राजीनामा दिने भन्ने बेकारको कुरा होः प्रधानमन्त्री ओली

 कात्तिक २०,काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले राजीनामा नदिने प्रस्ट पारेका छन् । सत्तारुढ दल नेकपाभित्र आफूविरुद्ध घेराबन्दी भइरहेका बेला बुधबार प्रधानमन्त्री ओलीले आफूले राजीनामा दिने भन्ने कुरा बेकारको भएको बताएका हुन् । 

‘म कतै पसे भने सञ्चारमाध्यममा हल्ला फैलिइसक्छ, राजीनामा दिन पस्यो । तर, तपाईंहरु विचार गर्नुस्, के अहिले मैले राजीनामा दिन हुन्छ ? राजीनामा दिन मिल्छ ? मेरा लागि होइन, देशका लागि,’ प्रधानमन्त्री ओलीले चिकित्साशास्त्र अध्ययन संस्थानअन्तर्गतको मनमोहन सेन्टर एनेक्स भवन उद्घाटन कार्यक्रममा भने, ‘मैले राजीनामा दिनु भनेको देशलाई बर्बादीतिर जान दिनु हो । त्यसकारण म राजीनामा दिनेवाला छैन ।’ 

प्रधानमन्त्रीले भदौ २६ को निर्णय कार्यान्वयन नगरेको र आफ्नै शैलीमा चल्न थालेको भन्दै पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाललगायत नेता फेरि असन्तुष्ट देखिएका छन् । ‘त्यो मैले रिपिटेट्ली (दोहोर्याएर) भनेको छु कि कोहीले खोइ त भनेर मागिरहेका छन्,’ उनले भने, ‘मैले राजीनामा दिने भन्ने कुरा बेकारको हो भन्ने सोच्छु ।’ 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

सत्तारुढ गठबन्धनबिच सात बुँदे सहमति

 फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा  नेकपा (माओवादी

गठबन्धन मिसन–२०८४ का लागि उपयोगी हुने : ईश्वर पोखरेल

 फागुन २६, काठमाडौं। सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नयाँ सत्ता

परिस्थितिअनुसार को सरकारमा हुन्छ, भन्न सकिँदैन : अध्यक्ष ओली

 फागुन १८,काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा अहिलेको राजनीतिक

नागरिक पत्रकारले सामाजिक सञ्जालको सही उपयोग गर्नुपर्ने

ललितपुर, फागुन १४ गते । नागरिकमैत्री पत्रकारिताका लागि सामाजिक सञ्जालको भरपुर उपयोग गरिनुपर्नेमा सरोकारवालाले जोड दिएका