिर १६, मंगलबार । राष्ट्रिय ज्येष्ठ नागरिक महासङ्घले सामाजिक सुरक्षा भत्ता वृद्धि सहित ज्येष्ठ नागरिकमैत्री

सेवाग्राहीको काँधमा भ्रष्टाचारको बोझ कति?

१५ मंसिर २०८२, सोमबारनेपालमा सरकारी सेवा लिन चाहने जनसाधारणको अनुभव झनै निराशाजनक बन्दै गएको छ।

१३ अर्बको शेयर एनआरएन तथा वैदेशिक रोजगारीमा रहेका नेपालीलाई दिने

काठमाडौँ, मङ्सिर १४ गते । नेपाल विद्युत प्राधिकरणको अगुवाइमा सङ्खुवासभाको भोटखोला गाउँपालिकामा निर्माण हुने एक हजार

नयाँ विशेषतासहित एक सयको नयाँ नोट आजदेखि चलनचल्तीमा

काठमाडौँ, मङ्सिर ११ । नेपाल राष्ट्र बैंकले एक सय रुपियाँ दरको नयाँ बैंक नोट आजदेखि

मजदुर नेता कमल गौतमको श्रद्धाञ्जली सभा : पार्टी महासचिव र उपमहासचिवद्वारा योगदानको स्मरण

२०८२ मंसिर २, रुपन्देही । मजदुर नेता कमल गौतमको निधन भएको १९ दिन बितिसक्दा पनि