आज कम्युनिस्ट पार्टीको ७३औं स्थापना दिवस

जहानियाँ राणा शासनकै समयमा २००६ बैशाख ९ गते पुष्पलाल श्रेष्ठको अगुवाईमा नरबहादुर कर्माचार्य, निरन्जन गोविन्द बैद्य, नारायण विलास जोशीलगायतले नेपालमा पहिलोपल्ट नेपाल कम्युनिस्ट पार्टीको स्थापना गरेका थिए । पुष्पलाल पार्टीका महासचिव बनेका थिए ।

स्थापनाको सात दशकको इतिहासमा पटक–पटक कम्युनिस्टले नेपालमा शासनसत्ता चलाएका छन् । २०४६ को जनआन्दोलनपछि कम्युनिस्ट आन्दोलनले गति पाएको थियो । नेकपा एमालेले शान्तिपूर्ण संसदीय धार र तत्कालीन नेकपा माओबादीले हिंसात्मक आन्दोलनको नेतृत्व गरेका थिए ।

२०७४ को आमचुनावमा यी दुई पार्टी एकीकरणसहित चुनावी मैदानमा होमिए । जसमा नेपाल कम्युनिस्ट पार्टीले करिव दुई तिहाई मत पाएको थियो । त्यही मतका आधारमा केपी शर्मा ओली अहिले प्रधानमन्त्री छन् । तर एकीकरणको तीन वर्ष नपुग्दै पार्टीहरु पुरानै अवस्थामा पुगेका छन् ।

कम्युनिस्ट पार्टी स्थापना दिवसको अवसर पारेर नेकपा एमाले अध्यक्ष तथा प्रधानमन्त्री ओलीले आज बल्खुस्थित पार्टी केन्द्रीय कार्यालयको शिलान्यास गर्दैछन् । २०७२ बैशाख १२ को महाविनाशकारी भूकम्पले क्षतिग्रस्त भवन पुनर्निर्माण गर्न लागिएको हो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

ग्रीन आर्मीको वैधानिकताबारे सर्वोच्चद्वारा लिखित जवाफ माग

  काठमाडौं, ३० भदौ । नेपाली सेनासँग मिल्दोजुल्दो पोशाक, दर्ज्यानी चिह्न र सैनिक शैलीको संरचना

उच्च अदालत बार पाटनमा पीपीएलएका निरौला समुह निर्वाचित

काठमाडौँ, साउन ३० ।  उच्च अदालत बार एसोसिएसन पाटनको निर्वाचनमा  प्रगतिशील तथा पेसागत कानुन व्यवसायी

वैदेशिक भ्रमणमा कर्मचारीलाई पूर्वस्वीकृति अनिवार्य

काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा

कतारमा नेपाली प्रवासी श्रमिकद्वारा सांसद सुहाङ नेम्बाङसँग भेटघाट

दोहा, कतार । नेकपा (एमाले) का केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य सुहाङ नेम्बाङसँग कतारमा कार्यरत

पाटन उच्च अदालत बारमा पहिलोपटक स्वतन्त्र मञ्चको पूर्ण प्यानल

काठमाडौं, साउन २२ । उच्च अदालत बार एशोसिएशन पाटनको साउन ३० गते हुने कार्यसमिति तथा

सरकार र अनशनरत नर्सबीच १९ बुँदे सहमति, ज्योति रानाभाटले अनशन तोडिन्

काठमाडौं, साउन २० । अनशनरत नर्स ज्योति रानाभाट र सरकारबीच १९ बुँदे सहमति भएको छ।