नेपाली सेनाका प्रवक्ता सन्तोषबल्लभ पौडेलले पहिलो चरणको सुरुङमार्ग निर्माणका लागि चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसन लिमिटेड र पोली चग्डा इन्जिनियरिङ कम्पनी सङ्क्षिप्त सूचीमा सूचीकृत भएको जानकारी दिए । सूचीकृत भएका कम्पनी चीनकै उत्कृष्ट १० निर्माण कम्पनीमध्येका हुन् । द्रुततमार्ग नेपाली सेनाले निर्माण गरिरहेको छ ।
दोस्रो चरणको सुरुङमार्ग निर्माणका लागि पोली चग्डा इन्जिनियरिङ कम्पनी मात्र सङ्क्षिप्त सूचीमा सूचीकृत भएको छ । ‘‘छनोट हुने कम्पनीले ट्विन डबल लेन मापदण्डको सुरुङमार्ग, ‘हाई ब्रिज’ र हाई ब्रिजसँगैका केही भाग द्रुतमार्गको समतल भागसमेत निर्माण गर्ने छन्,’’ उनले भने।
सुरुङमार्ग निर्माणका लागि आह्वान गरिएको ‘प्रि–क्वालिफिकेसन’को बोलपत्र आह्वानपछि सुरुङमार्ग निर्माणका लागि पहिलो प्याकेजमा २१ र दोस्रो प्याकेजमा २२ गरी ४३ वटा अन्तर्राष्ट्रिय कम्पनीले इच्छा देखाएको थियो । ती कम्पनीमध्ये दुई चिनियाँ निर्माण कम्पनी सङ्क्षिप्त सूचीमा सूचीकृत हुन सफल भएका छन् ।
बोलपत्र पेस गरेका ४३ अन्तर्राष्ट्रिय कम्पनीमध्ये दुईवटा चिनियाँ कम्पनीले मात्र मापदण्ड पूरा गर्न सकेकाले ती कम्पनी सूचीकृत भएको सैनिक प्रवक्ता पौडेलले स्पष्ट पारे ।
आजको गोरखापत्र दैनिकमा समाचार छ ।
काठमाडौं, जेठ २८ । सत्तारुढ एमालेका सचिव योगेश भट्टराईले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पाँचबुँदे प्रस्तावमा
बुधबार, जेठ २८ काठमाडौँ । तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले साढे ४ वर्ष अघि संवैधानिक
जेठ १६ काठमाडौँ, । आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटप्रति निजी क्षेत्रबाट सकारात्मक प्रतिक्रिया आएको छ
जेठ ११,रसुवा । पवित्र तीर्थस्थल गोसाइँकुण्डमा स्नान गर्नका लागि भक्तजनको आगमन सुरू भएको छ ।
विकास हरेक क्षेत्रका लागि अत्यावश्यक, गतिशील सामयिक परिवर्तनको प्रतिविम्ब हो । यो एउटा यस्तो सकारात्मक
वसन्त आचार्य २ वैशाख २०८२, न्याय एक बृहत् अवधारणा हो । यो एक दर्शन पनि