नेपाली सेनाका प्रवक्ता सन्तोषबल्लभ पौडेलले पहिलो चरणको सुरुङमार्ग निर्माणका लागि चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसन लिमिटेड र पोली चग्डा इन्जिनियरिङ कम्पनी सङ्क्षिप्त सूचीमा सूचीकृत भएको जानकारी दिए । सूचीकृत भएका कम्पनी चीनकै उत्कृष्ट १० निर्माण कम्पनीमध्येका हुन् । द्रुततमार्ग नेपाली सेनाले निर्माण गरिरहेको छ ।
दोस्रो चरणको सुरुङमार्ग निर्माणका लागि पोली चग्डा इन्जिनियरिङ कम्पनी मात्र सङ्क्षिप्त सूचीमा सूचीकृत भएको छ । ‘‘छनोट हुने कम्पनीले ट्विन डबल लेन मापदण्डको सुरुङमार्ग, ‘हाई ब्रिज’ र हाई ब्रिजसँगैका केही भाग द्रुतमार्गको समतल भागसमेत निर्माण गर्ने छन्,’’ उनले भने।
सुरुङमार्ग निर्माणका लागि आह्वान गरिएको ‘प्रि–क्वालिफिकेसन’को बोलपत्र आह्वानपछि सुरुङमार्ग निर्माणका लागि पहिलो प्याकेजमा २१ र दोस्रो प्याकेजमा २२ गरी ४३ वटा अन्तर्राष्ट्रिय कम्पनीले इच्छा देखाएको थियो । ती कम्पनीमध्ये दुई चिनियाँ निर्माण कम्पनी सङ्क्षिप्त सूचीमा सूचीकृत हुन सफल भएका छन् ।
बोलपत्र पेस गरेका ४३ अन्तर्राष्ट्रिय कम्पनीमध्ये दुईवटा चिनियाँ कम्पनीले मात्र मापदण्ड पूरा गर्न सकेकाले ती कम्पनी सूचीकृत भएको सैनिक प्रवक्ता पौडेलले स्पष्ट पारे ।
आजको गोरखापत्र दैनिकमा समाचार छ ।
असोज, ३ काठमाडौं। नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा आएको विनाशकारी
काठमाडौँ, भदौ ३० गते । महिला तथा बालिकामाथि हुने बलात्कार, यौन हिंसा तथा साइबर अपराध
काठमाडौँ, भदौ २२ गते । नेपाल क्यासिनो एसोसिएसनले भोटेकोशी बाढीपीडितका लागि ८५ लाख २३ हजार
काठमाडौँ, २१ भदौ । ओपनएआईसँग सम्बन्धित मानिएका स्वायत्त कृत्रिम बुद्धिमत्ता (एआई) एजेन्टले आपसमा सञ्चार र
काठमाडौं, भदौ १९ गते । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले
काठमाडौँ, भदौ १६ गते । प्रधानमन्त्री वालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट