जेठ महिनामै विद्यार्थीको हातमा नयाँ पाठ्यपुस्तक

काठमाडौँ, फागुन २९ गते । आगामी शैक्षिक सत्रमा विद्यालय तहका विद्यार्थीले जेठ महिनाभित्रै नयाँ पाठ्यपुस्तक हात पार्ने भएका छन् । जेठभित्र पाठ्यपुस्तकको प्रकाशन गरी विद्यार्थीको हातमा पु¥याउने गरी आवश्यक काम भइरहेको जानकारी जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले दिएको छ ।
केन्द्रका प्रबन्ध सञ्चालक अनिलकुमार झाले नयाँ शैक्षिक सत्रमा विद्यालयमा अध्ययन गर्ने विद्यार्थीलाई नयाँ पाठ्यपुस्तकको अभाव हुन नदिइने प्रतिबद्धता जनाउनुभयो । यसका लागि कुनै समस्या नरहेको उहाँले बताउनुभयो । त्यसका लागि चैत र वैशाख महिनाभित्र पाठ्यपुस्तकको छपाइ पूरा गर्ने केन्द्रको योजना छ ।
कक्षा ६ बाहेक अब झन्डै १० लाख थान पुस्तक छपाइ गर्न बाँकी रहेको जनाइएको छ । गत वर्ष एक करोड ६३ लाख थान पाठ्यपुस्तक छपाइ कार्य केन्द्रले पूरा गरिएको थियो । यस पटक पनि त्यसलाई नै आधार मानेर पुस्तक प्रकाशन गरिने जनाइएको छ ।
जेठ महिनामा विद्यार्थीको हातमा पाठ्यपुस्तक पुगेपछि असार १ गतेबाट सुरु हुने शैक्षिक सत्रलाई सहज तरिकाले अगाडि बढाउन सकिने उहाँको भनाइ छ ।
सरकारले यस पटक जेठ महिनाभरि विद्यालय तहको वार्षिक परीक्षा पूरा गरी असार १ गतेबाट नयाँ शैक्षिक सत्र सुरु गर्ने निर्णय गरिसकेको छ । यसको कार्यान्वयनका लागि जनक शिक्षाका तर्फबाट आवश्यक काम गरिने जनाइएको छ । विद्यालय तहको पाठ्यपुस्तक प्रकाशन गर्ने जिम्मेवारी केन्द्रलाई दिइएको छ । सोअनुसार हाल कक्षा ११ मा अध्ययनरत विद्यार्थीको अनिवार्य विषयका विद्यार्थीको पुस्तक छपाइ तथा बिक्रीवितरणको कार्य गरेको थियो । अब कक्षा १२ का अनिवार्य विषयको पुस्तकसमेत छपाइ गर्ने योजना छ । कक्षा ११ र १२ विद्यालय शिक्षामा आएपछि केन्द्रको जिम्मेवारी थप गरिएको छ ।
जनक शिक्षाले हालसम्म कक्षा ६ मा अध्ययन गर्ने विद्यार्थीको पाठ्यपुस्तक छपाइ कार्य भने सुरु गरेको छैन । पाठ्यपुस्तक प्रकाशनका लागि पाठ्यक्रम विकास केन्द्रबाट स्वीकृति आउन बाँकी रहेकाले कक्षा ६ को छपाइ कार्य हुन नसकेको जनाइएको छ ।
आगामी शैक्षिक सत्रमा उक्त कक्षामा पूरै सेट नयाँ परिवर्तन गरिएको छ । कक्षा ६ का विद्यार्थीलाई २८ लाख थान पुस्तक छपाइ गर्नुपर्ने हुन्छ । २० प्रतिशतको हाराहारीमा पुस्तक छपाइ कार्य बाँकी रहेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

काठमाडौंमा विश्व सामाजिक मञ्चको सम्मेलन

काठमाडौं,फागुन ३ । ‘अर्को विश्व सम्भव छ’ भन्ने नारासहित विश्व सामाजिक मञ्चको सम्मेलन काठमाडौंमा सुरू

सम्पत्ति शुद्धीकरणसम्बन्धी विधेयक पारित

माघ २५,काठमाडौँ  । सहकारी संस्थामा व्यक्तिगत बचतको सीमा नरहने गरी प्रतिनिधि सभाले सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ)

निःशुल्क कानूनी सहायता दिन्छौ- अधिवत्ता बिष्णु गिरी

पुस २८,काठमाडौ । पछिल्लो समय सार्वजनिक सरोकारका बिषयहरुमा मुद्धा दर्ता गरेर चर्चाको रहेका अधिवत्ता बिष्णु

बाँझो जमिनमा गाजा खेती गर्ने विकल्प सोच्नुपर्छ : डा. आरजु देउवा

 पुस २५,काठमाडौं। प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति डा. आरजु राणा देउवाले बाँझो

महासचिव नियुक्ति प्रक्रिया रोकिएकोमा असन्तुष्टि

 मङ्सिर २९,काठमाडौँ। सभामुख देवराज घिमिरेले सङ्घीय संसद्का महासचिवको नियुक्ति प्रक्रिया रोकिएकोमा असन्तुष्टि जनाउनुभएको छ। सङ्घीय संसद्का

दुर्गा प्रसाइँको आन्दोलनले राप्रपा विभाजनको संघारमा

 मंसिर  १३, काठमाडौं । राजसंस्था सहितको हिन्दुराष्ट्र नेपालको नारासहित क्रियाशिल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भित्र