मंसिर ६ गतेसम्म जारी रहनेछन् । कुनकुन स्थानमा पसल खुल्ने भन्ने अझै टुंगो लागिसकेको छैन । खाद्य व्यवस्था तथा आपूर्ति कम्पनीले आपूर्ति मन्त्रालयलाई पसल खोल्ने र मूल्य छुट सम्बन्धी प्रस्ताव पठाएको कम्पनीका प्रमुख कार्यकारी निर्देशक नेत्रप्रसाद सुवेदीले जानकारी दिए ।
सुवेदीका अनुसार सुपथ पसलका साझेदारहरुअनुसार फरक मूल्य मन्त्रालयमा प्रस्ताव गरिएको छ । सो सुझाव मन्त्रालयले स्वीकृत गरे साल्ट ट्रेडिङले बेच्ने नुनमा बजार मूल्यमा २ रुपैयाँ तथा चिनीमा ५ रुपैयाँ छुट पाइनेछ । यस्तै खाद्य कम्पनीले बेच्ने चामलमा ५ रुपैयाँ तथा सिमी–मासलगायत मासमा १० रुपैयाँ छुट सर्वसाधारणले पाउनेछन् ।
सरकारी कम्पनी खाद्यले हरेक वर्ष देशका विभिन्न स्थानमा हरेक वर्ष चाडपर्वको अवसरमा सुपथ मूल्य सञ्चालन गर्ने गर्छ ।
प्राप्त जानकारी अनुसार राजधानीमा खाद्यले ५, साल्ट ट्रेडिङले ५ र दुग्ध विकास संस्थानले ३ स्थानमा सुपथ मूल्य पसल सञ्चालन गर्नेछ । गत वर्ष राजधानीमा ३ घुम्ती पसलसँगै देशभर ७३ सुपथ मूल्य पसल सञ्चालन गरिएको थियो ।
यो वर्ष कोभिड–१९ संक्रमण जोखिम कम हुनेगरी स्वास्थ्य सुरक्षा अपनाएर सुपथ मूल्य पसल सञ्चालन हुने बताइएको छ ।
वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए
वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना
तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने
काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित
चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न
चैत २, काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने