काठमाडौँ, २६ चैत । नेकपा एमालेमा माधवकुमार नेपाल समूहबाट प्रधानमन्त्री ओलीले नेतृत्व गरेको एमालेप्रति ध्रुवीकरणले तिब्रता पाएको छ।
प्रधानमन्त्री ओलीको नेतृत्वमा एमालेलाई एक ढिक्का बनाई मुलुक र जनताको हितमा काम गर्नुपर्ने वर्तमान समयको माग र आवश्यक्ता भन्दै केन्द्रिय सदस्य तथा चागुनारायण नगरपालिकाका मेयर सोम मिश्र ओली समुहमा प्रवेश गरेका छन् । प्रवेश गर्नुभन्दा अगाडी उनले पार्टीका महासचिव इश्वर पोखरेल, अर्थमन्त्री विष्णु पौडेल, पूर्वमन्त्री तथा केन्द्रीय सदस्य महेश बस्नेतलगायतका नेताहरूसंग छलफल गरेका थिए । केन्द्रीय सदस्य मिश्रलाई माधव समूहले समानान्तर कमिटी गठन गर्दा जिल्ला इन्चार्जको जिम्मेवारी समेत दिइएको थियो । त्यसमा मेयर मिश्र असहमति प्रकट गरेका थिए ।
कथित ब्यक्तिबादी पदिय लोभ र भागबन्डा नमिलेको कारण पार्टीभित्र चरम गुटवन्दी तथा समानान्तर गतिविधि माधव समूहले गरेकोले असहमति जनाउँदै उनले ओली पक्षमा खुल्ने निर्णय गरेको बताए ।